×

NMB BANK
NIC ASIA

आचारसंहिता उल्लंघन गरेको अभियोगमा माधव–प्रचण्डदेखि मन्त्रीसम्मलाई सोधियो स्पष्टीकरण

कात्तिक ९, २०७९

NTC
Premier Steels

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लंघन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्नेदेखि सचेतसमेत गराउँदै आएको छ ।

Muktinath Bank

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई स्पष्टीकरण सोध्न सक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले भने, ‘आचारसंहिता उल्लंघन गर्ने साना या ठूलालाई छाड्ने भन्ने हुँदैन । आचारसंहिता उल्लंघनको विषय सबैलाई समानरूपमा लागू हुन्छ । निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वशनीयतामा आँच पुर्‍याउने खालका गतिविधिमा आयोगको ध्यानाकर्षण हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, व्यक्ति र निकायप्रति आयोग स्पष्टीकरण सोधिरहेको छ । आयोगले पछिल्ला दिनमा पूर्वप्रधानमन्त्रीदेखि विशिष्ट व्यक्ति एवं विभिन्न निकायलाई स्पष्टीकरण सोध्ने र आचारसंहिताबारे आवश्यक निर्देशन र सचेत गराइरहेको छ ।


Advertisment
Nabil box
Kumari

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई हालै आयोगले सोधेको स्पष्टीकरणको विषयले सञ्चारमाध्यम र सामाजिक सञ्जाल तरङ्गित भएको थियो । रौतहट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका नेता नेपालले आफ्नो चुनावी क्षेत्र रौतहटमा आयोजित एक कार्यक्रममा वैदेशिक रोजगारीमा जानेलाई फ्री भिसा फ्री टिकट पनि शुरु गरेको बताएका थिए । 

Vianet communication

त्यसअघि आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । गोरखा क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका अध्यक्ष दाहालले आफ्नो उम्मेदवारी मनोनयनका क्रममा पञ्चेबाजासहित कार्यक्रम गरेको सन्दर्भमा स्पष्टीकरण सोधेको आयोगको भनाइ छ ।

आयोगले पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपाल प्रतिनिधि उम्मेदवारजस्तै मन्त्रीको जिम्मेवारीमा रहेका एवं अन्य विशिष्ट व्यक्तिहरूदेखि हरेक उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेवापत धमाधम स्पष्टीकरण सोधिरहेको छ ।

५४ वटा स्पष्टीकरण

आयोगले निर्वाचन घोषण भएयता हालसम्म ५४ वटा स्पष्टीकरण सोधिसकेको छ । यसरी स्पष्टीकरण सोधिएकामा राजनीतिक दल, व्यक्ति र संस्था रहेका छन् । स्पष्टीकरण सोधिएकामध्ये ३८ वटाको जवाफ प्राप्त भएको आयोगका सहायक प्रवक्ता शर्माले बताए । हालसम्म सोधिएका स्पष्टीकरण अधिकांश २४ घण्टाको अवधि दिएर सोधिएको छ । आयोगले विभिन्न माध्यमबाट जानकारीमा आएका आधारमा स्पष्टीकरण सोध्ने गरेको छ ।

आयोगले हालै सहरी विकासमन्त्री मेटमणि चौधरीलाई बाढीपीडितका नाममा चामल वितरण गरेको सम्बन्धमा २४ घण्टे स्पष्टीकरण दिन निर्देशन दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ क्षेत्र ६ का प्रतिनिधिसभाका उम्मेदवार शिशिर खनाललाई स्पष्टीकरण सोधिएको थियो ।

त्यसैगरी आचारसंहिता उल्लंघन हुने गरी प्रचार–प्रसार गरेको भन्दै बारा क्षेत्र नं ४ का कृष्णकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई स्पष्टीकरण सोधेको थियो । नेकपा (एमाले)का तर्फबाट बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिताविपरीत प्रथम पुरस्कार भनी रु ४१ हजार प्रदान गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

आयोगले कात्तिक ७ गते निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउनु सरकार तथा प्रदेश सरकारको समेत मुख्य जिम्मेवारी भएकाले निर्वाचन  प्रचार–प्रसारका सम्बन्धमा निर्वाचन आचारसंहिताको पालना गर्न र गराउन सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको थियो ।

आयोगले यही कात्तिक २ गते राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको थियो । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तिहरू निर्वाचन प्रचार–प्रसार गर्दा सरकारी स्रोत साधनको उपयोग गरी घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार–प्रसारका लागि सवारीसाधनको प्रयोग गर्ने समेतका गतिविधि भएको भन्दै आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत असोज १२ देखि आचारसंहिता लागू गरेको थियो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ ।

आयोगले निर्वाचनका उम्मेदवार, राजनीतिक दल तथा सरकारी निकाय एवं संघसंस्थालाई निर्वाचन आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दै आएको छ । निर्वाचन आचारसंहिताविपरीतका अन्य व्यवस्थाको उल्लंघन भएमा प्रचलित कानुनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुनसक्ने व्यवस्था भएकाले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्ने र अरूलाई समेत पालना गर्न लगाउन निर्देशन दिइएको छ ।

निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचार–प्रसारमा बन्देज गरिएको छ । आचारसंहिताअनुसार प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष–विपक्षमा प्रचार–प्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर, सरकारी स्रोत साधन प्रयोग गर्न पाउने छैनन् ।

आगामी निर्वाचनमा जम्मा मतदाता संख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेका छन् । त्यसमध्ये महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र पुरुष ९१ लाख ४० हजार आठ सय छ रहेका छन् भने अन्य एक सय ८५ रहेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x