×

NIC ASIA

रुपन्देही ३ मा सत्ता गठबन्धनका बागी इम्दादले फिर्ता लिए उम्मेदवारी

असोज २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका इम्दाद हुँसेन खाले नाम फिर्ता लिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी दिएका थिए । उनीविरुद्ध उम्मेदवारी दिएका माओवादी केन्द्रका खाले बुधवार उम्मेदवारी फिर्ता लिएका हुन् । 

Muktinath Bank

त्यस्तै रुपन्देही ३ प्रदेश सभा (क)मा माओवादीका तर्फबाटै उम्मेद्वारी दिएका फैज अहमद खाँले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि आफूहरूले उम्मेद्वारी फिर्ता लिएको प्रदेश सभा उम्मेद्वार फैज अहमद खानले जानकारी दिए । उनीहरूले सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन र प्रतिगमनकारी उम्मेद्वारलाई पराजित गर्न आफूहरूले उम्मेद्वारी फिर्ता लिएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

‘हामीले सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी गराउन र प्रतिगमनकारी उम्मेद्वारलाई हराउनन उम्मेद्वारी फिर्ता लिएका छौँ,’ फैज अहमदले भने । 

Vianet communication

प्रतिनिधि सभामा उम्मेद्वारी दिएका इम्दादले गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र गठबन्धनलाई विजयी बनाउन उम्मेद्वारी फिर्ता लिएको बताए । 

निर्वाचन कार्यालयले पनि फैज र इम्दादको उम्मेद्वारी फिर्ता भएको जानकारी दिएको छ । फैज र इम्दाद नाताले बाबु छोरा हुन् । फैज माओवादीका सिद्धार्थनगर नगरपालिकाका इञ्चार्जसमेत हुन् । 

फैजले आफू उम्मेद्वार हुँदाभन्दा बढी सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई जिताउन खटिनेसमेत बताए । ‘म जति म उम्मेद्वार हुँदा प्रचार प्रसारमा खटिन्थे, त्यति गठबन्धनका उम्मेद्वारलाई जिताउन खटिनेछु,’ फैजले भने । 

रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं ३ मा गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण उम्मेद्वार छन् । रुपन्देही क्षेत्र नं ३ प्रदेश सभा (क)मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रुपन्देही क्षेत्र नं ३ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेद्वार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x