×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

काठमाडौं–२ : मन्त्रीको 'अफर' पाएकी ओनसरीलाई कांग्रेसको भर, ठूला दललाई सोविताको डर

कात्तिक ९, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र भनेर चिनिएको प्रतिनिधिसभा तर्फको काठमाडौंको २ नम्बर क्षेत्रका मतदाताले आगामी चुनावमा कसलाई जिताउने भन्ने निर्क्यौल गरिसकेका छैनन् । 

Muktinath Bank

नेकपा एमालेमा रहँदा एउटा मात्रै चुनाव हारेका नेपालले यसपटक काठमाडौं–२ माओवादी केन्द्रलाई छाडिदिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्ला चुनावको मत विवरण हेर्दा काठमाडौं–२ मा एमाले सबैभन्दा बलियो पार्टी हो । एमालेबाट निस्किएपछि मतदाताले आफूलाई सहजै स्वीकार्ने अपेक्षा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको थियो तर गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा त्यस्तो लक्षण देखिएन । 


Advertisment
Nabil box
Kumari

काठमाडौं–२ मा भन्दा रौतहट–१ आफ्नो लागि अनुकूल देखेपछि नेपालले काठमाडौंबाट चुनाव लड्ने रहर त्यागिदिए । माधव नेपालको ठाउँमा सत्तारूढ गठबन्धनले माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीलाई उम्मेदवार बनाएर पठाएको छ ।

Vianet communication

ओनसरी घर्तीको नाम राष्ट्रिय राजनीतिमा स्थापित छ । प्रतिनिधिसभा सभामुख भइसकेकी उनी २०७० सालको चुनावमा रोल्पाबाट निर्वाचित भएकी थिइन् । २०७४ सालमा उनी समानुपातिक सांसद बनेकी थिइन् ।

एमालेले काठमाडौं–२ मा मणिराम फुँयाललाई उम्मेदवार बनाएको छ । उनी एमालेको बागमती प्रदेश सदस्य छन् । काठमाडौं–२ का स्थानीयमाझ ‘हेडसर’ भनेर चिनिएका फुँयाल गठबन्धनका उम्मेदवारलाई टक्कर दिन सक्ने स्थानीय उम्मेदवार बनेका छन् । उनी मूलपानीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर स्थानीयस्तरमा भिजेका व्यक्ति हुन् । काठमाडौं–२ को एमालेले भने गठबन्धनले स्थानीय उम्मेदवार दिन नसक्दा फाइदा भएको विश्लेषण गरेको छ ।

स्थानीय तहको मतको हिसाब गर्दा गठबन्धनमा रहेका दलहरूको मत एमालेको भन्दा निकै बढी हुन आउँछ । एकल मतको हिसाबले काठमाडौं–२ मा एमाले पहिलो पार्टी हो । गत वैशाखको चुनावमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८, एकीकृत समाजवादीले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र माओवादी केन्द्रले ३ हजार १३१ मत ल्याएका छन् ।

कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत जोड्दा २५ हजार १७० मत हुन्छ । एमाले गठबन्धनको मतभन्दा ७ हजार ८४२ मतले पछाडि देखिन्छ । अंकगणित हेर्दा गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले जित्नका लागि यो अनुकूल मत हो तर काठमाडौं–२ मा अंकगणितले मात्रै काम गर्दैन ।

२०६४ सालमा भएको संविधान सभाको पहिलो चुनावमा तत्कालीन एमालेका शक्तिशाली महासचिव माधव नेपाललाई नेकपा माओवादी केन्द्रका लो–प्रोफाइलका उम्मेदवार झक्कुप्रसाद सुवेदीले पराजित गरिदिएका थिए ।

