×

NMB BANK
NIC ASIA

एमालेमा विवाद

पार्टीभित्र कैदी र अपमानित हुनुपरेपछि एमाले छाडेः घनश्याम भुसाल

‘अबको यात्रा लोकतन्त्रको रक्षा, वाम आन्दोलनको एकता र यसको सुदृढीकरणमा’

असोज २२, २०७९

NTC
Premier Steels

नेकपा एमाले नेता घनश्याम भुसालले पार्टीभित्रै अपमानित हुने अवस्था पार्टी छाडेको बताएका छन् । शनिवार आफ्नो गृहनगर रूपन्देहीको तिलोत्तमा मणिग्राममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै भुसालले पार्टीभित्र विधि, नीति र सिद्धान्तको कुरा गर्दा अपमानित र कैदीजस्तो भएपछि एमाले परित्याग गरेको बताएका छन् । उनले आफ्नो अबको यात्रा लोकतन्त्र रक्षा र वाम आन्दोलनको एकता एवं यसको सुदृढीकरणका लागि हुने बताए । उनले आफू चुनाव लड्ने विषयमा अझै निचोडमा पुगिनसकेको बताए ।

Muktinath Bank

पत्रकार सम्मेलनमा घनश्याम भुसालले व्यक्त गरेका विचारको सार संक्षेप


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कमरेड ओलीसँग मेरो विचार, सिद्धान्त, संगठनात्मक सिद्धान्त, विकास, त्यसको भाष्य, हाम्रो मुलुक, राजनीति यी तमाम चिजमा मेरो डिफरेन्सेसहरू थिए । यो सबैलाई थाहा छ । त्यसलाई उहाँले व्यक्तिगत इस्र्या, द्वेषको रूपमा लिइदिनुभयो । र मैले चाहिँ अन्तिमसम्म पनि प्रयत्न गरे । त्यहाँभित्र थोरै पनि आफूले भन्ने, राख्ने, छलफल हुनेसम्म हुनेभयो भने मैले यस्तो निर्णय गर्न पर्दैनथ्यो ।


Advertisment
Nabil box
Kumari

म आफैँ क्रान्तिको सिद्धान्तको व्याख्या गर्दा समेत हिजो जनयुद्धदेखि लिएर संसारका क्रान्तिहरूमा व्याख्या गर्दाखेरीमा मैले चाहिँ क्रान्ति, शान्तिपूर्ण रूपमा हुन्छ र शान्तिपूर्ण क्रान्तिका लागि थोरै पनि स्पेश रहेसम्म शान्तिपूर्ण नै गनुपर्छ भन्ने सिद्धान्तको व्याख्या गर्दै बसेको हुँ । त्यसअर्थमा पनि म साच्चिकै प्रतिबद्ध हुँ । आन्तरिक रूपले पनि थोरै पनि स्पेश भएसम्म पनि म यस्तो निर्णय गर्दिन थिएँ । किनभने, म यदि मेराप्रति इमान्दार छु भने, म के भन्न सक्छु भन्दाखेरी आजसम्म मैले मेरो लागि भनेर, मेरा परिवारका लागि भनेर, मैले कुनै, कहिल्यै कुनै निर्णय गरेको छैन । आजसम्म मेरो जीन्दगीमा त्यो चाहिँ मैले सानसँग भन्न सक्छु । दाबाका साथ भन्न सक्छु । त्यसको अर्थ मेरा तर्फबाट बुद्धि, बर्कत, क्षमता जे थियो त्यस हिसाबले आन्दोलनमा समपर्ण गरेको हुँ । र त्यसको अर्थ के हो भन्दा मैले व्यक्तिगत कुरा खोजेको होइन, मैले त पार्टीलाई विधिमा, नीतिमा, सिद्धान्तमा, पद्धतिमा, मूल्यमा, चलाउँन खोजेको हुँ । 

Vianet communication

तर, त्यसको कुनै सम्भावना मैले देखिन बरु त्यसो गरेबापत, विचारको कुरा गरेबापत, म जहिलेसुकै अपमानित हुनुप¥यो । त्यसलाई पनि मैले यो व्यक्तिगत कुरा हो, क्रान्तिमा यस्तो हुन्छ भन्दै हेर्दै रहेँ । अब गर्दा–गर्दै मैले भन्ने आफूले राख्ने विचार, बहस, छलफल गर्ने थोरै पनि मैले फेरि क्याटोगरीकल्ली भन्दै छु यसलाई म यो शब्द अतिरञ्जनापूर्ण भन्दैछैन मैले थोरै पनि स्पेश नपाएपछि त्यहाँ म हुने भनेको कैदमा रहनेजस्तो भयो । यो कैदलाई अस्वीकार गरेको हुँ । 

