कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक सात स्वर्ण पदक जितेको छ । आर्मीले पाँच रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । यसैगरी बागमती प्रदेशले पाँच स्वर्ण र एक रजत पदक प्राप्त गरेको छ ।
यसैगरी गण्डकी प्रदेशले चार स्वर्ण र सात रजत, एपीएफ क्लबले दुई स्वर्ण, एक रजत र तीन कास्य, प्रदेश १ ले एक स्वर्ण, एक रजत र एक कास्य, लुम्बिनीले तीन रजत र पाँच कास्य, कर्णालीले एक रजत र एक कास्य तथा नेपाल पुलिस क्लबले दुई कास्य पदक प्राप्त गरेको छ ।
केहीबेर अघि सम्पन्न महिला एकल स्पाइरिङतर्फको । (५१–५५) किलो तौल समूहतर्फ प्रदेश १ की कुशुम राजवंशीले स्वर्ण, गण्डकी प्रदेशकी सुशिला अढाईले रजत तथा आर्मी क्लबकी रिना धिमाल र पुलिस क्लबकी सञ्जनाकुमारी घर्तीमगरले कास्य पदक प्राप्त गरेका छन् ।
यस्तै महिला एकल स्पाइरिङतर्फ नै (४०–४५) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण, बागमतीकी सुस्मिता तामाङले रजत तथा पुलिस क्लबकी मनिषा घर्तीमगर र एपिएफ क्लबकी लिलाकुमारी सापकोटाले कास्य पदक प्राप्त गरेका छन् ।
यसैगरी आजै सम्पन्न पुरुष एकल स्पाइरिङतर्फ (६१–६५) किलो तौल समूहतर्फ एपिएफ क्लबका गोविन्द खत्रीले स्वर्ण, आर्मी क्लबका प्रमोदकुमार साहुले रजत तथा लुम्बिनीका राहुल थापा र प्रदेश १ का नितेश खवासले कास्य पदक प्राप्त गरेका छन् ।
यसअघि पुरुष एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्ण, कर्णालीका मिलन धामीले रजत तथा आर्मीका पूर्णबहादुर मगर र लुम्बिनीका सन्तोष बुढामगरले कास्य प्राप्त गरेका थिए । यस्तै पुरुष एकल स्पाइरिङतर्फ (५१–५५) किलो तौल समूहमा बागमतीका रिक्सान वाइवाले स्वर्ण, आर्मीका प्रेमकुमार मगरले रजत तथा लुम्बिनीका अर्जुन नेपाली र एपिएफ क्लबका सुनिल महतोले कास्य प्राप्त गरेका थिए ।
यसैगरी पुरुष एकल स्पाइरिङतर्फ (५६–६०) किलो तौल समूहमा बागमतीका अनिल तामाङले स्वर्ण, गण्डकीका प्रविण बुढाले रजत तथा एफिएफ क्लबका सुमन रानामगर र लुम्बिनीका हेमराज डाँगीले कास्य पदक पाएका थिए । महिला एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण, प्रदेश नं १ की इन्दिरा थापाले रजत तथा लुम्बिनी प्रदेशकी पूजा रसाइली र कर्णाली प्रदेशकी कमला विकले कास्य पदक प्राप्त गरेका छन् ।
नेपाल आईटीएफ तेक्वान्दोका महासचिव अञ्जु रावतका अनुसार शनिवारदेखि बागलुङमा शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका दुई सय ५० खेलाडीबीच ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धामा भइरहेको छ । नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीका विभिन्न जिल्लामा दुई प्रदर्शनीसहित ३८ खेल भइरहेका छन् । रासस
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...