२०७० सालमा माधव नेपालले काठमाडौं–२ र रौतहट–१ बाट उम्मेदवारी दिएका थिए । त्यसबेला एकै उम्मेदवारले २ ठाउँबाट उम्मेदवारी दिन पाउने व्यवस्था थियो । त्यसबेला माधव नेपालले दुवै ठाउँबाट ठूलो मतान्तरले चुनाव जिते । २ ठाउँबाटै जितेपछि एकठाउँबाट छाड्नुपर्थ्यो । माधव नेपालले रौतहट–१ रोजे र काठमाडौं–२ छाडिदिए, त्यहाँ उपचुनाव हुने भयो । एमालेले काठमाडौंका रैथाने र स्थानीयबीच परिचित नेता कृष्ण गोपाल श्रेष्ठलाई उम्मेदवार बनायो । श्रेष्ठ काठमाडौंकै भए पनि २ नम्बर क्षेत्रका स्थानीय थिएनन् । एमालेको प्रतिस्पर्धी कांग्रेसले भने स्थानीय तर त्यसबेलाका लो–प्रोफाइल नेता दीपक कुँइकेललाई उम्मेदवार बनाएको थियो । काठमाडौं–२ का मतदाताले कृष्णगोपाललाई ‘अथिति उम्मेदवार’ भनिदिए र दीपक कुँइकेललाई सांसद बनाइदिए । त्यसबेला स्थानीय नेता भनेर एमालेकै मतदाताले पनि कुँइकेललाई मत दिएको चर्चा काठमाडौं–२ मा हुने गरेको थियो । 

काठमाडौं–२ मा शहरी र काठ क्षेत्रका मतदाताको संख्या झण्डै उस्तै छ । काठमाडौं–२ मा अत्यन्त विकसित कोटेश्वर, सिनामंगल, पेप्सिकोला, काँडाघारी, मुलमानी हुँदै जर्सिङपौवा र लप्सीफेदीका ग्रामीण क्षेत्र पर्छन् । जर्सिङपौवा र लप्सीफेदीलाई काठमाडौं–२ को कर्णालीको रूपमा चिनिन्छ । उक्त क्षेत्रको विकास र जनताको जीवनस्तर कुनै दुर्गम जिल्लाको भन्दा कम छैन । काठ क्षेत्रका मतदाताको मतमा चुनाव जितेपछि नेताहरू शहर केन्द्रित भएको गुनासो ती क्षेत्रका मतदाताको हुने गरेको छ ।

मतको हिसाबले काठमाडौं–२ मा माओवादी केन्द्र सबैभन्दा कमजोर दल हो । उक्त क्षेत्रमा माओवादी केन्द्रको भन्दा राप्रपाको मत दोब्बरले धेरै छ । स्थानीय तहमा राप्रपाले ७ हजार २०० मत पाउँदा माओवादी केन्द्रले ३ हजार १३१ मत मात्रै पाएको थियो । राप्रपाले कुन्तीदेवी पोखरेललाई उम्मेदवार बनाएको छ । 

काठमाडौं–२ मा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाक्रीले उम्मेदवार बन्ने सम्भावना अध्ययन गरेकी थिइन् । एमाले र राप्रपाको गठबन्धन बन्न सक्ने सम्भावना हुँदा जीत सुनिश्चित नभएको भनेर उनी गुल्मी फर्किएकी थिइन् । अन्तिममा एमाले राप्रपाको गठबन्धन त बनेन तर सत्तारूढ गठबन्धनको उम्मेदवारलाई सहज जीतको अवसर पनि रहेन ।

राष्ट्रिय राजनीतिमा स्थापित नाम भए पनि ओनसरी घर्ती काठमाडौं–२ का मतदाताका लागि नयाँ नाम हो, घर्तीका लागि काठमाडौं–२ को भूगोल नयाँ हो । अर्कोतर्फ काठमाडौं–२ ले अन्य क्षेत्रबाट आएको उम्मेदवारलाई स्वीकारेको इतिहास छैन । माओवादी र कांग्रेसले १–१ पटक मात्रै जितेको उक्त क्षेत्रमा ती पार्टीहरूले अहिलेसम्म जीत दोहोर्‍याउन सकेका छैनन् । ओनसरी घर्तीले चुनाव जितेको अवस्थामा माओवादीले २ पटक जितेको क्षेत्रको रूपमा इतिहास बन्ने छ तर उनी चुनाव जित्नका लागि पूर्णरूपमा कांग्रेसको मतमा भर पर्नुपर्ने अवस्था छ । कांग्रेसका कार्यकर्ता भने आफ्नो दलको उम्मेदवार नभएको भन्दै चुनावी अभियानमा खुलेर हिँडिसकेका छैनन् ।

