×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

गृहमन्त्रीलाई एमाले–राप्रपा तालमेलको ‘प्रेसर’ : खाँण र बोहोरा कसको शक्ति कति ?

२०४८ देखि चुनावी मैदानमा, पहिलोपटक आमनेसामने

असोज ३१, २०७९

NTC
Premier Steels

पार्टीभित्र दह्रो पकड राख्दै सरकारको सिँढीमा उक्किन सिपालु गृहमन्त्री तथा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँण रूपन्देही– ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।

Muktinath Bank

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई साथ दिँदै उनकै सेरोफेरोभित्र रहने खाँणका प्रतिस्पर्धी छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहोरा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०४८ देखि निरन्तर जिल्लामा चुनाव लड्दै आए पनि यी दुई नेताको चुनावी भेटचाहिँ पहिलो हो ।


Advertisment
Nabil box
Kumari

बोहोरालाई खाँणले यस अघि (२०७४) को निर्वाचनमा आफू समानुपातिकमा बसेर रूपन्देही– ३ बाटै सघाएका थिए । अहिले फेरि बोहोरालाई नेकपा एमालेले सघाएको छ । खाँण र बोहोरा यो क्षेत्रका लागि नयाँ होइनन् । 

Vianet communication

सरकारको दोस्रो वरीयतामा रहेका खाँण स्थानीय चुनावअगाडि रूपन्देही– ३ असुरक्षित ठानेर नयाँ निर्वाचन क्षेत्रको खोजीमा थिए । 

पञ्चायतकालमै मन्त्री भइसकेका बोहोरा २०७४ मा यही क्षेत्रबाट नेकपा एमालेका नेता घनश्याम भुसालसँग चुनाव हारेका थिए । 

अहिले उनी जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेकै सहयोगमा गृहमन्त्री खाँणसँग भिड्दैछन् । यता खाँणलाई सत्ता गठबन्धनको साथ छ । 

तालमेल गरी चुनावमा होमिएकाले गर्दा गृहमन्त्री र वरिष्ठ नेता बोहोराबीच कडा टक्कर हुन सक्ने देखिएको छ । 

देउवाका उत्तराधिकारीको रूपमा आफूलाई प्रस्तुत गर्दै आइरहेका खाँणलाई एमाले–राप्रपा चुनावी तालमेलले चुनौती थपेको छ ।

कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र तरूण दलको अध्यक्ष हुँदै पार्टीको नेता, पटक–पटक सांसद र मन्त्री भइसकेका गृहमन्त्री खाँण २०४८ देखि नै संसदीय राजनीतिमा छन् । 

उनी २०४८ मा बुटवल क्षेत्रबाट निर्वाचित भएका थिए । बोहोरा पनि पञ्चायतकालदेखि निरन्तर चुनाव लडेर मन्त्री समेत भएका नेतामा पर्छन् । 

खाँणले रूपन्देही– ३ बाट २०६४ र २०७० का दुई संविधानसभा निर्वाचन जितेका थिए ।

खाँणले २०७० मा एमालेका भुसाललाई झिनो मतान्तर (८२) ले हराएका थिए । २०७४ मा भने वाम गठबन्धन भयो । कांग्रेसले राप्रपासँग तालमेल गर्‍यो । 

भुसालले ३२ हजार ८६६ मत ल्याएर चुनाव जित्दा बोहराले २७ हजार ४२२ मत मात्र ल्याउन सके । यसपटक तत्कालीन वाम गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्र आफ्नो साथमा रहेको र कम्युनिस्ट दलबाट कोही पनि उम्मेदवार नरहेको अवस्थामा गृहमन्त्री खाँण बोहराविरुद्ध आफूले जित्ने दाबी गर्छन् ।

