×

NMB BANK
NIC ASIA

राजधानीमा ‘प्रेमगीत–३’को विशेष शो, मदनकृष्णले भने – सुनलाई सुन भनिरहनुपर्दैन

असोज १०, २०७९

NTC
Premier Steels

शुक्रवारदेखि ‘वर्ल्डवाइड’ रूपमा प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत–३’ले आइतवार राजधानीमा विशेष शोको आयोजना गरेको छ ।

Muktinath Bank

कलाकार एवं सञ्चारकर्मीहरू उपस्थिति विशेष शोमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठदेखि अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलासम्मले चलचित्र हेरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्र हेरेपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै अभिनेता मदनकृष्ण श्रेष्ठले ‘प्रेमगीत–३’ आफूलाई राम्रो लागेको प्रतिक्रिया दिए । ‘सुनलाई सुन भनिरहनुपर्छ र ? राम्रोलाई राम्रो भनिरहनु नै पर्दैन,’ मदनकृष्णले भने, ‘सबैको अभिनय राम्रो छ । सबैलाई बधाई । यति भन्छु सुनलाई सुन भनिरहनुपर्दैन । सुन बनेको रहेछ गज्जबको ।’ 


Advertisment
Nabil box
Kumari

उनले अभिनेता शिव श्रेष्ठलाई धेरैपछि पर्दामा हेर्दा खुशी लागेको समेत बताए । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले चलचित्र राम्रो लागेको बताइन् । उनले अभिनेत्री क्रिस्टिना गुरुङलाई अंगालो हाल्दै भनिन्, ‘प्रदीप त प्रदीप नै भइहाल्यो । नेपाली रजतपटले एउटा राम्रो नायिका पाएको छ ।’

Vianet communication

अभिनेता निर्मल शर्माले कलाकारहरूको ड्रेसअपले लोभ्याएको बताए । उनले चलचित्र हेर्दा रमाइलो लागेको बताए । विशेष शोमा निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ, अभिनेता शिव श्रेष्ठ, मनिष राउत, प्रेम पुरी लगायत उपस्थित थिए । निर्माता एवं निर्देशक सेनले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको बताए ।

दर्शकहरूले ५०० करोडमा बनेको ‘बाहुबली’सँग ३ करोडमा बनेको आफ्नो चलचित्रलाई तुलना गरेर चलचित्र हेर्दा अपेक्षा ‘मिट’ नभएको हुनसक्ने समेत उनले बताए । उनले ४ वर्षअघि बनाएको चलचित्र भएको बताउँदै भने, ‘जो बाहुबली सोचेर हलमा जानुभएको छ, उहाँहरूलाई केही कमजोरी लागेको हुनसक्छ । जसले प्रेमगीत–३ सोचेर जानुभएको छ, उहाँहरूले मन पराउनुभएको छ ।’

अभिनेता प्रदीप खड्काले अन्तर्राष्ट्रिय बजारमा चलचित्र पुग्नु पनि नेपालीकै लागि खुशीको कुरा भएको बताए । चलचित्रले यतिबेला उत्साहजनक व्यापार गरिरहेको छ ।

‘प्रेमगीत–३’ हिन्दी भर्सन पनि सोमवारदेखि नेपालमा प्रदर्शनमा आएको छ । 

हेर्नुहोस् विशेष शोका तस्वीरहरू – 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x