×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

मलेखु-नागढुंगा सडक विस्तारले चुनावलगत्तै गति लिने, ५-५ किलोमिटरको प्याकेजमा काम

कात्तिक ६, २०७९

NTC
Premier Steels

सवारी चाप व्यवस्थापन मिलाउँदै नागढुङ्गा–मलेखु खण्डको सडक विस्तारले तिहारपछि गति लिने भएको छ ।

Muktinath Bank

राजधानी जोड्ने र लाइफलाइन मानिने यो सडक विस्तार गर्दा ट्राफिक व्यवस्थापन मिलाउनु सबैभन्दा ठूलो चुनौती हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैनिक करीब १५ हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने यो सडक विस्तार गर्दा आइपर्ने ट्राफिक व्यवस्थापनको चुनौती र आमसर्वसाधारणले सास्ती भोग्नु नपर्ने गरी सडक फराकिलो बनाउने काम गरिने सडक विभागले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

विभागको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका पूर्वी खण्ड प्रमुख ईश्वरबहादुर रिजालले यो सडक विस्तार गर्दा ५/५ किलोमिटरको प्याकेज हुने बताए । उनकाअनुसार एउटा खण्डको ठेक्कामा ५ किलोमिटर सडक विस्तार गर्ने र त्यहाँबाट सवारी अवरोधविना चल्ने भएपछि मात्रै अर्को ५ किलोमिटरमा काम गर्ने गरी योजना बनाइएको छ । 

Vianet communication

सडक विभागले विश्व बैंकको ऋण सहयोगमा करीब १३ अर्ब रुपैयाँ खर्चिएर नागढुंगादेखि मुग्लिनसम्मको सडक विस्तार गर्न गर्दैछ । यसका लागि विभागले ३ खण्ड बनाएर ठेक्का लगाएको छ । पहिलो खण्डका लागि डेढ अर्ब र दोस्रो खण्डका लागि करीब ५ अर्ब खर्च हुँदैछ । नागढुंगाबाट मलेखुसम्मको ५५.८ किमी सडक स्तरोन्नतिका लागि मूल्य अभिवृद्धि कर (भ्याट)सहित ६ अर्ब ६५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । 

नागढुंगाबाट नौबिसेसम्म (पहिलो खण्ड)को सडक विस्तार गर्ने जिम्मा जियाङ्सु–सगुन जेभीले पाएको छ । यो कम्पनीले १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा उक्त सडक विस्तारको ठेक्का पाएको हो ।

नागढुंगाबाट नौबिसेसम्मको १२.२६ किलोमिटर पहिलो, नौबिसेबाट मलेखुसम्म ४६.५३ किलोमिटर दोस्रो र मलेखुबाट मुग्लिनसम्म तेस्रो खण्ड बनाएर सडक विस्तार हुँदैछ । दोस्रो खण्ड नौबिसेदेखि मलेखुसम्मको सडक बनाउने जिम्मा शर्मा–लामा–जेडआईसीजीले पाएको छ । यो कम्पनीले ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा ४३.५२ किलोमिटर सडक ३ वर्षभित्रै विस्तार गरिसक्नुपर्ने छ ।

तेस्रो खण्डको ठेक्का लगाउने आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ भने पहिलो र दोस्रो खण्डको ठेक्का लागेर गत जेठदेखि नै निर्माण कम्पनी परिचालन शुरू भइसकेको छ ।

नागढुंगाबाट मुग्लिनसम्मको करीब ९५ किमी सडकमध्ये ५० किमी क्षेत्र कतै ३ र कतै ४ लेन हुनेछ भने बाँकी ४५ किलोमिटर सडक डेडिकेटेड डबल लेनको हुने सडक विभागले जानकारी दिएको छ ।

मलेखुदेखि मुग्लिनसम्म चालू आवभित्रै ठेकेदार छनोट गर्ने गरी काम भइरहेको छ भने नागढुंगादेखि मलेखुसम्मको खण्डका लागि भने सडक विस्तारको कामका लागि कामदार फिल्डमा खटाउनेसम्मको तयारी भइसकेको छ । 

रिजालका अनुसार निर्माण कम्पनीले काम शुरू गर्नु पहिले डिजाइन तथा सर्भेको काम गरिसकेको छ ।

जेठबाट परिचालनसमेत भइसकेको निर्माण कम्पनीले परामर्शदातासँगको सहकार्यमा संयुक्त डिजाइन/ड्रोइङ तयार गरेको छ । यस्तो काम पहिलो खण्डको ३ र दोस्रो खण्डका ७ किमीको डिजाइन/ड्रोइङ स्वीकृत भइसकेको रिजालले लोकान्तरलाई जानकारी दिए ।

निर्माण गर्नुअघि पहिलेको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर)को समेत पुनः मूल्यांकन भइसकेको छ ।

