×

NMB BANK
NIC ASIA

हवाई प्रवेश बिन्दु खुलाउन सरकारले थाल्यो भारतसँग सम्वाद

भदौ २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल थालेको छ । सीमावर्ती क्षेत्रका नाका खुलाउन सरकारले भारतसँग छलफल थालेको हो । 

Muktinath Bank

नेपाल उद्योग परिसंघले बिहीवार आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भारतसँग औपचारिक सम्वाद शुरू गरिएको जानकारी दिए । नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई बिन्दु भएका कारण एयर कनेक्टिभिटी सहज नभएको जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका भारतले प्रवेश बिन्दु खुलाउनुपर्ने प्रष्ट पारे । सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल शुरु गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नेपालले अहिले ४० देशहरुसँग दुईतर्फी हवाई उडान सम्झौता भइसकेको बताउँदै अब छिट्टै अमेरिका, रुसलगायतका देशमा सिधा उडान गर्ने तयारी शुरु गर्ने जानकारी दिए । मन्त्री श्रेष्ठले यसबाट नेपाललाई १२ महिना नै पर्यटकीय गन्तव्य स्थल बनाउन टेवा पुग्ने बताए । उनले विदेशी पर्यटकहरू नेपाल घुम्नको लागि १२ महिना नै आउनसक्ने हावापानी र वातावरण रहेको बताए । 


Advertisment
Nabil box
Kumari

‘पर्यटन क्षेत्रलाई सुधार गर्नको लागि नेपालमा पर्यटकहरु १२ महिना आउनसक्ने देश हो भनेर अगाडि बढाएका छौं । राउण्ड द एभर टुरिष्ट डेस्टिनेशन अभियान शुरु गर्दैछौं । नेपालको हावापानी,वातावरणको अवस्थाबाट १२ महिना नै पर्यटकहरु घुम्न आउने अवस्था र घुम्ने ठाउँहरु  छ’, उनले भने । 

Vianet communication
Laxmi Bank

पर्यटनमन्त्री श्रेष्ठले सरकार हवाई, जल, स्थल, रेल कनेक्टिभिटी सुदृढीकरणमा लागि प्रतिवद्ध रहेको बताए । उनले कनेक्टिभिटी विकास गर्नको लागि लगानी भित्र्याउन र लगानी विस्तार गर्न सरकारले प्राथमिकता दिएको बताए । मन्त्री श्रेष्ठले कनेक्टिभिटी बिना विकासले गति लिन सहज नहुने भन्दै नेपालमा कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासको लागि हवाई, जल, स्थल, रेल कनेक्टिभिटीको आवश्यकता रहेको बताए ।

मन्त्री श्रेष्ठले पर्यटन प्रवद्र्धधनका लागि सुदूरपश्चिमको खप्तड, मानसरोवर नियाल्न सकिने  हुम्ला, रारा, फोक्सुन्डोलगायत गन्तव्यतर्फका सडकमार्ग तयार गर्न आवश्यक रहेको बताए । उनले यी क्षेत्रमा सडक मार्ग तथा भौतिक पूर्वाधारको विकास हुनसके पर्यटकहरू सहजरूपमा जानसक्ने अवस्था रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x