×

NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : हक्कीमा आर्मी र सुदूरपश्चिम विजयी

असोज २९, २०७९

Prabhu Bank
NTC
Premier Steels

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीमा त्रिभूवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्दा दोस्रो खेलमा सुदूरपश्चिम विजयी भएको छ । गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा शनिवार भएको खेलमा बागमती प्रदेशलाई ८–० गोल अन्तरले हराएर आर्मीले लगातार दोस्रो जित निकालेको हो । 

शुरुवातबाट नै दबाबमा राखेर खेलेको आर्मीले शुरुवाती मिनेटमा नै गोलको खाता खोलेको थियो । पहिलो क्वार्टरमा आर्मीको तर्फबाट सुनिता नेगीले गोल गर्न सफल भएकी थिइन् । त्यस्तै खेलको १४औँ मिनेटमा आर्मीकै तर्फबाट सीतामाया बलले दोस्रो गोल गरेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो क्वार्टरमा २–० को अग्रता लिएको आर्मीले खेलको दोस्रो क्वाटरमा थप तीन गोल गर्न सफल भएको थियो । खेलको २७औँ मिनेटमा सरस्वती तामाङ, २८औँ मिनेटमा सीताकुमारी चौधरी र २९औँ मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए । त्यस्तै खेलको तेस्रो क्वाटरमा आर्मीकी सुनिताले अन्तिम गोल गर्न सफल भइन् । ४०औँ मिनेटमा सुनिताले गोल गर्दै आर्मीलाई को लागि अंक बढाएकी थिइन् । 


Advertisment
Rupse Holidays
Nabil box

त्यसपछि झनै मनोबल उच्च बनाएर खेलेको आर्मीले अन्तिम क्वार्टरमा दुई गोल गर्दै ८–० को गोल अन्तरले विजय भयो । ४८औँ मिनेटमा सरस्वती तामाङ र ५४औँ मिनेटमा कमला चन्दले एक–एक गोल गरेका थिए ।

Vianet communication

प्रतियोगिताअन्तर्गत महिलातर्फको अर्को प्रतिष्पर्धामा सुदूरपश्चिम विजयी भयो । शनिवार भएको दोस्रो खेलमा सुदूरपश्चिमले १–० को गोल अन्तरले मधेश प्रदेशलाई हराएको हो । 

खेलको पहिलो, दोस्रो र तेस्रो क्वार्टर गोलरहित सकिएको थियो । दुवैबीच रोचक प्रतिष्पर्धा रहेको खेलमा सुदूरपश्चिमको तर्फबाट धमरा थापाको गोल नै निर्णायक बन्न पुग्यो । खेलको अन्तिम मिनेटमा धमराले गरेको गोलले सुदूरपश्चिमलाई  अंक बटुल्न पर्याप्त भएको हो । ५९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई जित दिलाउन सफल भएकी थिइन् ।

सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल भइरहेका छन् ।  प्रतियोगिताको चौँथो दिन लुम्बिनी प्रदेश र प्रदेश १ तथा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीबीच आइतवार प्रतिष्पर्धा हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x