×

NIC ASIA

इलामबाट प्रतिनिधि सभामा २५ र प्रदेश सभामा २९ जनाको मनोनयन दर्ता

असोज २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

इलामबाट प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा दुई पार्टीका जिल्ला अध्यक्षबीच प्रतिष्पर्धा हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिएका छन् । विगत वर्षमा एउटै पार्टीबाट दुई क्षेत्रबाट निर्वाचित हुँदै आएका उनीहरू यसपटक फरक–फरक दलबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । 

Muktinath Bank

उनीहरूसँगै इलाममा प्रतिनिधि सभामा २५ र प्रदेश सभामा २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालको इलाम क्षेत्र नं १ मा ३ स्वतन्त्रसहित प्रतिनिधि सभामा ११ जनाले उम्मेदवारी दिएका हुन् । प्रदेश सभातर्फ इलाम क्षेत्र नं १ को (क) मा ८ जना र इलाम क्षेत्र नं १ को (ख) मा ६ जनाले उम्मेदवारी दिएका छन् । खनालसँग प्रतिस्पर्धाका लागि नेकपा (एमाले)का तर्फबाट एमाले इलामका अध्यक्ष महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वसभामुख नेम्वाङले जित्दै आएको इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ दुई  स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ इलाम क्षेत्र नं २ को (क) मा ८ जना र इलाम क्षेत्र नं २ को (ख) मा १ स्वतन्त्रसहित ८ जनाले उम्मेदवारी दिएका छन् । नेम्वाङ आफैँ आएर मनोनयन गरेका थिए भने खनालका तर्फबाट उनकै पार्टीका प्रतिनिधिबाट मनोनयन दर्ता गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

नेम्वाङसँग प्रतिस्पर्धाका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको इलाममा २ लाख २४ हजार ७७८ मतदाता रहेका छन् । 

Vianet communication

इलाममा यस पटकको चुनाव निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । ठूला नेतासँग जिल्ला अध्यक्षको प्रतिष्पर्धा निकै कडा हुने अनुमान लगाउन सकिन्छ । पूर्वप्रधानमन्त्री खनालले पार्टी नै परिवर्तन गरेर कांग्रेससँगको सहकार्यमा मत लिनुपर्ने हुन्छ । उता नेम्वाङका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति पनि समाजसेवी र जिल्लाकै लोकप्रिय नेताका रुपमा परिचित छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x