×

NMB BANK
NIC ASIA

मैले जिते बुटवल क्षेत्रलाई नमूना बनाउँछु : भोजप्रसाद श्रेष्ठ

असोज ३०, २०७९

NTC
Premier Steels

नेकपा एमाले रूपन्देही प्रदेश सभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले जनतासँग प्रत्यक्ष जोडिएका योजना ल्याएर बुटवल क्षेत्रलाई नमूना बनाउने बताएका छन् । रूपन्देही–२ (२) का एमाले उम्मेदवार श्रेष्ठले यस अगाडि बुटवल नगरको नेतृत्व र सरकारमा रहँदा पनि दीर्घकालीन महत्वका काम गरेको बताउँदै जनताको आवश्यकताका आधारमा सन्तुलित र समानुपातिक विकासको मोडल तयार गरी बुटवलको समृद्धिको सारथी बनेर काम गर्ने आफ्नो योजना रहेको बताए । 

Muktinath Bank

आइतवार बुटवलमा पत्रकारहरूसँगको छलफलमा निवर्तमान लुम्बिनी प्रदेशका मन्त्रीसमेत रहेका श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना र गरिबी निवारण अहिलेको आवश्यकता रहेको बताउँदै भौतिकसँगै सामाजिक विकासमा पूर्ण रूपमा ध्यान दिएर काम गर्ने उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रदेश सरकारको मन्त्री म ९९ दिन मात्र बने । त्यो बेला कोभिड–१९ को महामारीमा हामी अस्पतालमा अक्सिजनको दिगो व्यवस्थापन गरियो । बिरामीलाई निःशुल्क रगत, अस्पताल विकास समितिलाई पूर्णता काम गरियो । ती सबै काम अहिले पूर्णरूपमा लागू भएका छन’, उम्मेदवार श्रेष्ठले भने, ‘भौतिक पूर्वाधार, औद्योगिक, पर्यटकीय क्षेत्र, कृषि उत्पादकत्वमा वृद्धि, शिक्षा, स्वास्थ्य तथा युवाहरूको रोजगारी वृद्धिको लागि एमाले नेतृत्व केन्द्रित त्यसैमा मेरो ध्यान छ ।’ 


Advertisment
Nabil box
Kumari

यस क्षेत्रमा भौतिकसँगै मानवीय विकास पनि आवश्यक रहेको नेता श्रेष्ठको भनाइ छ । ‘प्रदेश भनेको योजना कार्यान्वन गर्ने थलो रहेको हो’, श्रेष्ठले भने, ‘संघीयतालाई बलियो बनाउँदै भ्रष्टाचारमुक्त प्रदेश, एन्टी क्रप्सन मुभमेन्टतर्फ हामी अगाडि बढ्नुपर्छ ।’ 

Vianet communication

बुटवल आर्थिक राजधानी भएकोले यसलाई बलियो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको श्रेष्ठले बताए । 

एमालेलाई हराउन गठबन्धन गरिएको भन्दै उनले गठबन्धनभन्दा एमाले बलियो रहेको श्रेष्ठको दाबी थियो । ‘गठबन्धनले अनेक भ्रम फैलाएर मतदाता प्रभावित पार्न खोज्दैछ । जनताको अभिमत एमालेतर्फ छ । एमालेले विजय हासिल गर्छ’, एमाले लुम्बिनी प्रदेश उपाध्यक्षसमेत रहेको श्रेष्ठले भने । 

श्रेष्ठले आफूसँग प्रदेश सभाको विधायन समितिमा बसेर कानून निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाएको अनुभव रहेको बताए । उनले बुटवलको कर्णेल उजिरसिंह अटो भिलेज, मणिमुकुन्द सेन उद्यान (फूलबारी) स्थापना, तत्कालीन ज्योतिनगर पहिरोको रोकथाम र प्रभावितलाई उचित व्यवस्थापनको काम पनि आफ्नो पालामा भएको उनको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x