×

NMB BANK
NIC ASIA

सरकार निष्पक्ष ढंगबाट निर्वाचन गर्न तयार छ : मुख्यमन्त्री पोखरेल

कात्तिक ७, २०७९

NTC
फाइल फोटो
Premier Steels

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।

Muktinath Bank

तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका ७ वटा जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित बनाइने प्रतिबद्धता व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनलाई स्वच्छ रूपमा सम्पन्न गराउन विशेष योजना बनाएर अगाडि बढ्न मुख्यमन्त्री पोख्रेलले निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री पोख्रेलले निर्वाचनमा कतिबेला कहाँ के हुन्छ भन्न नसकिने भएकाले गम्भीरतापूर्वक कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए ।

Vianet communication

कार्यक्रममा आन्तरिक मामिलामन्त्री डोबाटे विकले प्रदेशका जिल्लाहरूको सुरक्षा अवस्था, अन्तर जिल्ला समन्वय, प्रदेश सरकारसँगको अपेक्षा, पालिकाहरूसँगको समन्वयका बारेमा जानकारी लिनका लागि बैठक राखिएको बताए ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा तनहुँ, कास्की, स्याङ्जा, गोरखा, नवलपुर, लमजुङ र मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

सो अवसरमा जिल्लाका सुरक्षाको वस्तुस्थिति, स्रोतसाधन, विपद् व्यवस्थापन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नेपाली सेनाका मध्यकमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशी, तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी लगायत सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x