×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

स्याङ्जा– २ को रोचक चुनावी भिडन्त : धनराज र पद्मामा को बलियो ?

असोज २५, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेस र नेकपा एमालेका पदाधिकारी भिड्न लागेको स्याङ्जा २ मा यसपटक चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ ।

Muktinath Bank

स्याङजा २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरु ङ उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट सचिव पद्मा अर्याल चुनावी मैदानमा छिन् । राप्रपालगायत केही साना दल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीका प्रभावशाली नेता विजयकुमार गच्छदारलाई पराजित गरेर उपसभापति बनेका गुरुङका लागि संसदीय निर्वाचनको प्रतिस्पर्धा भने पहिलो हो । २०६४ र २०७० सालको संविधानसभामा गुरुङ समानुपातिकबाट सांसद थिए । 


Advertisment
Nabil box
Kumari

राष्ट्रियताको पक्षमा चट्टानी अडान र भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिएर उनी चर्चामा रहने गरेका छन् । संविधानसभामा जातीय राज्यको बहस हुँदा उनले विरोध गरेका थिए । गोपालमान श्रेष्ठ समानुपातिकको बन्दसूचीमा बसेपछि धनराजलाई टिकट पाउन धेरै मेहनत गर्नु परेन ।

Vianet communication

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता एवं बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर पद्मा चर्चामा आएकी थिइन् । 

केपी ओली सरकारमा लामो समय भूमिसुधार र कृषि तथा पशुपन्छी मन्त्री बनेकी थिइन् । पद्मा भूमिसुधार मन्त्री रहेको समयमा नेपालको चुच्चे नयाँ नक्सा जारी भएको थियो भने सगरमाथाको उचाइ नापिएको थियो । 

गत वर्षको मंसिरमा चितवनको सौराहामा भएको महाधिवेशनबाट अर्याल एमाले सचिव बनेकी थिइन् । त्यसअघि उनी एमाले स्याङ्जाको अध्यक्ष बनेकी थिइन् । यसअघि चुनाव जितेको, पार्टी पदाधिकारी र महिला उम्मेदवार भएका कारण पार्टीमा टिकट पाउन पद्मालाई पनि कुनै कसरत गर्नु परेन ।

यस्तो छ अंकगणित

विगतमा स्याङ्जालाई नेपाली कांग्रेसको गढ मान्ने गरिएको थियो । गोपालमान श्रेष्ठले एकछत्र रजाईं गरेको स्याङजामा २०७४ सालको चुनावमा लालझण्डा गाडिएको थियो । 

वामपन्थी तालमेलका कारण २०७४ सालको प्रतिनिधिसभामा स्याङ्जाका दुवै क्षेत्रमा नेकपा एमाले विजयी भएको थियो । 

पद्माले गोपालमानलाई पराजित गरेकी थिइन् । पद्माले ३५ हजार १ सय ४२ मत प्राप्त गर्दा गोपालमानले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका थिए । ३ हजार ७ सय ६ मतअन्तरले पद्मा विजयी भएकी थिइन् । 

२०७९ सालसम्म आइपुग्दा पाँच वर्षअघिको समीकरणमा फेरबदल भएको छ । नेकपा एमाले विभाजनको असर धेरै नदेखिएपनि स्थानीय तहको मतपरिणाम अनुसार स्याङ्जामा एमाले दोस्रो पोजिसनमा छ । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको वडा तहको मतमा कांग्रेस पहिलो छ । कांग्रेसले ३६ हजार ८ सय ६ मत पाउँदा एमालेले ३४ हजार ८ सय ९ मत पाएको छ । गठबन्धनका अन्य दलको हैसियत पनि मजबुत छैन । माओवादी कमजोर रहेको स्याङ्जा २ मा स्थानीय तह निर्वाचनमा उसले मात्र १ हजार २४३ मत पाएको थियो भने नेकपा एसको नगन्य अर्थात् २ सय ३३ मत थियो ।

पद्मा आफ्नो जीत दोहार्‍याउने दाउमा छिन् भने धनराजले इतिहास रच्ने लक्ष लिएका छन् । 

धनराज अर्जुनचौपारी गाउँपालिकामा पर्ने रापाकोटमा जन्मेका हुन् । वालिङ नगरपालिका (साविक थुमपोखरा गाविस)मा जन्मेकी पद्मा विवाह गरेर रापाकोट नै पुगेकी थिइन् । अहिले भने पद्माको घर वालिङमा छ । 

प्रतिनिधिसभातर्फ टिकट नपाएका माओवादी केन्द्रका एक जिल्ला नेताले स्याङ्जामा दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा रहेको विश्लेषण गरे ।

‘स्याङ्जामै बसेर जिल्लाको विकासमा खेलेको भूमिका पद्माका लागि चुनाव जित्न बलियो पक्ष हो,’ उनले भने, ‘अर्कातर्फ उम्मेदवार को भन्दा पनि रुखले जित्छ भन्ने अर्को मनोविज्ञान छ ।’ 

न्युन संख्या भएपनि नेकपा माओवादी केन्द्र र नेकपा एसको मत निर्णायक रहेको कांग्रेसकै नेताहरू बताउँछन् । 

स्याङ्जामा माओवादीभित्र नेता पर्याप्त भएपनि कार्यकर्ता नभएको भनेर टिप्पणी हुने गरेको छ । यसअघि प्रभावशाली मानिएका सूर्यप्रसाद गैरे पारस एमाले प्रवेश गरेपछि माओवादी थप कमजोर भएको छ । उनी अहिले एमालेको जिल्ला अध्यक्ष छन् ।

गैरे गएपछि प्रकाश न्यौपाने माओवादीको जिल्ला संयोजक छन् । प्रतिनिधिसभा कांग्रेस र प्रदेश सभा माओवादी र एसलाई दिने सहमतिविपरीत कांग्रेसका कतिपय नेताले बागी उम्मेदवारी दिएका छन् ।

बागी उम्मेदवारी फिर्ता गरेर गठबन्धनका साझेदार दलको विश्वास जित्नु धनराजका लागि चुनौती रहेको जिल्लाका नेताहरू विश्लेषण गर्छन् । 

सत्ता गठबन्धन एकातर्फ हुँदा स्थानीय तह निर्वाचनमा जिल्लामा गरेको सशक्त प्रदर्शन र कांग्रेसको हाराहारी मत रहे पनि चुनाव जित्न पद्माका लागि चुनौती छ । 

पटक–पटक प्रतिनिधिसभा विघटन गरेको अपजस एमालेमाथि लाग्दै आएको छ । त्यो आरोपलाई चिर्दै जनतामा जानुपर्ने चुनौती पद्मासामु छ । 

मंसिर– ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका केन्द्रीय पदाधिकारीलाई जिताउने चुनौती भने जिल्लाका नेताहरूको काँधमा देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x