×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ ।

Muktinath Bank

महानगरले प्रचारप्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेशनाकामा स्वागतद्वार र प्रचार सामग्री राख्ने भएको छ ।  राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन महानगरले आफ्नोतर्फबाट काम अघि बढाएको हो । महानगर प्रमुख धनराज आचार्यले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचारप्रसारका विषयमा सरोकारवाला निकायसँग बसेर दसैँलगत्तै यसलाई सुरु गरिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, “पोखरा खेलकुदमय छ भन्ने महसुस गराउन हामीले विज्ञापनका लागि विद्युतिय डिस्प्ले बोर्ड, रोड ब्यानर, स्वागत गेटलगायतबाट प्रचारप्रसार गर्नेछौँ ।”  महानगरपालिकाले पोखरा आउने खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई यातायात, होटल, सपिङ मललगायतमा छुट तथा सहुलियतका लागिसमेत सम्बन्धित पक्षसँग आह्वान गरिने जनाएको छ ।


Advertisment
Nabil box
Kumari

“राष्ट्रिय खेलकुद देशकै गौरव हो यसलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुहोस् भनेर होटल व्यवसायी, यातायात व्यवसायी तथा निजी क्षेत्रलाई आह्वान गर्र्दैछौँ ।” आचार्यले भने । महानगरले खेलस्थलसम्म जाने सडक, खेलस्थलको सरसफाइ, विद्युत्, खानेपानी, शौचालयको उचित प्रबन्ध तथा खेलस्थलको सजावटमा पनि सहयोग गर्ने जनाएको छ ।

Vianet communication
Laxmi Bank

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिता भव्य बनाउनुपर्ने सबैको दायित्व रहेको बताए । 

प्रतियोगितालाई मध्यनजर गरी खेलस्थलसम्म पहुँचका लागि सडक मर्मत तथा स्तरोन्नति महानगरपालिकाका विभिन्न नाकामा स्वागत तथा सहरका विभिन्न यात्रु प्रतीक्षालयलगायत  स्थानमा खेलकुदसँग सम्बन्धित सामग्री डिस्प्ले बोर्ड राख्ने व्यवस्था महानगरले गर्ने प्रतिबद्धता जनाएको गुरुङले जानकारी दिए । 
 
राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् ।

त्यस्तै ह्याण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् । प्रतियोगिता यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । रासस  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x