×

NMB BANK
NIC ASIA

विभिन्न मालवस्तुको आयातमा लाग्दै आएको करको दरमा हेरफेर

भदौ २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले विभिन्न मालवस्तुको आयातमा भन्सार महसुलमा छुट दिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न मालवस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको छ । 

Muktinath Bank

नयाँ व्यवस्थाअनुसार कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको हो । राजस्व सचिव रामेश्वर दंगालका अनुसार उद्योगले सूर्यमुखीको तेल उत्पादन गर्न आयात गर्ने सूर्यमुखीको गेडा आयात गर्दा महसुलमा यसअघि दिइएको ५० प्रतिशत छुटको सट्टा अब ९० प्रतिशत बराबरको छुट पाउने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै भटमासको गेँडाबाट तेल तथा पिना उत्पादन गर्ने उद्योगले त्यस्ता सामग्री आयात गर्दा भन्सार महसुलको ५० प्रतिशत छुटको सट्टा ९० प्रतिशत छुट पाउने नयाँ व्यवस्था गरिएको छ । मन्त्रालयका अनुसार तोरी, रायो, क्यानोलाको गेडा, सर्स्यूकाे गेडा आयात गर्दा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत बराबरको छुट पाउने प्रबन्ध गरिएको छ ।


Advertisment
Nabil box
Kumari

अप्टिकल फाइबर केवल उत्पादन गर्ने उद्योगले कच्चा पदार्थको रुपमा पैठारी गर्ने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १५ प्रतिशत लाग्नेछ । सो खण्डबमोजिम सिफारिस गर्दा उद्योगको उत्पादन क्षमता र वार्षिक खपत परिणामका आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ । सहकारी संस्थाले करछुट हुने कारोबारबाहेकका कारोबार गरेमा साविकको नगरपालिका क्षेत्रभित्र सात प्रतिशत र महानगरपालिका क्षेत्रभित्र १५ प्रतिशत आयकर लाग्ने व्यवस्था हटाइएको छ ।

Vianet communication
Laxmi Bank

नयाँ व्यवस्थाभित्र नगरपालिका क्षेत्रभित्र सञ्चालन भएका सहकारीले पाँच प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकामा सात प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकामा १० प्रतिशत बराबरको छुट दिइनेछ ।

यस्तै सांख्यिकरूपले नियन्त्रित बंग्याउने, मोड्ने, सोझो पार्ने वा च्याप्टो पार्ने अन्य यन्त्रको पैठारी महसुल दर महलमा पाँच उल्लेख गर्नुपर्नेछ । यस्तै वायर तथा फलामे डण्डीको महसुल पनि पाँच प्रतिशत मात्रै राख्ने व्यवस्था गरिएको छ । स्यानिटरी प्याडको कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्तशुल्क अब भने नलाग्ने भएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x