कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग सरकारी वकिलको कार्यालयले लिएको बयान सकिएको छ ।
सन्दीपले आफू काठमाडौंको होटलमा पीडित भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै बसेको स्वीकारेका छन् ।
तर, बलात्कार भने नगरेको बयान उनले दिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।
‘उहाँ (सन्दीप)ले आफू होटलमा गएको कुरा स्वीकार्नुभएको छ, तर बलात्कार भने नगरेको उहाँको जिकिर छ,’ ती अधिकारीले भने, ‘उहाँ होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरको छ ।’
उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् ।
उनले घुम्न जाने र बस्ने सबै कुरा पीडित किशोरीको सहमतिमा भएको बयान दिएका छन् । सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै कोठामा बस्नु बाध्यता भएको पनि बताएका छन् ।
सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसीटीभी फूटेज देखाएको थियो । फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो ।
‘सीसीभीटी फूटेजमा आफू भएको कुरा उनले स्वीकारेका छन्,’ स्रोतले लोकान्तरसँग भन्यो ।
सन्दीपका अधिवक्ताहरूले पीडित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।
सन्दीपको पक्षबाट वकालत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ । उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको ती अधिवक्ताले लोकान्तरलाई बताए ।
‘हामीले पीडित भनिएकी युवती बालिका नभएको पुष्टि हुने २ वटा प्रमाण फेला परेका छौं,’ ती अधिवक्ताले लोकान्तरसँग भने, ‘उनको जन्मदर्ता २ वर्ष घटाएर बनाएको देखिएको छ ।’
ती अधिवक्ताका अनुसार पीडित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको वकिलहरूले बताएका छन् ।
२३ गते म्याद थप भएपछि अदालतबाट बाहिर निस्कने क्रममा सन्दीप लामिछानेकी अधिवक्ता सुधा रिमालले आफूहरूसँग पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण रहेको दाबी गरेकी थिइन् ।
प्रहरीले सन्दीप लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि असोज २७ गते जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
पहिलोपटक असोज २० गतेबाट लागू हुने गरी ७ दिनको म्याद सकिएपछि २७ गते अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको थियो ।
भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप सन्दीपमाथि छ ।
ती किशोरीले साउन २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । भदौ ६ गते बिहान होटलबाट निस्किएका सन्दीप ७ गते क्रिकेट खेल्न राष्ट्रिय टीमसँगै केन्या गएका थिए ।
केन्यामा खेल सकिएपछि उनी क्यारेबीयन लीग खेल्न वेस्ट इन्डिज गएका थिए । उनी त्यहाँबाट क्यारेबीयन लीग नखेली फर्किएका थिए ।
लामो समयसम्म सन्दीप नेपाल नआएपछि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो ।
त्यसपछि नेपाल आएका सन्दीपलाई प्रहरीले गत बिहीवार (असोज २० गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...