×

NMB BANK
NIC ASIA

बुटवलका अधिकांश मासु पसल दुर्गन्धित, अखाद्य मासुको बेचबिखन

भदौ १९, २०७९

NTC
Premier Steels

बुटवल बजार क्षेत्रका अधिकांश मासु पसल दुर्गन्धित र केहीमा अखाद्य मासु बिक्री वितरण गर्ने गरिएको भेटिएको छ । बुटवल उपमहानगरपालिकाले बजारका विभिन्न मासु पसलको अनुगमन गर्दा कुहिएको मासु र सरसफाइमा ध्यान नदिएको पाइएको हो । अनुगमन टोलीले विभिन्न पसलबाट अखाद्य २२ केजीभन्दा बढी खसी र कुखुराको मासुसमेत नष्ट गरेको छ ।  

Muktinath Bank

नगरपालिकाले बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका ११ वटा मासु पसलमा अनुगमन गरेको थियो । बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा गरिएको अनुगमनमा ३ वटा मासु पसलमा अखाद्य मासु भेटिएको थियाे भने अधिकांश बधशालामा सरसफाइमा ध्यान नदिएको पाइएको छ । अखाद्य मासु भेटिएका पसल सञ्चालकलाई उपमहानगरपालिकाले बोलाइएको छ । अन्यलाई मापदण्डअनुसार पसल सञ्चालन गर्न निर्देशन दिइएको उपप्रमुख अर्यालले जनाकारी दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रमुख अर्यालले चाडपर्वको समयमा मासुको प्रयोग बढी हुने भएको मासु पसलमा अनुगमन गरी स्वच्छ र स्वस्थ्य मासुको प्रत्याभूति गराउने प्रयास गरेको बताइन् । उनले भनिन्, ‘चाडपर्वको समयमा जुन पदार्थको बढी खपत हुन्छ र कालोबजारीको डर हुन्छ त्यहीँ वस्तु तथा पसलमा अनुगमन गरेका छौँ । यसले गर्दा बुटवलका बासिन्दाले स्वस्थ्यकर मासु उपभोग गर्न पाउनुहुनेछ ।’


Advertisment
Nabil box
Kumari

बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झविन्द्र बन्जाडेले थप प्रक्रियाको लागि मासु पसलेहरूलाई बुटवल उपमहानगर बोलाइएको बताए । उपभोक्ता हित संरक्षण मन्च बुटवल उपमहानगर अध्यक्ष समुन्द्र जिसीले चाडपर्वमा हुने अखाद्य वस्तुको बेचबिखन हुनसक्ने भएकोले अनुगमन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तर र गोप्य तरिकाले गर्नुपर्ने बताए । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x