×

NMB BANK
NIC ASIA

मेरो जन्मस्थल भोजपुर भए पनि कर्मस्थल सुनसरी हो : मन्त्री कार्की

कात्तिक १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो जन्मस्थल भोजपुर भए पनि कर्मस्थल सुनसरी भएको बताएका छन् ।

Muktinath Bank

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ मा आज आयोजित कार्यकर्ता भेटघाटमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विसं २०७४ को निर्वाचनमा आफ्नो विषयमा विभिन्न किसिमको अनरगल प्रचारप्रसार गरेको भए पनि यस क्षेत्रका जनताले आफूमाथि विश्वास गरेको र यसपटक फेरि विश्वास गर्ने दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 विसं २०७४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भइरहँदा विभिन्न ठाउँ, चौकचौरहा, चिया पसलमा भोजपुरबाट आएर यहाँ चुनाव लडेको विषयमा गलत नियतले विपक्षी उम्मेदवारले प्रचारप्रसार गरेको बताए ।


Advertisment
Nabil box
Kumari

मन्त्री कार्कीले नेपालको संविधानअनुसार नेपाली नागरिकले एक सय ६५ वटै निर्वाचन क्षेत्रमध्ये जुनसुकै व्यक्ति कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव लड्न पाउने व्यवस्था भएको बताए । जनताले विश्वास गरेर विजयी गराएपछि आफ्नो क्षमताले भ्याएसम्म काम गरेको उल्लेख गर्दै उनले भने, “विसं २०७४ को निर्वाचनका बेलामा जनतासामु मैले गरेको प्रतिबद्धतामा ८० प्रतिशत पूरा गरेको छु ।” 

Vianet communication
Laxmi Bank

गत निर्वाचनमा आफूले मत माग्ने क्रममा जनतासामु विद्यालय, सडक, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलगायत विषयमा गरेको प्रतिबद्धता पूरा गरेको र बाँकी रहेको समस्यासमेत समाधान गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्ने मन्त्री कार्कीले स्पष्ट पारे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x