×

NIC ASIA

तात्यो गण्डकीको चुनावी माहोल, कहाँ को-को बीच भिडन्त ?

कात्तिक १, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

दसैँ सकिएसँगै गण्डकी प्रदेशमा चुनावको सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारको अन्तिम नामावलीसमेत आइसकेपछि यतिखेर दल तथा तिनका उम्मेदवार मतदातालाई कसरी आफ्ना पक्षमा बनाउनेतर्फ लागेका छन् । 

यसबीचमा पार्टीका आन्तरिक बैठकदेखि उम्मेदवार चुनावी रणनीति तयार गर्न सक्रिय बनेका छन् । गण्डकी प्रदेशका ११ वटै जिल्लामा चुनावी माहोल तातिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको राजधानी रहेको कास्की जिल्लामा नजिकिँदो चुनावले यहाँको गतिविधि बढाएको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा उम्मेदवारको अन्तिम नामावलीअनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभातर्फ १४ जनाको उम्मेदवारी छ । त्यस्तै उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा आठ र (ख) मा सात जनाको उम्मेदवारी रहेको छ ।


Advertisment
Rupse Holidays
Nabil box

जिल्लाको  निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ १७ जना चुनावी प्रतिस्पर्धामा होमिएका छन् । उक्त निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभा (क) मा आठ र (ख) मा छ जनाको उम्मेदवारी छ ।

Vianet communication

त्यस्तै निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ १५ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ३ अन्तर्गतको प्रदेशसभातर्फ (क) र (ख) मा सात÷सात जनाको उम्मेदवारी परेको छ । 

यसअघि कास्कीबाट उम्मेदवारी दिएका १६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । फिर्ता लिनेमा प्रतिनिधिसभातर्फ सात र प्रदेशसभाका नौ जना छन् ।

जिल्लाको क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट किशोरदत्त बराल र नेकपा (एमाले) का तर्फबाट मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छन्। निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यक लागि गठबन्धन दलका तर्फबाट श्रीनाथ बराल र एमालेका तर्फबाट विद्या भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै क्षेत्र नं ३ मा गठबन्धन दलका तर्फबाट रामजीप्रसाद बराल (जीवन) र एमालेबाट दामोदर वैरागी चुनावी प्रतिस्पर्धामा छन् ।

 बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३१ जना चुनावी मैदानमा होमिएका छन् । उम्मेदवारी दिएकामध्ये पाँच जनाले उम्मेदवारी फिर्ता लिएका थिए । 

बागलुङ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार छन् भने एमालेबाट सूर्यप्रसाद पाठक उम्मेदवार बनेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बीपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षत्रीको उम्मेदवारी छ । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा पाँच जनाको उम्मेदवारी छ भने (ख)मा चार जनाको उम्मेदवारी छ । 

बागलुङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट तुलसीराम अर्याल र डिलबहादुर कार्कीको उम्मेदवारी रहेको छ । उक्त क्षेत्रको प्रदेश(क) मा दुई र प्रदेश (ख) मा सात जना उम्मेदवार छन् ।

पूर्वी नवलपरासीमा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल ६८ जनाको उम्मेदवारी छ । कूल ७६ जनाले उम्मेदवारी दर्ता गराएकामा आठ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । 

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा शशाङ्क कोइराला र एमालेबाट कृष्ण पौडेल उम्मेदवार रहेका छन् । त्यस्तै क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका तिलकबहादुर महत उम्मेदवार छन् । 

म्याग्दीमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा क्षेत्रबाट निर्वाचित हुने तीन पदका लागि १९ जना चुनावी मैदानमा रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभामा तीन स्वतन्त्रसहित नौ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँच जना उम्मेदवारी रहेको छ ।

म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) उम्मेदवारका रूपमा रहेका छन् ।

 दुई निर्वाचन क्षेत्र भएको तनहुँमा प्रतिनिधिसभा तथा प्रदेश सभामा ५७ जनाबीच प्रतिस्पर्धा हुँदैछ । तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । उक्त प्रदेशको प्रदेशसभा(क) का लागि ११ जना र प्रदेशसभा (ख) का लागि सात जनाको उम्मेदवारी परेको छ । 

तनहुँ निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि दश जनाको उम्मेदवारी परेको छ । उक्त क्षेत्रको प्रदेशसभा (क) का लागि आठ र प्रदेशसभा (ख) का लागि छजनाको उम्मेदवारी छ ।

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल, नेकपा (एमाले) का एकबहादुर राना, जनता समाजवादी पार्टीका पासाङ थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा स्वतन्त्रतर्फ गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्  । 

