×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

एमाले नेतृत्वकाे गठबन्धन अप्राकृतिक र अपवित्र : माधव नेपाल

कात्तिक १, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको नेतृत्वमा अपवित्र चुनावी गठबन्धन बनेको आरोप लगाएका छन् । ललितपुरमा गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको अपवित्र चुनावी गठबन्धनलाई परास्त गर्नुपर्ने विचार व्यक्त गरे । 

Muktinath Bank

सत्तारूढ पाँच दलीय गठबन्धन प्राकृतिक र पवित्र उद्देश्यले बनेको तर, एमालेको नेतृत्वमा अप्राकृतिक र अपवित्र गठबन्धन बनेको नेपालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तीन वटै चुनाव चिह्नका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु । चुनावी अभियानका क्रममा बनेका गठबन्धन प्राकृतिक कि अप्राकृतिक भन्ने प्रश्न आउँछ । हामीले त्यसको प्रतिवाद गर्ने गरी प्रश्न गर्न सक्नुपर्छ । विपक्षी गठबन्धन पवित्र कि अपवित्र भन्ने प्रश्न गर्न आवश्यक छ’, नेपालले भने । 


Advertisment
Nabil box
Kumari

उनले सत्तारुढ गठबन्धन संविधान जोगाउन बनाइएको जिकिर गरे । ‘संविधानको रक्षा गर्नको लागि गठबन्धन बनाएका हौँ । दुई पटक संविधान कुल्चने, मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास भएको थियो । त्यसको विपक्षमा हामी उभियौँ । देशको संविधान जोगायौँ । लोकतन्त्र पनि जोगायौँ । मुलुक अधिनायकवादको दिशामा जाँदै थियो’, नेपालले भने, ‘गणतन्त्र मास्ने अभियान शुरु हुन खोजेको थियो । अस्थिरताबाट देशलाई जोगाएर स्थिरतातिर लिएर गयौँ । सही उद्देश्यले बनेको यो गठबन्धन प्राकृतिक र पवित्र छ ।’

Vianet communication

नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी मिलेपछि मात्रै राणा र पञ्चायत सिस्टम फाल्न सकेको जस्तै आगामी चुनावबाट पनि प्रजातन्त्र, गणतन्त्र र संघीयताविरोधी शक्तिलाई पराजित गर्नुपर्ने उनले बताए । 

‘गठबन्धनका उम्मेदवारलाई जिताएर गठबन्धन संघीयतालाई जोगाउनका लागि बनेको छ भन्ने सन्देश दिन आवश्यक छ । सुशासनको प्रत्याभूति दिलाउन पनि गठबन्धन आवश्यक छ’, नेपालले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x