×

NMB BANK
NIC ASIA

पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने जसपाको प्रतिबद्धता

कात्तिक १९, २०७९

NTC
Premier Steels

आगामी पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने र बुहुआयामिक गरिबीको अनुपातलाई एकल अङ्कमा सीमित गर्नेलगायतका लक्ष्य राखेर जनता समाजवादी पार्टी नेपालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

Muktinath Bank

तुलनात्मक लाभ भएका क्षेत्रमा लगानी बढाउन राष्ट्रिय उद्योगीलाई प्रोत्साहन दिने, जल जमिन, जङ्गल, जडीबुटी र जनशक्तिको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो¥याउनका लागि विकासका पूर्वाधार तयार पार्ने सो पार्टीले आफ्नो आर्थिक विकाससम्बन्धी एजेण्डामा समावेश गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपाले विकास योजना तर्जुमा गर्दा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने, कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत बराबरको स्थिर पूँजीको विकास गर्ने, पाँच वर्ष निरन्तर दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्ने र प्रतिव्यक्ति आय पाँच हजार डलर पु¥याउने लक्ष्य प्रतिबद्धतापत्रमा राखिएको छ ।


Advertisment
Nabil box
Kumari

देशको प्राकृतिक तथा मानवीय स्रोत तथा साधनको अधिकतम उपयोग हुने गरी आर्थिक नीति तर्जुमा गरी समताको सिद्धान्तमा आधारित प्रगतिशील कर प्रणाली लागू गर्ने र विकासका बाधक रहेका आर्थिक ऐन, नियम संशोधन गर्ने लक्ष्य प्रतिबद्धतापत्रमा उल्लेख छ ।

Vianet communication

परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई आधुनिक एवं औद्योगिक अर्थतन्त्रमा प्रवद्र्धन गर्ने, कृषिको वैज्ञानिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने, कृषि फार्मको विकास गरी दुई वर्षमा कृषिमा आत्मनिर्भर हुने, वैज्ञानिक भूमिसुधार लागू गर्ने, एक गाउँ एक उत्पादनको नीति लागू गर्ने, कृषि बीमा अभियान सञ्चालन गर्ने, साना किसानलक्षित पशु बीमा अनुदानको व्यवस्था गर्ने सो दलको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

त्यस्तै आगामी दुई वर्षभित्र रासायनिक मल कारखाना खोल्ने, सहकारी खेतीलाई जोड दिने, निर्माणाधीन सिँचाइ आयोजना पूरा गर्ने र ठूला नदीमा पानी डाइभर्सन गरी सिँचाइ सुविधा उपलब्ध गराउने सो पार्टीले जनाएको छ । त्यस्तै आगामी पाँच वर्षभित्र सिँचाइका लागि आवश्यक पर्ने बिजुली निःशुल्क उपलब्ध गराइने छ ।

स्वदेशी लगानीलाई प्रोत्साहन तथा वैदेशिक लगानीलाई आकर्षण गर्ने नीति लिएको सो पार्टीले औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा दिने तथा श्रमबजार मिल्दो एकीकृत तालिम कार्यक्रम सञ्चालन गर्ने सो पार्टीको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

सो पार्टीले आगामी पाँच वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने, गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क बिजुली उपलब्ध गराउने तथा सरकारी तथा निजी क्षेत्रलाई परिचालन गरी ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । नदी प्रणालीमा आधारित उत्तर–दक्षिण लोकमार्गमा आधारित उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको सो पार्टीले पाँच वर्षभित्र ऊर्जामा आत्मनिर्भर हुने भनिएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x