×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

दोलखामा एमाले-गठबन्धन टक्कर : कार्कीलाई मत जोगाउने चिन्ता, सिवाकोटीलाई संगठनको भर

कात्तिक ३, २०७९

NTC
Premier Steels

सबैजसो चुनावमा चर्चा र बदनाम कमाउने जिल्ला हो, दोलखा । बुथ कब्जा, झडप र धरपकड नभई दोलखामा चुनाव सम्पन्न भयो भने त्यो आश्चर्यको विषय बन्छ । स्थानीय तहको चुनाव होस् वा संसदीय सबै चुनावमा दोलखाले देशभरको ध्यान खिच्ने गर्छ ।

Muktinath Bank

गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वैत्यश्वर गाउँपालिका– ३ मा कांग्रेस र माओवादी कार्यकर्ताबीचमा झडप भयो । प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिनु पर्‍यो । २०७४ को चुनावमा त मतदाताले ज्यानै गुमाउनु परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसबेला स्थानीय तहको चुनावअघि नै एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा एमालेका कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भयो । वाईसीएल छाडेर एमाले प्रवेश गरेको एक हप्तामै उनको हत्या भएको थियो । चुनावी धाँधली, धरपकड र झडपमा दोलखाको नाम सधैँ अगाडि आउने गरेको छ । 


Advertisment
Nabil box
Kumari

राजनीतिक दलको मतको हिसाबले दोलखा एमालेको गढकोरूपमा चिनिन्छ । दलगत मतको हिसाबले दोलखामा एमाले पहिलो पार्टी हो । बाग्मती प्रदेशमा दोलखा जिल्ला एमालेका लागि सहज निर्वाचन क्षेत्रको रूपमा लिइन्छ । २०४८ यताका धेरैजसो चुनाव एमालेले नै जित्दै आएको छ । २०७० सम्म दोलखामा दुईवटा निर्वाचन क्षेत्र थियो । २०४८ को चुनावमा दुवै क्षेत्र एमालेले जितेको थियो । इन्द्रबहादुर खड्का र जीतवीर लामा त्यसबेला सांसद बनेका थिए । 

Vianet communication

२०५१ को चुनावमा एमाले र कांग्रेसले एक–एक वटा निर्वाचन क्षेत्र बाँडे । क्षेत्र नम्बर– १ बाट कांग्रेसका भीमबहादुर तामाङले चुनाव जिते भने २ बाट एमालेका वाङ्छे शेर्पाले चुनाव जितेका थिए ।  २०५६ को चुनाव भने एमालेले एकलौटी पार्‍यो । क्षेत्र नम्बर– १ बाट पशुपति चौलागाईं र २ बाट आनन्द पोखरेल सांसद बने ।

२०६४ को चुनावमा देशभर माओवादीको लहर थियो । संविधानसभाको पहिलो चुनावमा माओवादीका देवी खड्का र हेमबहादुर श्रेष्ठले चुनाव जितेका थिए ।

२०७० मा भएको संविधानसभाको दोस्रो चुनावमा माओवादीलाई एमालेले बढार्‍यो । एमालेका आनन्द पोखरेल र पार्वत गुरुङ संविधानसभा सदस्यकोरूपमा निर्वाचित भएका थिए । 

२०७४ मा भने दोलखा जिल्ला नै प्रतिनिधिसभाको लागि एउटा निर्वाचन क्षेत्र कायम भयो । त्यसबेला एमालेका पार्वत गुरुङ देशभरकै लोकप्रियमध्येको मत ल्याएर निर्वाचित भए । उक्त चुनावमा एमाले र माओवादी केन्द्रले देशभर तालमेल गरेका थिए ।

२०७४ को चुनावमा गुरुङले ५५ हजार ४५७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत मात्रै पाए । 

दोलखाबाट पटक–पटक चुनाव जितेका आनन्द पोखरेल र पार्वत गुरुङ दुवै मन्त्री भए । २०६४ मा चुनाव जितेकी माओवादी नेतृ देवी खड्काले पनि राज्यमन्त्री हुने अवसर पाइन् । आगामी चुनावमा यी तीनै जना नेता टिकटको आकांक्षी भए पनि उनीहरूलाई नयाँ अनुहारले विस्थापित गरिदिएका छन् ।

दोलखा एमालेका शीर्ष २ नेता आनन्द पोखरेल र पार्वत गुरुङ दुवैजना टिकटका आकांक्षी थिए । दुवैले टिकट लिनका लागि सकेको राजनीति स्रोत प्रयोग गरिरहेका थिए । केन्द्रीय राजनीतिमा स्थापित दुवै नेता दोलखामा भने एक अर्काको अस्तित्व नस्वीकार्ने अवस्थामा छन् ।