दश बुँदेहरूले घुँडा टेक्नुपर्छ भन्नेजस्तो अराजनीतिक, असैद्धान्तिक मूल्य, प्रचार गराएर मान्छेको हुर्मत लिएर जे गर्न खोजिँदैछ, हामी स्वतन्त्रताका लागि लडेर आएका हौँ । जिन्दगीभर त्यसैका लागि लडियो । त्यसो गर्दा चाहिँ यो कुरा गलत हो । मैले प्रतिनिधि सभाका लागि चुनाव सजिलो हुन्छ भनेर यो गर्दैछु भन्ने कुरालाई म एक सय प्रतिशत अस्वीकार गर्दछु । 

म अस्ति पनि एमाले फर्केको होइन । एमालेमै थिए । हाम्रो पार्टी एमाले नै थियो । के मात्रै थियो भने, त्यो नेकपा एमालेमा हामीलाई बाहिर निकालेर घेराबन्दी गरिएको थियो । हाम्रो झगडा हामीभित्र गर्न पाउनुपर्छ । यो घरका हामी सबै बराबर उत्तिकै अंसियार हौँ । मेरो दाबी त के हो भने, अहिले त कमरेड ओली र म उत्तिकै अंसियार हौँ । त्यसमा को पदमा छ, त्यसको व्यवस्थापन कसले गर्छ, त्यति मात्रै फरक हो । तर, मानवीय मूल्य नै फरक हुने नि पार्टी हुन्छ ? २१औँ शताब्दीको पार्टी हुन्छ ?  हुँदैनथ्यो । त्यसअर्थमा त्यो मेरो प्रतिक्रिया हो । 

पार्टी कमरेड ओलीले अपहरित गर्नुभयो म ओलीजीसँग सँगै रहन सकिनँ । यस अर्थमा म यो पार्टीमा रहिनँ, भन्ने मेरो घोषणा हो । अबको राजनीतिक यात्रा, हिजो पनि यसमा म अलिकति आलोचित पनि भएको छु । मूल्यांकनको विषय पनि होला । खासगरी आफ्नै प्रधानमन्त्रीविरुद्धमा सर्वोच्च अदालत गएकोजस्ता कुरा छन् । यी विवादित होलान् । यदि संसद् विगटनको कुरा लोकतन्त्रका लागि घाटा छैन, अन्यथा होइन भन्ने लागेको थिएन भने जाँदिन थिएँ । मैले के बुझेँ भने लोकतन्त्र बचाउनको लागि, संसद् बचाउनको लागि, संविधान बचाउनको लागि, जे पनि गर्नुपर्छ भनेर म हिजो अदालत गएँ । यसअर्थमा लोकतन्त्रप्रतिको मेरो आस्था र विस्वास अटुट छ । म वाम आन्दोलनको एकता लागि मेरो सम्पूर्ण प्रयत्न हिजो लागे, भोलि पनि लाग्नेछु । यसर्थ लोकतन्त्र रक्षा र वाम आन्दोलनको एकता र यसको सुदृढीकरण लागि आगामी मेरो यात्रा जारी रहने छ । 

चुनावको बारेमा मैले अझै छलफल गर्न पाएको छैन । म छलफल गर्दैछु । विचार गर्दैछु । वाम आन्दोलनको असाध्यै राम्रो पार्टी हो । समस्या के भो भने, यतिको राम्रो पार्टी, यतिको राम्रो इतिहास भएको पार्टी, यतिको लोकतान्त्रिक पार्टी, वामपन्थी पार्टी लिडरसिपले कब्जा गरिदियो । म नेकपा कम्युनिष्ट आन्दोलनकर्मी भएँ । वाम आन्दोलनको कर्मी हुँ । नेपालको लाकतान्त्रिक आन्दोलनको कर्मी हुँ । मैले पार्टी छाडेको कुरा मेरा साथीहरूले दुखद् हो भन्नुभएको छ । मैले ४५ वर्ष जीन्दगी जहाँ कुनै पनि व्यक्तिगत निजी लोभमा नरहेर आजसम्म मैले मेरा विचारहरू राखे । त्यो मान्छे ४५ वर्ष पछाडि निस्कुनपर्दा खेरी दुःखको घाउ स्वयं मलाई छ । अरुले फिल गर्नुभएको छ, म त्यो स्वभाविक मान्छु । तर, हामी कुनै आन्दोलनको दौरानमा ति सबै साथीहरूसँग भेट हुन्छ भन्ने मेरो विश्वास छ । 

दश बुँदेको स्प्रीटमा रहेर कुरा गरिरहेको जो–जो रहे उनीहरूलाई टिकट दिइएन । १० बुँदे भनेको त १० भाइ मात्र होइनन् अरु पनि जो–जो कमिटीमा थिएनन् सांसद थिए । पढे–लेखेका हुन्, राम्रा र समर्पित साथीहरू हुन्, तिनीहरू पनि जो १० बुँदेको स्प्रीटमा रहेनन्, तिनीहरूलाई पनि टिकट दिइएन । यो चाहिँ राम्रो भएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x