गठबन्धन दलको पक्षमा माहोल बनाउन शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष नेपालले काठमाडौं–२ मा चुनावी मञ्च हालिसकेका छन् । असोज ३० गते काँडाघारीको एउटा पार्टी प्यालेसमा उम्मेदवार परिचय कार्यक्रम गरेर तीनै जना नेताले ओनसरी घर्तीको पक्षमा मत मागिसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त काठमाडौं–२ ले ओनसरीलाई जिताएर पठाए गठबन्धनले मन्त्री बनाइदिने भनेर आश्वासन बाँडेका छन् । उम्मेदवारलाई चिनाउने मञ्चबाट प्रचण्डले भनेका थिए, ‘ओनसरी घर्तीलाई तपाईंहरूले काठमाडौं–२ बाट जिताएर पठाउनुहोस्, राम्रो विकासे मन्त्री बनाएर उहाँलाई तपाईंहरूको ठाउँमा पठाइने छ ।’

उम्मेदवार घर्तीले पनि आफूले जितेको अवस्थामा कोटेश्वरको ट्राफिक जाम हटाउने, सडक पूर्वाधार बनाउने, मूलपानीको क्रिकेट रंगशाला सम्पन्न गराउने लगायतका विकासे एजेण्डा प्रस्तुत गरेकी छन् ।

कात्तिक ९ गते घर्तीले साल्खा महादेवस्थानमा आयोजित साँखु जेसिजको २१औं शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देशको विकास र समृद्धिबाहेक अरु कुनै एजेण्डा आफूसँग नभएको बताएकी छन् ।

गठबन्धनको बलियो प्रतिस्पर्धीको रूपमा हेरिएका एमालेका उम्मेदवार मणिराम फुँयाल भने आफ्नो जीतका लागि पार्टीको बलियो संगठनको आधार रहेको र बाहिरबाट आएको उम्मेदवारलाई काठमाडौं–२ का मतदाताले अस्वीकृत गर्नेमा ढुक्क छन् ।

पुरानालाई भारी पर्दै सोविता

२७ वर्षीय सोविता गौतम काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर ४४ वर्षीय ओनसरी घर्ती र ५६ वर्षीय मणिराम फुँयाललाई चुनौती दिइरहेकी छन् । 

यसअघि अधिवक्ता र सामाजिक अभियन्ताको रूपमा काम गरेकी गौतम अहिले काठमाडौं–२ मा स्थापित दलका उम्मेदवारलाई चुनौती दिँदै घरदैलो गरिरहेकी छन् । पुराना राजनीतिक नेतृत्वलाई विस्थापित गर्ने भन्दै उनी चुनावी मैदानमा आएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारमध्ये काठमाडौं–२ की गौतम र संयोजक रवि लामिछानेलाई देशभरका प्रतिस्पर्धामा आउन सक्ने उम्मेदवारको रूपमा हेरिएको छ ।

काठमाडौं–२ मा गौतमले ल्याउने मतले गठबन्धन र एमालेका उम्मेदवारको जीतहार प्रभावित गर्ने विश्लेषण त्यहाँका चिया गफहरूमा सुनिन थालेका छन् ।

ठूला दलले राजनीतिमा विकृति भित्र्याएको तर्कसहित मतदाताको बीचमा पुगिरहेकी सोविताले पछिल्ला दिनमा काठमाडौं–२ का मतदाताको ध्यान खिच्न थालेकी छन् । उनी स्थापित दलका उम्मेदवारमाथि हाबी हुन सक्छिन् कि सक्दिनन् भन्ने चाहिँ भविष्यमा खुल्दै जानेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x