केपी ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री भएपछि पार्वत गुरुङले अब आफू चुनाव नलड्ने बताउन थालेका थिए । त्यसलाई पोखरेलले भने आफ्ना लागि मैदान खाली भएको अर्थमा व्याख्या गर्दै हिँड्न थाले । कतिपय ठाउँमा पाखरेलले आफ्नो विषयमा गरेको टिप्पणी गुरुङको कानमा पर्‍यो । त्यसलाई गुरुङले इगोकोरूपमा लिए र चुनावी टिकट हात पार्ने हत्कण्डामा लागे ।

एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमार्फत अध्यक्ष ओलीसँग आनन्द पोखरेलले सम्बन्ध बनाएका छन् । पार्वत गुरुङको भने अध्यक्ष ओलीसँग सिधा सम्पर्क छ । एमालेका जानकारहरू भने चुनावी टिकट बाँड्ने अघिल्लो दिनसम्म ओली पोखरेललाई टिकट दिने पक्षमा थिए । प्रतिनिधिसभामा पोखरेल र प्रदेशसभामा बालकृष्ण सिवाकोटी तथा नरबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने एमालेको तयारी थियो । 

अन्तिम समयमा पार्वत गुरुङले टिकट नपाउने भएपछि गुरुङले नै सिवाकोटीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सल्लाह दिएको दोलखा एमालेका नेताहरू बताउँछन् । गुरुङको सल्लाह ओलीका लागि बलियो आधार भयो । ओलीले मन फेरे । पोखरेलले पाउनै लागेको टिकट सिवाकोटीले कब्जा गरिदिए ।

राजनीतिक सम्बन्धलाई उपयोग गरेर व्यावसायिक सफलता हासिल गरिरहेका बालकृष्ण सिवाकोटी एमाले अध्यक्ष ओलीका विश्वासपात्र सहयोगी हुन् । जिल्लामा खासै राजनीतिक प्रभाव नराख्ने उनी व्यवसायिक पृष्ठभूमिको राजनीतिक फोरममार्फत एमाले अध्यक्ष ओलीसँग सम्पर्कमा छन् । 

नेपाल उद्योग तथा व्यवसाय महासंघको उपाध्यक्ष रहेका सिवाकोटी एमाले अध्यक्ष ओलीको प्रत्यक्ष संरक्षण र रेखदेखमा चल्ने मदन भण्डारी फाउन्डेसनको केन्द्रीय सदस्य पनि छन् । 

फाउन्डेसनको कार्यालय उनै सिवाकोटीको लगानीमा बनेको गौशालास्थित पशुपति भिजनमा राखिएको छ । त्यति मात्रै होइन, ओलीले आफू प्रधानमन्त्री हुँदा सिवाकोटीलाई दुई कार्यकाल लगानी बोर्डको विज्ञ सदस्यसमेत बनाएका थिए । 

एमाले अध्यक्ष ओलीकै संरक्षणमा आर्थिक–राजनीतिक लाभ लिइरहेका सिवाकोटीलाई प्रतिनिधिसभामै उम्मेदवार बनाउने ओलीको रूचि थियो ।

जिल्लाका प्रभावशाली नेताले अन्तिम समयमा पोखरेल–गुरुङ लडाईं निरूपणको विकल्प दिएपछि ओलीले सिवाकोटीको नाम अंकित टिकटमा हस्ताक्षर गरिदिए । 

त्यसअघि प्रतिनिधिसभाको चुनाव लड्नेबारे सिवाकोटीले कुनै चर्चा नै नगर्ने गरेको दोलखा एमालेका नेताहरू बताउँछन् । सिवाकोटीले टिकट पाइहाले प्रदेशसभामा चुनाव लड्ने तयारी गरिरहेका थिए । एमालेले प्रदेशसभाको १ मा नरबहादुर श्रेष्ठ र २ मा भरतबहादुर केसीलाई उम्मेदवार बनाएको छ । केसी भीमेश्वर नगरपालिकाका पूर्व मेयर पनि हुन ।

भूगोलको राजनीतिमा उतिसारो नभिजेका सिवाकोटीलाई पैसाको बलमा टिकट लिएर चुनावमा आएको आरोप दोलखामा लागेको छ । दोलखा एमालेका एक नेता भन्छन्, ‘प्रदेशको १ नम्बर निर्वाचन क्षेत्रमा त उहाँलाई शून्यबाट परिचय गराउनुपर्छ । केन्द्रीय पहुँचको आधारमा चुनाव लड्न आउनुभएको छ । चुनावी जीतहार उहाँकै भूमिकामा निर्भर रहन्छ ।’

