×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

सुर्खेत– १ मा प्रतिष्ठाको लडाईं : शाही जीत दोहोर्‍याउने र खड्का नतिजा उल्ट्याउने प्रयासमा

कात्तिक २७, २०७९

NTC
Premier Steels

२०४८ सालको चुनावयता एउटा बाहेक सबै चुनाव आफ्नो पक्षमा पारेका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का फेरि संसद छिर्ने प्रयासमा छन् । २०७४ मा जोसँग पराजित भए, उनैसँग प्रतिस्पर्धामा उत्रिएका हुन्, खड्का ।

Muktinath Bank

सुर्खेत– १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेका खड्का अघिल्लो हारको बदला लिने योजनामा छन् । त्यसका लागि गठबन्धनको बल उनलाई अनुकूल बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खड्कासँग प्रतिस्पर्धा गर्न एमालेले ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ । 


Advertisment
Nabil box
Kumari

खड्का स्वच्छ छवि भएको ‘हेभीवेट’ उम्मेदवार भएका कारण पनि सजिलै जीत निकाल्ने विश्लेषण कांग्रेस सुर्खेत जिल्ला समिति सदस्य रहेका प्रचण्ड पोखरेलको छ ।

Vianet communication

‘अघिल्लोपटक निर्वाचित सांसदको काम, कांग्रेस उम्मेदवारले राष्ट्रिय राजनीतिमा निर्वाह गर्ने सक्ने भूमिका आदिलाई जनताले मूल्यांकन गरेका छन्’, उनी भन्छन्, ‘अघिल्लोपटक उहाँलाई मत नदिनेहरू अहिले पछुताएको अवस्था छ । यसपटक हाम्रा लागि धेरै अनुकूलता छ ।’

चुनाव जितेपछि राष्ट्रिय राजनीतिमा कुन भूमिका दाबी गर्ने भन्नेबारे खड्काले मुख खोलेका छैनन् । तर, उनका कार्यकर्ताले भने खड्का प्रधानमन्त्रीका दाबेदार भन्दै चुनावी प्रचार गरिरहेका छन् ।

खड्काले प्रधानमन्त्री बन्छु भनेर दाबी नगरे पनि अब मन्त्रीचाहिँ नबन्ने भनेर कार्यकर्ताको दाबीलाई अनौपचारिक पुष्टि भने गरेका छन् । 

यसअघि गृह, उद्योग तथा वाणिज्य, सूचना तथा सञ्चारसहित महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसकेकाले अब फेरि मन्त्री नबन्ने उनले चुनावी सभाहरूमा बताउने गरेका छन् ।

उनले घुमाउरो रूपमा प्रधानमन्त्रीको दाबी गरेको रूपमा यसलाई बुझ्नुपर्ने उनका कार्यकर्ताहरूको तर्क छ । 

खड्कासँग दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका नेकपा (एमाले)का ध्रुवकुमार शाही जिल्ला कमिटीका अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

अघिल्लोपटक वाम गठबन्धन (एमाले–माओवादी)को मतमा कांग्रेस उम्मेदवार खड्कालाई उनले ३ हजार २८२ मतले पराजित गरेका थिए । 

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले पाएको मत र गठबन्धनमा आबद्ध दलहरूले पाएको मतको अन्तर ठूलो छ । सुर्खेत क्षेत्र नम्बर– १ मा गठबन्धन ७ हजार ७९४ मतले एमालेभन्दा अगाडि छ । 

क्षेत्र नम्बर– १ मा पूर्वी सुर्खेतका ५ पालिकासहित वीरेन्द्रनगरका २ वडा पर्दछन् । स्थानीय निर्वाचनमा कांग्रेसले २ र एमालेले ३ पालिका जितेका छन् । वीरेन्द्रनगरका दुईमध्ये एक वडामा एमाले र अर्कोमा कांग्रेसले जितेको छ । 

एमाले उम्मेदवार शाही व्यक्ति ‘हेभीवेट’ हुँदैमा चुनाव नजितिने तर्क गर्छन् । ‘जनताले उहाँको धेरैपटक परीक्षण गरिसकेका छन्, विकास निर्माणका काम उहाँको पालामा भन्दा मेरै पालामा धेरै भएका छन्,’ शाही भन्छन् । 

२०५० सालबाट पार्टी राजनीतिमा आएका शाही २७ वर्षको उमेरमा २०५४ सालको स्थानीय निर्वाचनमा सहारे गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले सुर्खेतको राजनीतिमा एक पछि अर्को सफलता हात पार्दै आएका उनी अहिले पार्टीको प्रदेश कमिटीमा सचिवालय सदस्य छन् ।  

त्यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा गठबन्धनका तर्फबाट कंग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल, एमालेका ठम्मर विष्ट तथा प्रदेश २ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण जिसी र एमालेका डण्डीप्रसाद शर्माबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x