×

NMB BANK
NIC ASIA

दाङबाट प्रतिनिधि र प्रदेश सभामा ९० जनाको उम्मेदवारी

असोज २४, २०७९

NTC
Premier Steels

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङमा ९० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको विवरणअनुसार ३ वटा निर्वाचन क्षेत्र भएको दाङमा प्रतिनिधि सभाको ३ सदस्यका लागि ४४ र प्रदेश सभामा ६ सदस्यका लागि ४६ जनाले मनोनयन गराएका हुन् । 

Muktinath Bank

यीमध्ये १७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभातर्फ १० र प्रदेश सभातर्फ ७ जनाको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभाका लागि १ स्वतन्त्रसहित १२ जना, प्रदेश सभाका लागि १ (क) मा ९ जना, १ (ख) मा ६ जनाको उम्मेदवारी परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि तीन स्वतन्त्रसहित १५ जना र प्रदेशसभातर्फ २ (क) मा एक स्वतन्त्रसहित ८ र २ (ख) मा ५ जनाको उम्मेदवारी परेको हो । 


Advertisment
Nabil box
Kumari

निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभातर्फ ६ स्वतन्त्रसहित १७ जना, प्रदेश सभातर्फ ३ (क) मा २ स्वतन्त्रसहित ९ र ३ (ख) मा ४ स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Vianet communication

आइतवार वर्षा जारी रहे पनि सबै दलका तथा स्वतन्त्र उम्मेदवारले उत्साहका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । यसैबीच दाङ क्षेत्र नं १ मा सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) नेता तथा शहरी विकासमन्त्री मेटमणि चौधरीले मनोनयन दर्ता गराएका हुन् । 

नेकपा (एमाले)बाट प्रतिनिधि सभा सदस्यमा शान्ता चौधरीको उम्मेदवारी दर्ता भएको छ भने नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, नेपाली कांग्रेस बिपीबाट अशोक खड्का, हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी (सत्गौवा)ले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसैगरी दाङको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, एमालेका तर्फबाट शंकर पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, एमालेका केन्द्रीय सदस्य कोमल ओली, राप्रपाका ओजबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x