स्थानीय तहको चुनावमा नराम्रो हार व्यहोरेपछि दोलखा एमालेले संगठन बलियो बनाएको छ । पार्टी सुदृढीकरण र शुद्धीकरण (सुसु) अभियान चलाएर एमालेले पार्टीलाई फर्ममा फर्काएको छ । एमाले दोलखा जिल्ला कमिटीका एक सदस्य भन्छन्, ‘स्थानीय तहको चुनावबाट हामीले ठूलो पाठ सिकेका छौं । त्यसबेला पार्टी अहिलेजस्तो तयारीमा र फर्ममा थिएन । त्यसबेला कन्फिडेन्स बढी थियो । अहिले हामीले पार्टीलाई मजबुत बनाएका छौं । उम्मेदवार जोसुकै भए पनि पार्टी चुनावमा जाने हो । संगठनकै बलमा चुनाव जित्छौं ।’ 

पार्टीभित्रको अन्तरविरोध हल भएका कारण उत्साहीरूपमा चुनावमा होमिएको उनले बताए ।

चुनावी टिकटको रणमैदानमा पछारिएका पोखरेल र गुरुङ दुवैको संयुक्त संयोजकत्वमा एमालेले चुनाव परिचालन कमिटी बनाएर दुवैलाई एक–एक प्रदेशको जिम्मेवारी तोकिएको छ । पोखरेल र गुरुङ दुवैले आगामी चुनावमा पार्टीलाई जिताउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन् ।  

दोलखामा एमालेको पहुँचवाला उम्मेदवारसँग भिड्न माओवादी र कांग्रेसले माओवादी नेता गंगाबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । 

सत्तारूढ गठबन्धनमा दोलखा माओवादी केन्द्रको भागमा परेपछि कार्कीले प्रतिनिधिसभाको टिकट पाएका हुन् । प्रदेशको दुवै सीटमा कांग्रेसले उम्मेदवारी दिएको छ । प्रदेशको निर्वाचन क्षेत्र नम्बर– १ मा कुन्दन काफ्ले र २ मा बर्मा लामा कांग्रेसका उम्मेदवार छन् ।

विद्यार्थी राजनीतिबाट आएका काफ्ले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । लामा भने दोलखा कांग्रेसका सभापति हुन् । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पाइसकेको टिकट खोसेर लामालाई उम्मेदवार बनाइएको हो । 

पूर्व सांसद एवं कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाको जोडबलमा सिवाकोटीको टिकट खोसेर लामालाई दिइएको थियो । व्यावसायिक पृष्ठभूमिका लामाले जातीय प्रतिनिधित्व हुनुपर्ने दबाब पार्टी सभापतिलाई दिएर सिवाकोटीको टिकट खोस्न लगाएका थिए । 

प्रदेशको निर्वाचन क्षेत्र नम्बर– १ का स्थायी बासिन्दा रहेका लामा निर्वाचन क्षेत्र नम्बर– २ मा उम्मेदवार बन्न गएका छन् । अर्को निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न गएपछि दोलखाका कांग्रेस कार्यकर्ताले नै लामालाई अतिथि उम्मेदवारको ट्याग भिराइदिने गरेका छन् ।

माओवादी दोलखामा शीर्ष तहका नेताहरूबीच गहिरो अन्तर्विरोध छ । माओवादी केन्द्रले अघि सारेका उम्मेदवार गंगा कार्की दोलखाका शीर्ष तहका नेता हुन । तर, उनलाई पार्टी भित्रैबाट असहयोग भइरहेको माओवादीका नेताहरू बताउँछन् । 

उम्मेदवार कार्की र दोलखा माओवादीका नेताहरू देवी खड्का तथा विशाल खड्का आफन्त हुन् । कार्की देवी र विशाल खड्काका भिनाजु पर्छन् । तर, उनीहरूकै सम्बन्धमा खटपट छ । कार्की र विशाल खड्काको त बोलचाल समेत नरहेको नेताहरू बताउँछन् । द्वन्द्वकालदेखि नै कार्की र खड्का परिवारबीच शुरू भएको दरार अहिलेसम्म पुरिन सकेको छैन ।

माओवादीमा शुरूदेखि नै कार्की प्रचण्ड खेमामा थिए । खड्का दिदी–भाइले भने डा. बाबुराम भट्टराईको संरक्षण र छहारीमा राजनीतिक करिअर बनाए । पछि बाबुरामले माओवादी छाडेपछि खड्का दिदी–भाई माओवादीमै रहे तर, कार्कीसँगको अन्तरविरोध हल भएन ।

