×

NMB BANK
NIC ASIA

एपीएफ र राजारानी बेलबारी गोल्डकपको फाइनलमा

कात्तिक २२, २०७९

NTC
Premier Steels

सशस्त्र प्रहरी बलको एपीएफ क्लब र धनकुटाको राजारानी क्लब पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । 

Muktinath Bank

आज भएको खेलमा सहलेश युवा क्लब सिरहालाई ० का विरुद्ध १ गोल गर्दै राजारानी क्लबले फाइनलको यात्रा तय गरेको हो । यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोलान्तरले पाखा लगाउँदै एपीएफले फाइनलमा स्थान बनाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजारानीका लागि खेलको ७२औँ मिनेटमा सुनिल खड्काले गोल गरेका थिए । सोही गोल नै निर्णायक बन्यो । खड्काले उमेश कार्कीले निकालेको पासमा उत्कृष्ट गोल गरेका थिए । निशान लिम्बूको ठाउँमा मैदान प्रवेश गरेका खड्का र गोलरक्षक पुजन होनाले खेलमा उत्कृष्ट प्रदर्शन गरे ।


Advertisment
Nabil box
Kumari

खेलको ५३औँ मिनेटमा राजारानीले सुरुआती अग्रता लिने मौका गुमाएको थियो । सहलेशका गोलरक्षक विशाल सुनारले राजरानीका मार्टिनलाई लडाएपछि पाएको पेनाल्टीमा राजारानीका टेकराज बुढाथोकी चुकेका थिए । मार्टिनेको वान भर्सेस वान बललाई फल गर्न पुगेका सहलेशका गोलरक्षक सुनारले टेकराज बुढाथोकीको पेनाल्टी विफल पारिदिए ।

Vianet communication

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका होना म्यान अफ दी म्याच घोषित हुँदै रु पाँच हजार पुरस्कार र ट्रफी प्राप्त गरे । प्रतियोगिताको फाइनल बुधबार हुँदैछ । प्रतियोगिताको विजेता टोलीले रु आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

त्यस्तै प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई रु १५÷१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु ३५ हजार प्रदान गरिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x