×

NMB BANK
NIC ASIA

प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने कुरामा गठबन्धनभित्र सहमति नै गर्‍यौँ : देउवा

कात्तिक ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताएका छन् । नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसर पारेर सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रतामार्फत् जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागि परेको बताए । 

Muktinath Bank

प्रधानमन्त्री देउवाले जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढि काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रेस स्वतन्त्रता प्रजातन्त्रका लागि अति आवश्यक कुरा हो । जुन देशमा  प्रजातन्त्र छैन, त्यो देशमा प्रेस स्वतन्त्रता सुनिश्चित हुन सक्दैन । पत्रकार साथीहरुले प्रेस स्वतन्त्रताका लागि लड्ने अठोट जबसम्म रहन्छ, तबसम्म प्रेसमाथि कसैले पनि बन्देज लगाउने सक्दैन । यसबेला प्रेस फ्रिड्म, प्रजातन्त्रका लागि अति आवश्यक कुरा हो । हाम्रो पार्टी नेपाली कांग्रेस पनि प्रेस स्वतन्त्रताको पूर्णरुपले पक्षपाती छ । हाम्रो पार्टीले, सरकारले पनि प्रेसप्रति कुनै पनि किसिमको बन्देज वा अप्ठ्यारा आउने कुनै पनि गर्ने छैन । प्रेसलाई निर्वाध रुपमा लेख्ने वातावरण दिनेछ । म फेरि पनि मे भन्न चाहन्छु भने जो सरकार छ अहिले । त्यो सरकारले प्रेसमाथि कुनै पनि किसिमको हस्तक्षेप गर्नेछैन’, देउवाले भने, ‘प्रेस स्वतन्त्रतालाई, लेख्न पाउने अधिकारलाई सुनिश्चित गर्नेछ । हिजोको कुरा के भयो भनेर म समय खर्च गर्न चाहन्न । तर, अहिले जो गठबन्धनको सरकार छ । यो सरकारले प्रेसमाथि कुनै पनि किसिमको बन्देज लगाएको छैन । कुनै पनि किसिमको हस्तक्षेप गरेको छैन । कुनै पनि किसिमको अप्ठ्यारो पारेको छैन । त्यसै कारण अहिलेको जो गठबन्धनको सरकार छ । प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने कुरामा पनि एउटा सहमति गरेका हौँ । प्रेस स्वतन्त्रता भएमात्रै समाजमा भएका कुराहरु ल्याउन सक्दछ । त्यसैले अझै धेरै कुराहरु गर्न बाँकी नै छ ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री देउवाले जनता देशको मालिक भएकाले उनीहरुले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दलहरु चल्नुपर्ने स्पष्ट पारे । उनले प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्तासमेत औँल्याए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x