अहिले माओवादी केन्द्रले कार्कीलाई उम्मेदवार बनाएपछि दोलखाको ईन्चार्जको जिम्मेवारीमा रहेकी देवी खड्काले राजीनामा दिएकी छन् । कार्की भने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य छन् । खड्काले आफ्नो स्वास्थ्य अवस्था र उम्मेदवार चयनमा नेतृत्वले कमजोरी गरेको कारण देखाएर पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाएकी छन् । दोलखामा माओवादी केन्द्रले भने विशाल खड्कालाई नै चुनावी कमाण्डर बनाएको छ । 

दोलखामा गठबन्धनलाई अर्को चुनौती हो माओवादी–कांग्रेसको मत ट्रान्सफर गराउनु । तर, दोलखा कांग्रेसका नेता छिपछिरिङ लामाले नै माओवादीलाई असहयोग गर्न सक्ने विश्लेषण दोलखाको चिया चौतारोमा हुने गरेको छ । स्थानीय तहको चुनावमै माओवादी र कांग्रेसका बीचमा एकअर्काका विरुद्ध असहयोगको बिजारोपण भइसकेको छ । स्थानीय चुनावमा पनि कतिपय स्थानीय तहमा कांग्रेस–माओवादीको गठबन्धन थियो ।

स्थानीय तह चुनावको मत हेर्दा दोलखामा एमाले पहिलो पार्टी हो । तर, कांग्रेस–माओवादीको मत जोड्दा एमाले धेरै पछाडि हुन्छ । तर, दोलखा कांग्रेसका एक नेता भन्छन्, ‘कांग्रेस–माओवादीबीचको त्यति सजिलै मत ट्रान्सफर हुन्छ र ? भन्ने प्रश्न सबैतिर सुनिन्छ ।’

एमालेले भने यसैलाई अवसरको लिएको छ । अर्कातर्फ, दोलखामा एकीकृत समाजवादी गठबन्धनसँग बिच्किएको छ । एकीकृत समाजवादीका नेता शिव भण्डारी प्रदेश वा प्रतिनिधिसभा जहाँ भएपनि आफूले टिकट पाउने आशामा थिए । अन्ततः गठबन्धनले दोलखामा एकीकृत समाजवादीलाई ठाउँ दिएन । 

आफ्नो उम्मेदवार नभएपछि समाजवादीले चुनावमा ‘विवेकपूर्ण’रूपमा प्रस्तुत हुने निर्णय गरेको छ । एमालेले भने एकीकृत समाजवादीको मत तान्न सकिने विश्लेषण गरेको दोलखा एमालेका नेताहरू बताउँछन् । माओवादीभित्रको अन्तर्विरोधको पनि फाइदा हुने भएकाले चुनावी नतिजा एमालेकै पक्षमा आउने ती नेताको दावी छ । 

दोलखा कांग्रेसका एक नेता भन्छन्, ‘मतको हिसाबले अहिले पनि गठबन्धनकै उम्मेदवार अघि छन् । तर, मत जस्ताको तस्तै ट्रान्सफर गराउन सबैको भूमिका चाहिन्छ । गठबन्धनका उम्मेदवारले जित्न प्रदेशको– १ बाट ८ देखि १० हजार मतले लिड गर्नुपर्छ । त्यो त्यति सजिलो चाहिँ होइन ।’ दोलखामा करीब डेढ लाख मतदाता छन् ।

एमालेका उम्मेदवार सिवाकोटी अहिल्यैबाट कांग्रेस र माओवादी केन्द्रको मत चोर्ने रणनीतिमा देखिन्छन् । त्यसका लागि उनले सबै हत्कण्डा अपनाउन सक्ने विषय दोलखामा चर्चामा छ । प्रदेश सभाको उम्मेदवार रहेका कांग्रेसका नेताहरू पनि चुनाव आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड, भेद सबै नीति अख्तियारको तयारीमा जुटिसकेको दोलखा कांग्रेसकै नेताहरू स्वीकार्छन् ।

दोलखाको चुनावी नतिजा निर्धारण गर्ने अर्को फ्याक्टर हो– बुथ कब्जा । एमालेका एक नेता भन्छन्, ‘निष्पक्ष निर्वाचन हुने र मतदाताले स्वतन्त्ररूपमा मत हाल्न पाउने हो भने हामीले चुनाव हार्ने विषय कुरा कल्पनामै आउँदैन तर, बुथ कब्जाको संस्कृतिले दोलखा बदनाम छ । कसले कस्तो शक्ति प्रदर्शन गर्छ भन्ने कुराले पनि नतिजा प्रभावित गर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x