×

NMB BANK
NIC ASIA

कार्यस्थलमा आधारित तालिम संचालन गर्दै एफएनसीसीआई, वस्तुगत संघहरूसँग सम्झौतापत्रमा हस्ताक्षर

असोज १०, २०७९

NTC
Premier Steels

नेपाल उद्योग वाणिज्य महासंघद्वारा यूरोपियन यूनियन ब्रिटिश काउन्सिल, दक्षता परियोजना र आइएलओको सहयोगमा विभिन्न चार वटा क्षेत्रलाई समेटेर कार्यस्थलमा आधारित छोटो अवधिको तालिम कार्यक्रम संचालन गरिने भएको छ । 

Muktinath Bank

कृषि, पर्यटन, उत्पादनमुलक, पूर्वाधार क्षेत्रलाई समेटेर संचालन हुने उक्त तालिम कार्यक्रमसँग जोडिएका महासंघका सदस्य वस्तुगत संघहरू क्रमशः फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल, रेष्टुरेन्ट एण्ड वार एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल मत्स्य व्यवसायी संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ र नेपाल अलैंची व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ बीच कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौतापत्रमा एक कार्यक्रमबीच छुट्टाछुट्टै हस्ताक्षर भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चार महिनाको उक्त परियोजनामार्फत १ सय ५० जनालाई कार्यस्थलमै तालिम दिइने छ र तालिम पश्चात उनीहरूलाई रोजगारीमा समेत परिचालन गरिने छ । तालिम पूर्वमा झापा, मोरङ, सुनसरी र काठमाडौमा संचालन हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

पूर्वमा अदुवा, अलैंची तथा मत्य व्यवसाय र काठमाडौंमा उत्पादनमुलक (छाला जुत्ता) र पर्यटन (वेटर कुक, एयर टिकटिङ र टुर प्रडक्ट डेभलपमेन्ट) संग सम्बन्धित छोटो अवधिको कार्यस्थलमा आधारित तालिम संचालन गरिने 

Vianet communication

छ ।    

महासंघ सचिवालयमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं महासंघको वस्तुगत परिषदका सभापति अन्जन श्रेष्ठले दक्ष जनशक्ति अभाव भैरहेको अहिलेको समयमा महासंघ, आइएलओ र सदस्य वस्तुगत संघहरूको संयुक्त सहकार्यमा हुने तालिम कार्यक्रमबाट दक्ष र शीपयुक्त जनशक्ति उत्पादन र आपूर्तिमा ठूलो सहयोग पुग्ने विश्वास प्रकट गरे । 

तालिम कार्यक्रम संचालन गर्न आइएलओबाट भएको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि शीपयुक्त जनशक्ति विकासमा अझ बढी सहयोगको अपेक्षा गरेको बताए ।  

महासंघका उपाध्यक्ष श्रेष्ठले वार्षिक रुपमा ५ लाख युवा जनशक्ति रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्ने र जसमध्ये करिव ७० प्रतिशत रोजगारीमा जाने गरेका र ती मध्ये अधिकांश अदक्ष र अर्धदक्षनै जाने गरेको तथ्यांक राख्दै यो अवस्थालाई जतिसक्दो छिटो चिर्नु आवश्यक भएकाले जनशक्ति विकासको महासंघको अभियान यो कार्यक्रमले निकै ठूलो सहयोग पुरयाउने आशा समेत गरे । 

आइएलओका नेशनल प्रोजेक्ट कोअर्डिनेटर शौरमराम जोशीले शीप विकासमा काम गर्ने धेरै संस्थाहरू भएपनि त्यसले राष्ट्रिय आवश्यकतालाई पूरा गर्न नसकिरहेको आजको समस्यालाई संवोधन गर्न आइएलओले महासंघसंग मिलेर यो कार्यक्रम ल्याएको स्पष्ट पारे । 

यसमा आवद्ध हुने महासंघका सदस्य वस्तुगत संघहरूको तालिम कार्यक्रमलाई सफल पार्न ठूलो भूमिका रहने पनि उनले बताए । 

शीप, श्रम र मर्यादित रोजगारीका लागि आइएलओले सधै जोड दिएको पनि उनले स्पष्ट पारे । 

आगामी दिनमा महासंघसँग मिलेर अझ धेरै क्षेत्र र संख्यालाई समेटने गरी थप तालिम कार्यक्रममा पनि सहकार्य गर्न सकिने धारणा उनले राखे । 

परियोजनाका साझेदारी वस्तुगत संघका पदाधिकारीहरूले परियोजनालाई सफल पार्ने कार्यमा प्रतिवद्धता जनाउँदै यो कार्यक्रमले वस्तुगत संघहरूको संस्थागत विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकालले छोटो अवधिको यो तालिम कार्यक्रमबाट सम्बन्धित क्षेत्रमा आवश्यक जनशक्ति आपूर्तिमा ठूलो सहयोग गर्ने विश्वास प्रकट गर्दै आफ्नो समितिले शीप विकासका अन्य कार्यक्रमहरू पनि ल्याउन प्रयास गरिरहेको जानकारी गराए ।  

कार्यक्रममा महासंघको वस्तुगत परिषद्का सहसभापति अरनिको राजभण्डारी, महानिर्देशक गोकर्णराज अवस्थी, उपनिर्देशक विदुरचन्द्र लामिछाने, सहायक निर्देशक अजितकुमार गुप्ताको सहभागिता थियो ।

सो अवसरमा महासंघकातर्फबाट परियोजनाको वारेमा संक्षिप्त प्रस्तुती गरिएको थियो । 

कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्य, सदस्य वस्तुगत संघका पदाधिकारी, उद्यमी व्यवायीहरूको उपस्थिति थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x