×

NMB BANK
NIC ASIA

नुवाकोटमा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवार धेरै, एउटै व्यक्ति दुई दलबाट उम्मेदवार

असोज २८, २०७९

NTC
Premier Steels

आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्रदेश सभातर्फ १९ राजनीतिक दलबाट ३९ गरेर कुल ६४ जना मनोनयनको सूचीमा समावेश छन् । 

Muktinath Bank

आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा प्रतिनिधि सभा सदस्यतर्फ विभिन्न १६ राजनीतिक दलको सिफारिसमा नुवाकोटका २५ उम्मेदवार सूचीकृत भएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ६३ उम्मेदवार आगामी मङ्सिर ४ गते हुन लागेको चुनावी प्रतिस्पर्धामा योग्य देखिएका छन् । यससँगै जिल्लामा एक सय २७ उम्मेदवार कायम भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभातर्फ १६ राजनीतिक दलबाट २५ जना


Advertisment
Nabil box
Kumari

नुवाकोटबाट समानुपातिकतर्फ उम्मेदवार हुनेमा नेपाली कांग्रेसबाट डा प्रकाशशरण महत, जगतबहादुर तामाङ र सीता मिजार, नेकपा (एमाले)बाट रामशरण प्याकुरेल, नेकपा (माओवादी केन्द्र)बाट विमला सुवेदी र श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट गोविन्द नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा प्रकाशचन्द्र लोहनी र नानीमैया आचार्य छन् । 

Vianet communication

यस्तै नेशनल मंगोल अर्गनाइजेशनबाट विष्णु तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट रामबहादुर लामा र गोमा दुलाल, एकीकृत शक्ति नेपालबाट अर्जुन उप्रेती, नेपाल मजदुर किसान पार्टीबाट पार्वती भट्टराई, नेकपा (माले)बाट भीष्म पौडेल र नेपाल सुशासन पार्टीबाट शंकरलाल श्रेष्ठको आगामी आमनिर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको सूचीमा समावेश भएका छन् । 

यस्तै सचेत नेपाली पार्टीबाट रामकृष्ण नेपाल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुजन अधिकारी, नेपाली जनता दलबाट विजय लामा र सुशीला राई, जनसमाजवादी पार्टी सिर्जना नेपाल, मेमबहादुर तामाङ, वसन्ती चित्रकार र विमला सुनारको नाम समानुपातिक सूचीमा समावेश भएको आयोगले सार्वजनिक गरेको बन्दसूचीमा उल्लेख छ । 
 
प्रदेश सभातर्फ १९ राजनीतिक दलबाट ३९ जना

आगामी आमनिर्वाचनका लागि बागमती प्रदेशसभा सदस्यको समानुपातिकतर्फ नुवाकोटबाट ३९ जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा विभिन्न १९ वटा राजनीतिक दलको सिफारिसमा नुवाकोटका ३९ उम्मेदवार समावेश भएका छन् ।

आयोगले सार्वजनिक गरेको प्रदेश सभातर्फको समानुपातिक सूचीमा नेपाली कांग्रेसबाट प्रतापसिंह लामा, नेकपा (माओवादी केन्द्र)बाट मीना पाख्रिन, बलराम फुयाँल, देविका मिजार र नेकपा (एमाले)बाट बिन्दा नेपाल, श्रीमाया लामा, सुरज शेर्पा र बद्री मिजारको नाम समावेश गरिएको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी)बाट उपेन्द्रराज खनाल, जनता समाजवादी पार्टीबाट ईश्वरकुमार राउत, राज न्यौपाने, सञ्जु राई, नेपाल मजदुर किसान पार्टीबाट हरिकुमार श्रेष्ठ, साझा पार्टी नेपालबाट विमल तामाङ, उषा परियार, कमान तामाङ, बद्री सिलवाल, चन्द्रकुमार तामाङ, नेपालका लागि नेपाली पार्टीबाट सावित्री न्यौपाने, भूमिका बम्जनको नाम समानुपातिकतर्फको उम्मेदवारमा समावेश गरिएको हो ।

यस्तै नेकपा (माले)बाट सम्झना अधिकारी, माया राई, संगीता कुमाल, नेश्नलिष्ट पिपल्स पार्टीबाट सिर्जना नेपाल, नेपाली जनता दलबाट बुद्धिमान तामाङ, अनिश राई, कैलाश राई, नेपाली कांग्रेस बिपीबाट शम्भु गुरुङ, राप्रपा नेपालबाट कृष्ण घले, आमूल परिवर्तन मसिहा पार्टीबाट प्रेम गुरुङ, कल्पना तामाङ र नेपाली जनता पार्टीबाट शर्मिला माझीको नाम समावेश गरिएको छ । 

यस्तै जनसमाजवादी पार्टीबाट पुण्यवती जोशी, लालसिंह तामाङ, श्रीकृष्ण थापा, तेजप्रसाद नेपाल, राष्ट्रिय नागरिक पार्टीबाट सानुमाया तामाङ, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट डालमाया घले र नेपाल मजदुर किसान पार्टीबाट हरिकुमार श्रेष्ठको नाम समावेश गरिएको छ । 

एक व्यक्तिलाई दुई दलको सिफारिस

नुवाकोट घर भएका सिर्जना नेपाललाई दुई फरक पार्टीले उम्मेदवार बनाएको छ । उनलाई प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ जनसमाजवादी पार्टीले उम्मेदवार बनाएको छ भने बागमती प्रदेशसभा सदस्यमा नेशनलिष्ट पिपल्स पार्टीले उम्मेदवार बनाएको हो । 

समानुपातिक सूचीमा रहेको नाम, मतदाता परिचयपत्र नं, वर्ग र ठेगाना उल्लेख हुने भएकाले ती विवरणमा दुई पार्टीको सिफारिस गरिएको सूचीमा उनको विवरण एउटै देखिएसँगै दुई फरक पार्टीले एकै व्यक्तिलाई उम्मेदवार बनाएको खुल्न आएको हो । उनको मतदाता नं २६०५६८६ रहेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारविरुद्ध भोलि शनिवार (असोज २९ गते)सम्म दाबी विरोधको समय दिइएको छ । उम्मेदवारबारे प्राप्त दाबी विरोधको छानबिन गरी आगामी कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका सचिव एवं समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए । रासस 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x