×

NMB BANK
NIC ASIA

मखमलीले मगमगाएको गुन्डुः छैन बजारको चिन्ता

असोज २८, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ । तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन् । 

Muktinath Bank

यस क्षेत्रका खेतबारी, करेसाबारी रङ्गीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ । किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयहरूको भनाइ छ । यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् । बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयहरूको दिनचर्या बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किसानहरू एक÷अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन् । नेपालीहरूको साँस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए । फूलकै माध्यमबाट गाउँमै राम्रो आयआर्जन भएको स्थानीय नारायणी खत्रीले बताए । उनले गत वर्षको जत्ति नै मखमली फूल लगाएको र अहिले माला उन्ने क्रम धमाधम चलिरहेको बताए । 


Advertisment
Nabil box
Kumari

तिहारको समय भएकाले फूल र माला बेच्नको लागि बजार धाइराख्नु नपर्ने उनको भनाइ छ । घरमा त्यत्तिकै बसिरहनु भन्दा घरमा नै बसेर कुनै काम गर्दा खर्चका लागि पैसा जुट्ने बताए । तिहारको बेलामा आफूले ५ हजारसम्म मखमली फूलका माला उन्ने गरेको बताए । 

Vianet communication

‘हामीले पोहोर जति बेचेका थियौँ, यस वर्ष पनि त्यत्ति नै बेचेका छौँ । लगाएको उही नै हो । समय कटाउने बाटो हो, काम गरेमा आफूलाई खर्च पनि भयो । घरमा बसिरहनु भन्दा एउटा इलम गरे राम्रो हो । साउनदेखि नै शुरु गरेका छौँ । वैशाखमा रोप्ने, साउनदेखि उन्ने गरिरहेका छौँ’, उनले भने, ‘बजारका लागि हामी जानुपर्दैन घरमा नै लिन आउनुहुन्छ । ४/५ हजार माला बन्छ । धेरैजसो अर्मपर्ममा चल्छ, गाउँघरमा । लगानी त यसमा धेरै गर्नुपर्दैन । एकपटक रोप्नुपर्छ । १ रोपनी बराबर ३÷४ हजार लगानी हुन्छ । लगभग डबल फाइदा हुन्छ ।’

त्यस्तै अर्की एक स्थानीयले गाउँघरमा फूल लगाउनका लागि धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि दोब्बर हुने बताए । उनले गाउँघरमा अर्मपर्म गरेर फूल लगाउने काम भइरहेको समेत बताए । उनले १ रोपनी जग्गामा फूल लगाउन ४ हजारसम्मको लगानी लाग्ने जानकारी दिँदै दशैँ अघिसम्म प्रतिमाला २० रुपैयाँमा बिक्री गरे पनि तिहारको बेलामा भने प्रतिमाला ३० रुपैयाँमा घरबाटै बिक्री गर्न सकिने बताए । 

तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या भने नभएको स्थानीयहरूको भनाइ छ । विशेषगरी, राजधानीका फूल व्यवसायी घरमै माला किन्न आउने र माला उनेर ठीक पारेपछि प्रतिमाला ३० रुपैयाँसम्म घरबाटै बिक्री हुने भएकाले बजारको समस्या नभएको स्थानीयहरू बताउँछन् । फूलको व्यापार र बजार बढे पनि नेपालमा उत्पादित फूलले चाडबाडको बेला बजार धान्नसक्ने स्थिति अझै छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x