यो सडक विस्तारको काममा कामदार घटाउने र फिल्डमा देखिने काम भने चुनावपछि मात्रै हुने छ । चुनावअगाडि आवश्यक उपकरण जडान गर्ने र सडक विस्तारको चरणबद्ध खण्ड छुट्याउने काम पनि भइसक्ने छ । 

यो सडक विस्तार गर्दा सडक साँघुरो भएको ठाउँमा सडक सञ्चालन अवरोध हुन सक्छ । सडक विस्तार गर्नुपर्ने र सवारी साधान पनि व्यवस्थित गर्नुपर्ने भएकाले एक तर्फ सञ्चालनको व्यवस्था हुने सडक विभागको भनाइ छ ।

नागढुंबाट मुग्लिनसम्मको सडक विस्तार हुँदा कम्तिमा यात्रुले ३ वर्ष भने सास्ती खेप्नुपर्ने भएको  छ । पहिलो खण्ड २ वर्षमा, दोस्रो खण्ड ३ वर्षमा र तेस्रो खण्डको लागि कम्तिमा ४२ महिना लाग्ने भएको छ । 

सडक विस्तार गर्न केही समय सास्ती हुने भएपनि त्यसपछि हुने सहजता हेरेर काम गर्नुपर्ने बाध्यता रहेको सडक विभागका अधिकारी बताउँछन् । 

मलेखुबाट मुग्लिनसम्मको खण्ड विस्तारमा पनि ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको  छ । नागढुंबाट मुग्लिनसम्मको सडक विस्तार हुँदा कम्तिमा यात्रुले ३ वर्ष भने सास्ती खेप्नुपर्ने भएको छ । पहिलो खण्ड २ वर्षमा, दोस्रो खण्ड ३ वर्षमा र तेस्रो खण्डका लागि कम्तिमा ४२ महिना लाग्ने भएको छ ।

सडक विस्तार गर्न केही समय सास्ती हुने भएपनि त्यसपछि हुने सहजता हेरेर काम गर्नुपर्ने बाध्यता रहेको सडक विभागका अधिकारी बताउँछन् ।

मलेखुबाट मुग्लिनसम्मको खण्ड विस्तारमा पनि ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको  छ । 

नागढुंगा–नौबिसे सडकखण्डको विकल्प धार्के–सीतापाइला

सडक विभागले नागढुंगा–नौबिसे सडक खण्डको विकल्प धार्के–सीतापाइलालाई अगाडि सारेको छ ।

धार्के–सीतापाइला सडक खण्ड अन्तर्गतको धार्केबाट काठमाडौंका उत्तरी सिमाना ठूलोखोलासम्मको १४ किमी सडक कालोपत्रे आगामी असारसम्ममा भइसक्ने छ ।

धादिङ र रसुवा समेतको जिम्मा पाएको सडक विभागको नुवाकोट डिभिजनले धार्के सीतापाइला सडक कालोपत्रे गर्न ठेक्का लगाइसकिएको छ ।

५५ करोड रुपैयाँ बजेट विनियोजन भएको यो सडक निर्माण गर्न ठेकेदार कम्पनी छनोट भएर परिचालन समेत भइसकेको छ ।

धार्केबाट १२ किमी र ठूलोखोलाबाट २ किमी सडक कालोपत्रे गर्ने गरी दुईवटा निर्माण कम्पनीले काम शुरू गरिसकेको सडक विभागका नुवाकोट डिभिजन प्रमुख अमृतमणि रिमालले बताए । 

उनका अनुसार धार्केबाट ३ किमी भने कालोपत्रे समेत भइसकेको छ ।

रिमालका अनुसार नागढुंगादेखि गल्छीसम्मको विकल्पको रूपमा गल्छी लामीडाँडा र धार्के सीतापाइला सडकलाई हेरिएको छ । यो दुबै सडक आगामी १ वर्षभित्रै कालोपत्रे भइसक्ने गरी काम अगाडि बढेको रिमालले बताए ।

उनका अनुसार पहिलो एक वर्ष नौबीसे सडक खण्ड विस्तारमा सास्ती हुनसक्छ । गल्छी र धार्केबाट सीतापाइला आउने विकल्प तयार भएपछि भने साना सवारी धार्केबाट सीतापाइला सिधै आउने व्यवस्था मिलाएर नागढुङ्गा मलेखु सडक विस्तारलाई सहज बनाइनेछ । 

धार्केबाट सीतापाइलासम्मको २५ मिलोमिटर सडक पनि विभिन्न खण्डमा स्तरोन्नतिको काम हुँदैछ । धादिङतर्फ २ वटा खण्ड बनाएर सडक कालोपत्रे गर्न ठेक्का लगाएको छ ।

काठमाडौं खण्डले पनि ठूलोखोलाबाट सीतापाइलासम्म काम गर्ने भएकाले आगामी एक वर्षमा यो सडक कालोपत्र भइसक्ने दाबी सडक विभागको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x