पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन् । डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा अपेक्षाकृत लाभ लिन नसकेको गुनासो गरे ।
‘सडक बनेपछि सजिलो होला भनेर व्यवसायिकरुपले तरकारी खेती थालेका थियौँ’, उनले भने, ‘चिप्लेटी र डडुवाको बीचमा पर्ने हेकुले भन्ने ठाउँमा सडक भासिँदा यातायातको समस्या भयो ।’ बर्खायाममा लामो समय यातायात बन्द हुँदा गोलभेडा, साग, सिमी, खुर्सानीलगायत तरकारी बेनीको बजारमा पठाउन समस्या परेको हो ।
डडुवादेखी चिप्लेटीसम्म डोकोमा बोकेर लैजाने र मंगला गाउँपालिकाको तल्लो डडुवा हुदै बेनी पठाउँदा ढुवानी खर्च महँगो पर्ने र बजारमा प्रतिस्पर्धा गर्न नसकिने अवस्था छ । करिब १०० घरपरिवारको बसोबास रहेको डडुवाका २० कृषकले व्यावसायिक तरकारीरुपले खेती गरेका छन् । दैनिक २० क्रेट टमाटर उत्पादन हुन्छ ।
खुला जमिनमा पनि बन्दा, काउली, साग, गोलभेडा, सिमी, भन्टा, काँक्रो, क्याप्सीकम, खुर्सानी, ब्रोकाउली र अदुवा लगाइएका छन् । भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारीलगायत व्यक्तिले गाउँमै व्यावसायिक तरकारी खेती र पशुपालन गरेका हुन् ।
उजाड र उराठलाग्दो डडुवा अहिले हराभरा भएको छ । हाइटेक प्रविधिको टनेलका साथै खुला जमिनभित्र तरकारी खेती गरिएका छन् । बिरुवाको जरा जरामा पानी र प्रोट्रिन आपूर्ति हुने गरी थोपा सिँचाइ प्रविधि जडान गरिएका छन् । झार र रोगकिराको समस्या न्यूनीकरण गर्न मल्चिङ प्रविधि अपनाइएका छन् ।
डडुवाको तरकारी बिक्रीका लागि मुख्य बजार बेनी हो । निरन्तर पहिरो जाने गरेकाले हेकुलेमा यातायातका साधन सञ्चालन गर्न समस्या भएको बेनपा–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताए । यसपाली पनि बर्खा शुरु भएपछि सो ठाउँमा दुई पटक सडक मर्मत गरिएको र पुनः मर्मतका लागि डोजर पठाउने उनले बताए ।
कृषकहरूको जागरुकताका कारण डडुवा गाउँ व्यवसायिक कृषिमा अग्रसर भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । उनका अनुसार डुडुवाका कृषकहरूलाई प्लास्टिकको टनेल, अदुवा, साना सिँचाइ, प्राङग्रारिक खेती, रैथाने बालीका कार्यक्रममार्फत सहयोग गरिएको छ । गत वर्षमात्र डडुवाका १० भन्दा बढी कृषकले उक्त केन्द्रको विभिन्न कार्यक्रमबाट अनुदान सुबिधा लिएका थिए । रासस
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...