एमालेको साथ पाएका बोहरा भने स्थानीय तह निर्वाचनको परिणाम केलाइरहेका छन् । स्थानीय तहको परिणाममा कांग्रेस–माओवादी गठबन्धनभन्दा एमाले–राप्रपा गठबन्धनको मत बढी छ । बोहराले सकेसम्म एमालेको सबै भोट आफूलाई झार्न मेहनत गरिरहेका छन् । बोहराले २०७० मा भने साविक रूपन्देही– २ (भैरहवा क्षेत्र) बाट चुनाव जितेका थिए । 

यो क्षेत्रमा राप्रपाले आफ्नो १५ हजारभन्दा बढी मत रहेको दाबी गर्ने गरेको छ । गएको स्थानीय निर्वाचनमा रुपन्देही– ३ बाट राप्रपाले १३ हजार ३९७ मत ल्याएको थियो ।

यो उक्त पार्टीका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतको कूल योगफल हो । यस्तै कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएका थिए । यो क्षेत्रमा कांग्रेस, माओवादी, लोसपा र नेकपा एसको मत जोड्दा ४० हजार १८५ हुन्छ भने एमाले, राप्रपा र जसपाको मत योगफल ४८ हजार ६२८ हुन आउँछ । 

स्थानीय तह निर्वाचनको मतले बोहोरा ढुक्क हुन सकेका छैनन् भने खाँणले चुनौती महसूस गरिरहेका छन् । पार्टीभित्रको गुटबन्दी चुनावका बेला बाहिर आउन सक्ने जोखिम पनि खाँणले देखेका छन् । कांग्रेस रूपन्देहीमा गुटबन्दीका कारण विरोधका स्वर पनि सुनिन थालेका छन् । भैरहवा बोहोराको गृहनगर हो भने खाँणको तिलोत्तमा । 

राप्रपा रूपन्देहीका अध्यक्ष सागरप्रताप राणा राष्ट्रियता र विकासका मुद्दा लिएर आफूहरू जनताको बीचमा गएको बताउँछन् ।

‘राप्रपा, एमाले र जसपा सत्तारुढ गठबन्धनभन्दा धेरै अगाडि छ,’ राणाले लोकान्तरसँग भने, ‘हामी भारी मतान्तरले चुनावी जित्छौं । यसअघि चुनाव हार्ने डरले समानुपातिकमा बसेका मान्छे अहिले शक्तिको आडमा चुनाव लड्दै छन् । जीत राप्रपा/एमाले र जसपा गठबन्धनको हुन्छ ।’

यस क्षेत्रमा एमाले र कांग्रेसको संगठन बराबर हैसियतमा छ । एमाले/राप्रपा गठबन्धनबाट प्रदेशसभातर्फ रूपन्देही–३ (१) मा जसपाका महेन्द्र यादव र ३ (२) मा एमालेका तुलसी चौधरी उम्मेदवार छन् । 

यस्तै सत्ता गठबन्धनबाट प्रदेशसभा ३ (१) तर्फ लोसपाका सन्तोष पाण्डेय र ३ (२) तर्फ कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् । 

रूपन्देही क्षेत्र नम्बर ३ का कांग्रेस सभापति सुशील गुरुङ गृहमन्त्रीको क्षेत्रमा जित निश्चित देख्छन् ।

देउवाको सारथि बनेका खाँण एमाले उपाध्यक्ष पौडेलसँग सकभर भिड्न नपरोस् भन्ने चाहन्छन् । अहिलेसम्म पौडेल र खाँणको मित्रवत व्यवहार नै देखिन्छ । 

एमाले रूपन्देहीका सचिव यज्ञ गैरेले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार बलियो रहेको बताउँदै जीत निश्चित रहेको दाबी गरे । ३ नम्बर क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नम्बर १४–१९, मायादेवी गाउँपालिकाका ७ र ८, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा पर्छन् ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले रुपन्देही ३ सहित जिल्लामा धेरै क्षेत्र गठबन्धनले जित्ने दाबी गरे । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । रूपन्देहीमा  प्रभावशाली नेताहरूले चुनावी गतिविधि बढाएका छन् । रूपन्देहीका ५ वटै क्षेत्रमा प्रभावशाली नेताहरूको चुनावी भिडन्तमा धेरैको चासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x