×

NMB BANK
NIC ASIA

उम्मेदवारी दर्ताको चक्करमा राष्ट्रियसभा सदस्य गुमाएका भट्टराई बने एमालेको चुनावी कमाण्डर

असोज २७, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटीको नेतृत्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिएका छन् ।

Muktinath Bank

पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीवार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बासुदेव घिमिरे रहेका छन् । एमालेबाट भट्टराईले समेत उम्मेदवारी दर्ता गरे पनि निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो । प्रतिनिधिसभा सदस्य चुनाव लड्न उनले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थिए । उम्मेदवारी दर्ताको चक्करमा राष्ट्रियसभा सदस्य समेत गुमाएका भट्टराईलाई पार्टीले चुनावी कमाण्डर बनाएको छ ।


Advertisment
Nabil box
Kumari

कमिटीको सदस्यमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा विभिन्न कमिटीमा रहेका नेताहरू रहेका छन् । 

Vianet communication

अगुवा कार्यकर्ता भेलाले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि वडा तहसम्म निर्वाचन परिचालन कमिटी गठन गर्नुका साथै नेता/कार्यकर्ताको जिम्मेवारी बाँडफाँट समेत गरेको छ ।

भेलाले पार्टीका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बासुदेव घिमिरे तथा प्रदेशसभाका उम्मेदवारद्वय भूमिश्वर ढकाल र रामचन्द्र यादवलाई जिताउन सिंगो पार्टीपंक्ति एकताबद्ध भएर जनतामाझ जाने निर्णय पनि गरेको छ । 

भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीका उम्मेदवारलाई जिताउन आ–आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गर्न कार्यकर्तालाई निर्देशन दिँदै उम्मेदवारी चयनमा सन्दर्भमा देखापरेको समस्याको उचित समयमा समीक्षा हुने स्पष्ट पारेका छन् । 

पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले अब आफूले विगत नसम्झिने स्पष्ट पार्दै पार्टीका उम्मेदवारलाई जिताउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने र सोहीअनुसार चुनावी अभियानमा जुट्न अगुवा कार्यकर्तालाई आग्रह गरे । पार्टी राजनीतिमा व्यक्ति प्रधान नहुने बताउँदै उनले लोकतन्त्रलाई अघि बढाउन एमालेको जीत आवश्यक रहेकाले निर्धक्क भएर जनताको घरघरमा जान अगुवा कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले विगतलाई बिर्सेर चुनावी अभियानमा जुट्नुको विकल्प नभएको बताउँदै पार्टीको निर्णयलाई शिरोधार्य गरेर अघि बढ्नुपर्ने बताए । 

प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले विगतमा आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई मुलुककै उत्कृष्ट नगरपालिका बनाएको स्मरण गर्दै विकासको धेरै सम्भावना बोकेको क्षेत्र नम्बर ५ लाई पनि उत्कृष्ट र विकासको नमूना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x