×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

अब को हँसिया हथौडा, को रुख र को कलम भन्ने नै छैन : देउवा

कात्तिक १, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनमा को रूख, को हँसिया हथौडा भन्ने नै नभएको बताएका छन् । ललितपुरमा गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई मंगलवार सम्बोधन गर्दै देउवाले भने, ‘अब को हँसिया हथौडा, को रुख, को कलम भन्ने नै छैन । जहाँ जो छ त्यसैलाई भोट हाल्ने हो ।’

Muktinath Bank

कार्यक्रममा देउवाभन्दा अघि बोलेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि एक अर्काको चिह्नमा मत हाल्न नहिच्किचाउन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा अन्तिममा बोलेका देउवाले भने, ‘अब को हँसिया हथौडा, को रुख, को कलम भन्ने नै छैन । कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने, हँसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा नै भोट हाल्ने र रूख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यत्ति भए पुगिहाल्यो नि ।’


Advertisment
Nabil box
Kumari

त्यसअघि, देउवाले नेपाल अहिले पनि ट्रान्जिसनमा रहेको बताएका थिए । ‘नेपाल राष्ट्र यति बेला ट्रान्जिसनमा छ । लोकतन्त्रलाई स्थायी बनाउनुछ’, उनले भने । 

Vianet communication

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा संसद् विघटन गरेको भन्दै देउवाले विरोध गरेका थिए । ‘ओलीजीले दुई पटक संसद भंग गर्नुभयो । संविधान बनाउँदा कुनै पनि हालतमा संविधान भंग गर्न पाइँदैन भन्ने व्यवस्था गरिएको थियो । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरिदिनुभयो । साँझ गरेको भए हुन्थ्यो । बिहान गरेको भए पनि हुन्थ्यो । भर्खर चुनावको बेला भएको छ । यहाँले २ वर्ष अघि नै संसद भंग गरिदिनुभयो’, देउवाले भने । 

अब नेपाल स्थायी शान्तिको बाटोमा अघि बढेको पनि उनले बताए । नेपाललाई असफल राज्य हुनबाट गठबन्धनले जोगाएको पनि उनले बताए । ‘नेपाल असफल राज्य हुनबाट जोगिएको छ । नेपाल स्थायी शान्तितिर अगाडि बढेको छ । आर्थिक अवस्था सुधार हुन थालेको छ । नेपालको समावेशी प्रजातन्त्र अध्ययन गर्न विदेशीहरू आउन थालेका छन्’, देउवाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x