×

NMB BANK
NIC ASIA

ओमानमा भव्य रूपमा मनाइयो संविधान दिवस [तस्वीरहरू]

असोज ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ओमानमा रहेका नेपालीहरूले नेपालको संविधान दिवस भव्य रूपमा मनाएका छन् ।

Muktinath Bank

सोमवार शेराटन ओमान होटलमा रात्रीभोज सहितको कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कार्यक्रममा ओमानका राष्ट्रिय महोत्सव सचिवालयका महासचिव शेख सिबा हमदान बिन सिबा अल साअदी प्रमुख अतिथि  रहेका थिए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा स्टेट काउन्सिल (प्रतिनिधि सभा) र शुरा काउन्सिल (राष्ट्रिय सभा) का दुई-दुई जना सदस्यहरू, परराष्ट्र मन्त्रालयका प्रशासन तथा आर्थिक मामिला हेर्ने सचिव, पश्चिम एशिया महाशाखा नि. प्रमुख लगायत विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू, विभिन्न सरकारी उच्च पदस्थ अधिकारीहरू, पत्रकार, उद्योग व्यवसायी, नेपाली समुदायका प्रतिनिधिहरू, राजदूतावासका कर्मचारी तथा परिवार गरी करिब २४० जनाको उपस्थिति रहेको थियो ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा स्वागत मन्तव्य दिंदै राजदूत डोरनाथ अर्यालले संविधानको महत्वपूर्ण विशेषताहरू, नेपाल र ओमानबीच रहेको सुमधुर सम्बन्ध माथि प्रकाश पारेका थिए । 

साथै राजदूत अर्यालले राजनीतिक स्थायित्व पश्चात अहिले नेपालले आर्थिक, सामाजिक विकास तथा नेपालीहरूको समृद्धिको लागि आफ्नो प्राथमिकता र योजनाहरू केन्द्रित गरेको जानकारी गराए। 

नेपालले छोटो समयमा नै विद्युत उत्पादनमा उल्लेख्य प्रगति गरेको र एक मेगावाट माथिका करिब २२० वटाभन्दा बढी आयोजना निर्माणाधीन अवस्थामा रहेको र यसबाट ७००० मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने तथ्य समेत राजदूत अर्यालले कार्यक्रममा बताए । 

राजदूत अर्यालले एकैसाथ थप निर्माण गरिएका दुई वटा अन्तरराष्ट्रिय विमानस्थलसहित तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबाट पर्यटन र आर्थिक गतिविधिमा उल्लेख्य टेवा पुग्ने सुनाए । 

नेपाल विश्वका ठूला आर्थिक शक्ति राष्ट्रहरूको बीचमा रहेको र यसको रणनीतिक अवस्थिति व्यपार र लगानीको लागि ठूलो अवसरको रूपमा रहेको राजदूत अर्यालले बताए । 

नेपालको अत्यन्त रमणीय प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाहरूको बारेमा चर्चा गर्दै नेपाल पर्यटकका लागि आकर्षक गन्तब्य भएको उनले बताए ।

 सो कार्यक्रममा प्रमुख अतिथि र राजदूतले संयुक्तरुपमा केक काटी संविधान दिवसको उत्सव मनाइएको थियो ।

साथै नेपाली फुड कर्नर स्थापना गरेर नेपाली खानाहरू जस्तै मोमो, चिकेन छोयला, अचार आदि पस्किइएको थियो ।

कार्यक्रममा नेपाली हस्तकला तथा उत्पादनका सामानहरू प्रदर्शन गरिनुका साथै सभा हलको भित्र र बाहिर ठूला-ठूला पाँचवटा मोनिटरबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने भिडियोहरू नियमित रुपमा प्रशारण गरिएको थियो । 

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओमानबाट काठमाडौं जाने आउने तीनवटा र भैरहवा जाने आउने एउटा गरी चारवटा हवाई टिकट र चन्द्रागिरी हिल रिसोर्टमा दुई रात दुई-दुई जना बस्ने भौचर चिट्ठा मार्फत उपलब्ध गराइएको थियो ।

 कार्यक्रमको संचालन यस नियोगका उप नियोग प्रमुख/द्वितीय सचिव सोमेश थापाले गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x