×

NMB BANK
NIC ASIA

दलहरुले त्याग र सेवाभाव भएका उम्मेदवार छनौट गर्नु अपरिहार्य : पूर्वाध्यक्ष रेग्मी

असोज ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले दलहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इमान्दारीता, कर्मशीलता, त्याग र सेवाभाव भएका सक्षम व्यक्तिको मापदण्ड बनाई उम्मेदवार छनौट गर्नु अपरिहार्य भएको बताएका छन् ।

Muktinath Bank

आठौँ संविधान दिवसका अवसरमा  शुभकामना व्यक्त गर्दै उनले मतदातालाई पनि उपयुक्त पात्रको छनौट गर्ने नागरिक कर्तव्यबाट नचुक्न सल्लाह दिएका छन् । शुभकामना सन्देशमा पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन्, 'आज संविधान आठौँ वर्षमा प्रवेश गर्दै गर्दा तीनै तहको पाँचवर्षे कार्यकालको एक चरण पूरा भई अर्को चरणको निर्वाचनको मुखैमा आइपुगेका छौँ ।  अहिले हाम्रो कमजोर धरातल किन भयो दलहरुले नै समीक्षा गर्नु जरूरी छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अब निर्वाचनपश्चात् पनि उस्तै स्थिति रह्यो र देशले अग्रगमन, सुशासन र समृद्धिको सही मार्ग पहिल्याउँदै अघि बढ्न सकेन भने जनताको निराशा र आक्रोशलाई कसरी चित्त बुझाउन सकिएला भनी प्रश्न गर्दै  त्यसतर्फ अहिलेदेखि नै सोच्न जरूरी रहेको उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष रेग्मीले सन्देशमा भनेका छन्, 'संविधान दिवस मनाउनुको सार्थकता संविधान अनकूलको आचरण, कार्यान्वयन र स्थायित्वमै रहन्छ । यस दिवसले हामी सबैलाई संविधानले निर्दिष्ट गरेको गन्तव्यमा समर्पित हुन अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु ।'   

Vianet communication
Laxmi Bank

मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश  खिलराज रेग्मीले आठौँ संविधान दिवस २०७९ को अवसरमा दिएको शुभ–कामना सन्देश यस्तो छ-

आठौँ संविधान दिवसको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली समाजको विकास र रुपान्तरण गर्ने अभिलाषाले नेपाली जनताले विभिन्न कालखण्डमा गर्दै आएका संघर्ष एवम् आन्दोलनहरुबाट प्राप्त उपलब्धि नै आजको लोकतान्त्रिक व्यवस्था  हो । लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास गर्न विभिन्न आरोह अवरोह र विशेष परिस्थितिका बीच दोश्रो पटक संविधान सभाको निर्वाचन गर्नुपरेको कुरा सर्वविदितै छ । जन आकांक्षा अनुरुपको शासन व्यवस्था स्थापित गर्दै देशलाई अग्रगमन, स्थायित्व र समृद्धितर्फ लैजाने उद्धेश्यका साथ संविधान सभाबाट संविधान निर्माण भयो ।

आज संविधान आठौँ वर्षमा प्रवेश गर्दै गर्दा तीनै तहको पाँच वर्षे कार्यकालको एक चरण पूरा भै अर्को चरणको निर्वाचनको मुखैमा आई पुगेका छौँ । पहिलो कार्यकालमा संघीयताको नौलो अभ्यासलाई व्यवस्थापन गर्दै अघि बढ्ने स्थितिमा थियौं । स्थानीय र प्रदेश फरक जस्तै भए पनि  केन्द्रको प्रकृति निरन्तरता जस्तो नै थियो । प्रदेश र स्थानीय तहमा कतिपय विषयमा सुशासन र अनियमितताका कुरा उठे । केन्द्रमै पनि कतिपय प्रश्न उठे भने सरकार र संसदका काम कारवाही खलबलिन पुग्यो । अपेक्षित परिणाम र स्थायित्व आउन सकेन । कमजोर धरातल किन भयो दलहरुले नै समिक्षा गर्नु जरूरी छ र राष्ट्रिय कार्यभार पनि उनीहरुकै हो ।

अब निर्वाचन पश्चात् पनि उस्तै स्थिति रह्यो भने र स्थायित्वको साथ देशले अग्रगमन, सुशासन र समृद्धिको सही मार्ग पहिल्याउँदै अघि बढ्न सकिएन भने जनताको निराशा र आक्रोशलाई कसरी चित्त बुझाउन सकिएला ? अहिले देखि नै सोच्न जरूरी छ । त्यसैले निर्वाचनमा राजनीतिक दलहरुले इमान्दारीता, कर्मशीलता, त्याग र सेवाभाव भएका सक्षम व्यक्तिहरुको मापदण्ड बनाई उमेदवार छनौट गर्नु अपरिहार्य छ । त्यस्तै पटक पटकको मतदानको अभ्यास गरिसकेका मतदाताले पनि भएन भनि निराशा पोखेर मात्र हुदैन उपयुक्त पात्रको छनौट गर्ने नागरिक कर्तव्यबाट चुक्न मिल्दैन भन्ने मलाई लाग्दछ । त्यसका लागि आग्रह पनि गर्दछु । संविधान कार्यान्वयन र अग्रगमनको पहिलो सहि बाटो यही हो भन्ने लाग्दछ । 
संविधान दिवस मनाउनुको सार्थकता संविधान अनकूलको आचरण, कार्यान्वयन र स्थायित्व मै रहन्छ । यस दिवसले हामी सबैलाई संविधानले निर्दिष्ट गरेको गन्तव्यमा समर्पित हुन अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु ।   
२०७९।६।३
काठमाडौँ

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x