कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लवले अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएर सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपाल पुलिसले बिहीवार लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
यस जितसँगै पुलिसले तेस्रो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको हो । १ सय ८९ रनको समान्य लक्ष्य पछ्याएको पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । पुलिसका लागि ओपनर सुनिल धमला र कुशल भुर्तेलले राम्रो शुरुवात गरेका थिए । सुनिल धमलाले ३६ रनको पारी खेल्दा कुशल भुर्तेलले ३२ रनको योगदान गरेका थिए ।
यस्तै, अमित श्रेष्ठले २८ रनको पारी खेल्दै गर्दा अनिल खरेलको बलमा एलडब्लूको धरापमा पर्दै पवेलियन फर्किए भने कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४३ रनको योगदान गरे भने दिलिपनाथ ६ रनमा नट आउट रहे । आरिफ शेख ३५ रनमा पवेलियन फर्किएका थिए । बलिङतर्फ अनिल खरेलले सर्वाधिक २ विकेट हात पार्दा दुर्गेश थापा र मोहम्मद हुसेनले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ८८ रन जोडेको थियो । ओपनर तथा कप्तान देव खनालले अर्धशतकीय पारी खेले । ८८ बलको सामना गरेका खनालले ७ चौका र २ छक्का हिर्काएका थिए । अर्का ओपनर आकाश त्रिपाठी शून्यमा पवेलिनमा फर्किएको खेलमा प्रज्वल थापाले २३, विशाला विक्रम केसीले ३०, दुर्गेश गुप्ता र मोहम्मद हुसेनले समान ११ रन बनाउनु बाहेक अन्यले राम्रो स्कोर गर्न सकेनन् ।
लुम्बिनीको इनिङलाई सस्तैमा समेट्ने क्रममा पुलिसका कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट हिात पारे । यस्तै करण केसी र सागर ढकालले समान २ विकेट लिँदा गुल्सन झा र ललित राजवंशीले समान १ विकेट आफ्नो नाममा लेखाए । यो जितसँगै पुलिसले ३ खेलबाट स्पष्ट अंक जोडेर तालिकामा ६ अंक बनाएको छ । पुलिस समूह बी को शीर्ष स्थानमा यथावत छ । पराजित लुम्बिनीको २ अंक रहेको छ ।
एकदिवसीय क्रिकेटअन्तर्गत बिहीवारकै अर्को खेलमा मधेश प्रदेशले प्रदेश १, लाई ७२ रनले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मधेश प्रदेशले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश १, ४३.१ ओभरमा समेटिएको थियो । प्रदेश १ ले सबै विकेट गुमाएर मात्र १ सय ४२ रन बनाउन सक्यो ।
प्रदेश १ लागि लुभ कमातले सर्वाधिक २९ रनको पारी खेल्दा विवेक आनन्द मेहेताले २५, फिर्दोस अन्सारीले २२, मनिस थापाले १२, सोनु मण्डलले ११, सोनु अनसारीले १० तथा दीपक जोशीले अविजित ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् । प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा मधेशका रुपेश सिंह, प्रदीप पासवान, विशाल सुस्लिङ, मोहम्मद आदिल अलामले समान २÷२ विकेट लिए भने राजेश यादवले १ विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । मधेशका अनिल शाहले अर्धशतकीय पारी खेले । ८९ बलको सामना गरेका अनिलले पाँच चौका र १ छक्का प्रहार गरेका थिए । विवेक यादवले ३२ रन जोड्दा रुपेश सिंहले ३०, रोहन विकेले २८ र कप्तान हरिशंकर शाहले १५ रन जोडेका थिए । यस बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
मधेशको सबै विकेट लिने क्रममा प्रदेश १ का फिर्दोस अनसारीले सर्वाधिक ५ विकेट निकाले । ९.१ ओभर गरेका फिर्दोसले १ मेडन ओभर राख्दै ३४ रन खर्चिएका थिए । यस्तै सिद्धान्त लोहनीले ३ विकेट हात पार्दा श्रवण यादव र लुभ कामतले समान १÷१ विकेट लिए ।
प्रतियोतितामा शुक्रवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा हुने खेलमा कर्णाली र एपीएफ तथा मूलपानी मैदानमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुनेछ ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...