×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा गण्डकीलाई पहिलोपटक पदक

कात्तिक ३, २०७९

NTC
Premier Steels

गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला बास्केटबलमा पहिलोपटक पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा सम्पन्न महिला बास्केटबलमा फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ गण्डकी प्रदेशले कास्य पदक जितेको हो । 

Muktinath Bank

गण्डकी प्रदेशले महिला बास्केटबलमा हालसम्म पदक जित्न सकेको थिएन । गण्डकी प्रदेशले यसपटक ऐतिहासिक कीर्तिमान कायम गरी पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ दुवै खेल जित्दै गण्डकीले दुई कास्य पदक जितेको हो । तेस्रो स्थानका लागि गण्डकी प्रदेशले फाइभ अन फाइभमा सुदूरपश्चिम प्रदेश र थ्री बाइ थ्रीमा बागमती प्रदेशसँग प्रतिस्पर्धा गरेको थियो । 


Advertisment
Nabil box
Kumari

फाइभ अन फाइभमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकले पराजित गरेको थियो । गण्डकीले पहिलो क्वाटरमा १६–९, दोस्रो क्वाटरमा १०–४, तेस्रो क्वाटरमा १२–७ र चौथो क्वाटरमा ८–४ अंक जोडेको थियो । 

Vianet communication

गण्डकीको जितमा सीमा गर्बुजाले व्यक्तिगत १९ अंक जोडेको थियो भने सुदूरपश्चिमका तर्फबाट सम्झना शाहीले सात अंक जोडिन् । थ्री बाइ थ्रीमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ९–७ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मकरूपमा भएको खेलमा गण्डकीले बागमतीलाई पराजित गर्‍यो । 

असोज २८ गतेदेखि सुरु महिला बास्केटबलको फाइभ अन फाइभमा त्रिभुवन आर्मी, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ सहभागी थिए । थ्री बाइ थ्रीतर्फ त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी थिए । 

महिला बास्केटबलमा छ पदकको टुंगो

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत तनहुँमा सम्पन्न महिला बास्केटबलमा छ पदकको टुंगो लागेको छ । असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सम्पन्न बास्केटबलको फाइभ अन फाइभमा तीन र थ्री बाइ थ्रीमा तीन पदकको टुंगो लागेको हो । 

महिला बास्केटबलको फाइभ अन फाइभमा एक विभागीय र पाँच प्रदेश गरी छ टोलीको सहभागिता रहेको थियो । थ्री बाइ थ्रीमा दुई विभागीय र छ प्रदेशसहित आठ टिमको सहभागिता रहेको थियो । 

प्रतियोगितामा दुवैतर्फ गरी त्रिभुवन आर्मी क्लबले एक स्वर्णसहित दुई, सशस्त्र प्रहरीले एक स्वर्ण, बागमती प्रदेशले एक रजत र गण्डकी प्रदेशले दुई कास्य पदक जितेको नेपाल बास्केटबल संघका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिताको फाइभ अन फाइभमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । बागमती प्रदेशले रजत पदक जित्दा गण्डकी प्रदेशले कास्य पदक जितेको छ । थ्री बाइ थ्रीतर्फ सशस्त्र प्रहरीले स्वर्ण पदक जितेको छ । त्रिभुवन आर्मी क्लबले रजत जित्दा गण्डकी प्रदेशले कास्य पदक जितेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x