तनहुँ क्षेत्र नम्बर २ तर्फ प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारी,  नेकपा (एमाले) का किरण गुरुङ, राप्रपाका नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीका रामहरि गोरा, हाम्रो नेपाली पार्टीका विष्णु पराजुली, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रवीना थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी) का पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालका खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशी चुनावी मैदानमा छन् ।

एक निर्वाचन क्षेत्र रहेको मनाङमा गठबनधका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेका टेकबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै  प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट पाल्तेन छोपाङ गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभामा कांग्रेसको तर्फबाट प्रदेश (क) मा मुनिन्द्रजङ्ग गुरुङले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका राजन गुरुङको उम्मेदवारी छ । प्रदेश ‘ख’ मा राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध बनिसकेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पर्वत जिल्लामा प्रतिनिधिसभाको सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी र नेकपा एमालेका तर्फबाट पदम गिरी उम्मेदवार छन् । प्रदेशसभातर्फ प्रदेश (क) मा नौ जना र प्रदेशसभा (ख) मा भने सात जना उम्मेदवारका बिचमा प्रतिस्पर्धा हुँदैछ । 

लमजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी कूल २२ जना चुनावी प्रतिस्पर्धामा छन्। मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार प्रतिनिधिसभाका लागि जिल्लामा एक स्वतन्त्र उम्मेदवारसहित ११ जना, प्रदेश (क) मा पाँच जना र प्रदेश (ख) मा छजना उम्मेदवार गरी २२ जनाको उम्मेदवारी छ ।

प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, नेपाली कांग्रेस (बिपी) का लक्ष्मीकान्त पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्याल चुनावी प्रतिस्पर्धामा छन् । 

स्याङजामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ५१ जना चुनावी प्रतिस्पर्धामा छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु थापा, नेकपा एमालेका नारायणप्रसाद मरासिनी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका ईश्वरीप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका ओमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ख्यामबहादुर गुरुङ, जनसमाजवादी पार्टी नेपालका तीलकुमारी नेपाली, मङ्गोल नेशनल अर्गनाइजेशनका निर्मल आले, नेपाली कांग्रेस (बिपी) का बोधराज रेग्मी, हाम्रो नेपाली पार्टीका सोमबहादुर नेपाली, मौलिक जरोकिलो पार्टीका हरि नेपाल र स्वतन्त्र लोकबहादुर दमै चुनावी मैदानमा छन् । 

उक्त निर्वाचन क्षेत्रको प्रदेश (क) मा सात जना चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेश (ख) मा पाँच जना चुनावी प्रतिस्पर्धामा छन् । 

क्षेत्र नं २ को प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका धनराज गुरुङ र नेकपा एमालेका पद्माकुमारी अर्याल, मङ्गोल अर्गनाइजेशनका चोकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) का डोलराज विक, राष्ट्रिय जनमुक्ति पार्टीका रिमीसरा गाहा राना, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ, नेपाली कांग्रेस (बिपी) का गणेशप्रसाद पाण्डेय, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल, एकीकृत शक्ति नेपालका नरबहादुर खड्काथोकीसहित स्वतन्त्रका सागर ढकाल, डालप्रसाद पाण्डे, चिरञ्जीवी पाण्डेय गरी १२ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मुस्ताङमा प्रदेशसभा (क) र (ख) मा गरी नौजना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कांगे्रसका योगेश गौचन थकाली उम्मेदवार छन् भने नेकपा एमालेका प्रेमप्रसाद तुलाचन उम्मेदवार छन् । स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रवीण शेरचनको पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी छ । 

गोरखा जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभामा ४९ जना चुनावी मैदानमा छन् । मनोयन दर्ता गराएकामध्ये सात जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रतिनिधिसभाअन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं, नेकपा एमालेका रामशरण बस्नेत, जनता समाजवादी पार्टीबाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयप्रसाद भट्ट, मङ्गोल नेशनल अर्गनाइजेसनबाट देवबहादुर थापा र नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठले प्रतिष्पर्धा गर्दै छन् ।

जसपाबाट नै रुपेश राना, नेपाल मजदुर किसान पार्टीबाट लिलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय र  स्वतन्त्र उम्मेदवार विष्णु पुडासैनी उम्मेदवार रहेका छन् ।

त्यस्तै प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेबाट अब्दुस सलाम मिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, राप्रपाबाट सुशील पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस (बिपी) बाट टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रह्लाद लामिछाने, हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा र मङ्गोल नेशनल अर्गनाइजेशनबाट सोमबहादुर गुरुङ उम्मेदवार छन् । उक्त क्षेत्रमा विनोदकुमार गुरुङ, गणेश देवकोटा पनि प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x