×

NIC ASIA

आर्मी र पुलिसको जित

भदौ २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगितामा सोमवार विभागीय टोलीद्वय त्रिभूवन आर्मी र नेपाल पुलिस क्लवले आ–आफ्नो खेलमा जित निकालेका छन् । 
कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सोमवार भएको दिनको पहिलो खेलमा त्रिभूवन आर्मी क्लवले मधेस प्रदेशमाथि ६ विकेट सहज जित निकाल्दा नेपाल पुलिस क्लवले लुम्बिनी प्रदेशमाथि ७६ रनको फराकिलो जित निकालेको छ । यस्तै मुलपानीमा तय भएका दुवै खेल ओसिलो मैदानका कारण हुन सकेनन् ।

Muktinath Bank

कीर्तिपुर मैदानमा सम्पन्न दिनको पहिलो खेलमा मधेस प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य आर्मीले १८.१ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्वाधिक ३४ रनको पारी खेल्दा रोहितकुमार पौडेलले २५, अर्जुन साउदले १७ र रोजेश पुलामीले १६ रन जोडे । मधेस प्रदेशका आदिल आलम, रुपेश सिंह र हरिशंकर साहले समान एक विकेट लिए । यसअघि टस हारेपछि ब्याटिङ गरेको मधेसले पूरै २० ओभरमा सात विकेट गुमाएर १ सय ४ रनको योगफल बनाएको थियो । मधेसका ओपनर सन्तोष कार्कीले सर्वाधिक २१ रन बनाउँदा कप्तान हसिम अन्सारीले २०, रोहन विकले १७, नसरुदिन अन्सारीले १२ र विशाल सुस्लिङले १० रन जोडेका थिए भने अन्य खेलाडीले राम्रो स्कोर गर्न सकेनन् । मधेसलाई सानो योगफलमा रोक्न आर्मीका सोमपाल कामी र सुसन भारीले समान दुई विकेट लिए । यसबाहेक, हरि चौहानले एक विकेट निकाले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगिता अन्तर्गत कीर्तिपुर मैदानमा सोमवार नै सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । पुलिसले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनाउन सक्यो । उसका लागि बसिर अहमदले अविजित ४६ रन तथा सौरभ खनालले २४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । दीपेन्द्र रावतले अविजित १३ रन तथा प्रज्वल थापाले १० रन बनाए । लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि ललित राजवशीले ३ तथा करण केसीले २ विकेट लिए । गुल्सन झाले १ विकेट निकाले ।


Advertisment
Nabil box
Kumari

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर २ सय ४ रन जोडेको थियो । कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय इनिङ खेले । भुर्तेलले ७५ तथा शेखले अविजित ५० रन बनाए । सुनिल धमलाले ३५ तथा दिलिप नाथले ३३ रननका पारी खेले ।

Vianet communication

लुम्बिनीका बसिर अहमद, अनिल खरेल, दीपेन्द्र रावत तथा विशालविक्रम केसीले समान १÷१ विकेट लिए । जितसँगै पुलिसको ३ खेलबाट ७ अंक भएको छ । लुम्बिनीको भने ३ खेलबाट २ अंक भएको छ । प्रतियोगितामा मंगलवार पनि चार खेल हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x