×

NMB BANK
NIC ASIA

गठबन्धनका अन्य दलले स–गौरब कांग्रेसको लात खानुपर्छः विष्णु पौडेल

भदौ २५, २०७९

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनका दलहरू सिट भागबण्डामा पशुपतिका बाँदरजस्तै भएको टिप्पणी गरेका छन् । बुटवलमा शनिवार पार्टीनिकट प्राध्यापकहरूसँगको अन्तरक्रियामा नेता पौडेलले गठबन्धनका दलहरूमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको बताए । 

Muktinath Bank

‘गठबन्धनका दलहरू सिट भागबण्डामा पशुपतिका बाँदरजस्तै देखिएका छन्’, पौडेलले भने, ‘पशुपतिमा कसैले खानेकुरा दियो भने जसरी बाँदरहरू एउटाले अर्कोलाई झुक्याएर खोसेर लिन्छन्, गठबन्धनमा पनि अहिले त्यस्तै छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले बढी सिट हात पार्न माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेससँग घुर्की लाउने र बार्गेनिङ गर्ने गरेको पौडेलले टिप्पणी गरे । ‘कांग्रेसको पछि लाग्ने अनि उसैलाई हामीलाई नहेप भनेर घुर्की लाउने गरेका छन्’, पौडेलले भने, ‘कांग्रेसको पछि लागेपछि उसले उब्रेको दिने त हो, लात पनि हान्छ, उनीहरूले सगौरब लात खानुपर्छ ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न नसकेर गठबन्धन गर्नुपरेको स्वीकार गरिसकेको उल्लेख गर्दै नेता पौडेलले यसबाट एमाले नै देशको सबैभन्दा बलियो शक्ति भएको पुष्टि भएको बताए ।  

Vianet communication

वैवाहिक अंगीकृत नागरिकताको हकमा सात वर्षको अवधि राख्नुपर्छ भन्ने एमालेको मागलाई अस्वीकृत गरेर गठबन्धन सरकार राष्ट्रियताप्रति गैरजिम्मेवार बनेको पौडेलले बताए । समय सीमा नराख्ने सरकारको प्रावधानले कालान्तरमा नेपालीहरू आफ्नै देशमा अल्पमतमा पर्ने खतरा रहेको उनले औँल्याए । 

‘नेपाल अर्बौं जनसंख्या भएका दुई छिमेकी देशको बीचमा छ, राष्ट्रियताप्रति गठबन्धन सरकारको असंवेदनशीलताले भविष्यमा नेपालमा नेपालीहरू नै अल्पमतमा पर्ने अवस्था नआउला भन्न सकिन्न’, पौडेलले भने, ‘समय सीमा नराख्ने हो भने एकजनाले सम्बन्धबिच्छेद गर्दै ७ जना विदेशीसँग बिहे गर्नसक्छन्, यहाँ विवाह गराउने कम्पनी नै खुल्न सक्छन् ।’ 

अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) पनि एमालेको विरोधले रोकिएको दाबी गर्दै पौडेलले गठबन्धनका दलहरू विदेशीसामु आत्मसमर्पण गरेर सत्ता जोगाउन तल्लीन रहेको आरोप लगाए । उनले आगामी निर्वाचनमा एमालेले बहुमत नपाए राष्ट्रियता झनै संकटमा पर्ने र देश दुर्घटनामा पर्ने भन्दै एमालेको नीति र विगतमा गरेका राम्रा कामको प्रचार गरी जनमत सिर्जना गर्न प्राध्यापकहरूलाई निर्देशन दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x