×

NMB BANK
NIC ASIA

पहिरोले मूलमा क्षति पुर्‍याएपछि कर्णालीमा खानेपानीको समस्या

कात्तिक ८, २०७९

NTC
Premier Steels

गत असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षापछि आएको पहिराले मूलमा क्षति भएपछि कर्णालीमा खानेपानीको समस्या भएको छ । बाढी र वर्षाका कारण माथिल्लो कर्णालीका विशेष गरी कालीकोट, जुम्ला, मुगु र हुम्ला गएको पहिरोले खानेपानीका मूलमा क्षति पुगेको छ भने कतै मुहान नै बाढीले बगाएर लगेको छ । पहिराले मूल नै बन्द भएपछि यहाँका नागरिक खोलाको फोहर पानी खान बाध्य भएका छन् । यसले आउँ पर्ने, झाडापखालालगायतका विभिन्न रोग लाग्ने समस्याको खतरा पनि बढ्दै गएको छ ।

Muktinath Bank

‘पहिरोले कतै मूल ढाकेको छ त कतै खानेपानीको ट्यांकी नै बगाएर लगेको छ’, तिला गाउँपालिका–९ जुम्लाका वडाध्यक्ष धनबहादुर रावतले भने, ‘मानिस फोहर भए पनि अहिले खानेपानी लिन खोलामा नै जान्छन् ।’ खानेपानीको विकल्प नहुँदा त्यही फोहर पानी खानुपर्ने बाध्यता रहेको उनले बताए । विकट बस्तीका नामले चिनिने उक्त वडाका राँसा, मालापानी, ढिपु र खोप्री गाउँवासीले पानीको समस्या खेप्नुपरेको उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो समस्या तिला गाउँपालिकाको १–९ वडासम्म रहेको छ । सोही पालिकाको वडा नं ४ रावतवाडा, नुवाकोट र साँपुल्ली गाउँमा अझ बढी छ । अविरल वर्षापछि भेरी खोलामा आएको भीषण बाढीले खानेपानीको पाइप, ट्यांकी र आवतजावत गर्ने काठको साँघु नै बगाएर लगेको रावतवाडा गाउँका स्थानीय मागेनाथ योगीले बताए । 


Advertisment
Nabil box
Kumari

‘कोदो, मकै, सिमी, धान भित्र्याउन हामीले काठको साँघु तर्नुप¥थ्यो’, योगीले भने, ‘भेरी खोला तर्ने एकमात्र माध्यम त्यही काठको साँघु बाढीले लगेपछि अहिले हाम्रो आवतजावत बन्द भएको छ ।’ बालीनाली भित्र्याउन एक घण्टाको समय लगाएर अर्को गाउँको झोलुंगे पुल तर्नुपर्ने बाध्यता आइलागेको उनले दुःखेसो गरे । 

Vianet communication

खानेपानीका मुहान पहिराले पुरिने, बाढीले बगाएर लैजाने समस्या माथिल्लो कर्णालीका सबै जिल्लावासीले भोग्दै आएका छन् । सामान्य अवस्थामा क्षति भएका ठाउँमा नागरिकलाई तत्काल पाइपलगायतका आवश्यक सामग्री दिएर सहयोग गरेका छन् तर ठूलो क्षति भएका ठाउँको खानेपानी निर्माणका लागि केही समय लाग्ने खानेपानी, ऊर्जा तथा सिँचाइ कार्यालयले जनाएका छन् ।

असोजमा आएको बाढी र पहिरोले कर्णालीका पाँच जिल्लामा जनधनको अर्बौंको क्षति भएपछि नेपाल सरकारले कालीकोट, जुम्ला, मुगु र हुम्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मानवीय क्षति, बस्ती, कृषि क्षेत्र, पशु चौपाय, विद्यालय, स्वास्थ्य संस्था, खानेपानीलगायतका क्षेत्रको क्षतिको तथ्यगत विवरण संकलन गर्ने क्रम अघि बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जिओटिक इञ्जिनियर पवनबाबु बास्तोलाले जानकारी दिए । 

मनसुनजन्य विपद्पछि कर्णालीमा आएको बाढी र पहिरोबाट क्षति भएका स्थानलाई नेपाल सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेपश्चात् ती क्षेत्रको क्षतिको प्रारम्भिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुम्लामा जिओटिक इञ्जिनियर बास्तोला, हुम्लामा स्ट्रक्चरल इञ्जिनियर देवराज पौडेल, मुगु र कालीकोटका निम्ति जिओटिक इञ्जिनियरद्वय हरिश पनेरु र विराश मल्लको टोलीलाई परिचालन गरेको थियो । उनीहरू सबै प्रारम्भिक अध्ययन गरेर फर्किसकेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x