×

NMB BANK
NIC ASIA

काभ्रेमा धमाधम उम्मेदवार सिफारिस, कुन दलबाट को–को सिफारिस ?

भदौ १९, २०७९

NTC
Premier Steels

आउँदो मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन् । केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगतरूपमा उम्मेदवार सिरफारिस सकेका छन् भने केही सिफारिसका लागि छलफलमा जुटिरहेको जनाएका छन् । 

Muktinath Bank

काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले ती निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस टुङ्ग्याएका छन् । नेकपा एमाले० चार प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सिफरिस गरेको जनाएको छ । प्रतिनिधिसभाका दुई क्षेत्र र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि सोमबारदेखि छलफलमा जुट्ने पार्टी जिल्ला सचिव राजन भुर्तेलले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै नेकपा माओवादी केन्द्रले भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । बाँकी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारका लागि छलफलमै रहेको माओवादी केन्द्रका जिल्लाध्यक्ष भोला अर्यालले बताए ।  गत आम निर्वाचनभन्दा आसन्न निर्वाचनका लागि केही कांग्रेस र एमालेमा आकाङ्क्षीको सङ्ख्या धेरै देखिन्छ । 


Advertisment
Nabil box
Kumari

कांग्रेसकोे प्रतिनिधिसभा क्षेत्र न १ का लागि पार्टीका सभापति तीर्थ लामा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । यस क्षेत्रमा समानुपातिकतर्फ भने १३ जनाको नाम सिफारिस गर्ने निर्णय भएको उपसभापति रमेशप्रसाद हुमागाईँले जानकारी दिए । 

Vianet communication

त्यस्तै प्रतिनिधिसभा–१ अन्तर्गत प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ गुणराज मुक्तान, राम योञ्जन, सिबी लामा, दिनेश भुर्तेल र रविन गौतमको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने १४ जनाको नाम सिफारिस भएको जनाइएको छ । यसै क्षेत्रको प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ गणेश लामा, सार्कीमान बल, तीर्थबहादुर पसखल, रवीन्द्रनाथ सिग्देल, सञ्जय लामा, ईश्वरीप्रसाद ओझा र सुमनराज पाण्डेको नाम सिफारिस भएको हो । उक्त प्रदेशसभामा सदस्यका लागि समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको हो । 

यस्तै कांग्रेसको प्रतिनिधिसभा क्षेत्र नं २ प्रत्यक्षतर्फ मधुप्रसाद आचार्य, शिवप्रसाद हुमागाईँ, अच्युतप्रसाद पौडेल, रामजी पन्त  र ठाकुरप्रसाद न्यौपानेको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ २५ जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ सुन्दरमणि आचार्य, होमप्रसाद चौलागाईँको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ २२ को नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ । प्रदेशसभा ‘ख’ प्रत्यक्षतर्फ कन्चनचन्द्र बादे श्रेष्ठ, माधवप्रसाद ढकाल, कृष्णगोपाल भैल, उद्धवप्रसाद नेपाल र ईश्वरी बादेको नाम सिफारिस भएको छ । यही क्षेत्रमा समानुपातिकतर्फ १८ को नाम सिफारिस भएको छ ।
 
यस्तै नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कान्छा तामाङ , समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटाको नाम सिफारिस गरेकोे छ भने समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ । यस क्षेत्रको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ मुकुन्दप्रसाद गौतमलाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस भएको जनाइएको छ । प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा, पुस्करप्रसाद तिमल्सिना र सञ्जिता लामाको नाम सिरफारिस गरिएको छ भने समानुपातिकतर्फ चार जनाको नाम परेको छ ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ विदुरप्रसाद सापकोटा तथा समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ लक्ष्मण लम्सालको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरिएको हो । प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ वसुन्धरा हुमागाईँको नाम सिफारिस भएकोे छ । पार्टीको क्षेत्रीय समितिले समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको जनाएको छ । हुमागाईँ पार्टी जिल्ला अध्यक्ष छन् । 
यसैगरी एमाले काभ्रेले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’मा पार्टीको क्षेत्रीय कमिटीले गोमा भुर्तेल, चुडामणि गौतम, हिरामान लामा, जेनिस लामा, सत्यमान लामा, नरध्वज तामाङ, उपेन्द्र घिसिङ, रेशम चौलागाईँ, ठाकुर बाँस्कोटा, नारायण गौतम, गणेश लामा, नारायण गौतम, प्रकाश गौतम र योगेन्द्र लामाको नाम सिफारिस गरेको छ । 

यस क्षेत्रको प्रदेशसभा ‘ख’मा चन्द्र लामा, विदुर हुमागाईँ, केशव बडाल, अमित लामा, राकेश लामा, टुल्कु लामा, गणेश थापा, कृष्ण खुलाल, सुदर्शन थापा, कान्छामान लामा, मधुसुदन पौडेल र शान्ता न्यौपानेलाई सिफारिस गरिएको सचिव भुर्तेलले जानकारी दिए । 

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ‘क’मा गुमानध्वज कुँवर, कुमार खकुरेल, विमला शर्मा, टीकावल्लभ सापकोटा र राजकुमार श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरिएको छ । यसै क्षेत्रको प्रदेशसभा ‘ख’मा पार्टीको क्षेत्रीय कमिटीले किशोर थापा, कुमार थापा, रामशरण दाहाल, केदार सापकोटा, नवराज बजगाईँ, आत्माराम थापा र माधुरी सापकोटालाई सिफारिस गरेको हो । 

पार्टीका क्षेत्रीय कमिटीले जिल्ला कमिटीलाई प्रत्यक्ष र समानुपातिकतर्फ जति सङ्ख्यामा उम्मेदवारका काम सिफारिस गरे पनि जिल्ला कमिटीले प्रदेश कमिटीमा भने प्रत्येक क्षेत्रको प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गनुपर्ने प्रावधान छ ।  रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x