×

NIC ASIA

गठबन्धन रहिरहे तपाईंका छोराछोरीको भविष्य बर्बाद हुन्छ : केपी ओली

मंसिर १, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकारका लागि भोट भागेका छन् ।

Muktinath Bank

‘म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु,’ निर्वाचनको पूर्व सन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले भने, ‘यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईंले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ, त्यसैले सूर्य चिह्नमा मतदान गरौं ।’ अध्यक्ष ओलीले आफ्नो र आफ्नो सन्तानका लागि मत हाल्न आग्रह गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, ‘प्रिय मतदाता ! अब स्पष्ट निर्णय लिने समय आएको छ, किनकि मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निक्र्यौल गर्नेछ । शेरबहादुर देउवाको हातमा कि ? म केपी शर्मा ओलीको हातमा, त्यसैले भोट हाल्नुअघि २ भविष्यलाई सम्झनुहोला, पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंका आफ्ना छोराछोरीको भविष्यका भोट हाल्नुस् ।’


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओलीले आफू मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति भएको मतदातामार्फत् सन्देशमा भनेका छन् । ‘प्रिय मतदाता ! म झूटो बोल्दिनँ, सत्य छोड्दिनँ, तपाईंलाई थाहा छ म पटक–पटक मृत्युको मुखमा पुगेर व्यक्ति हुँ, अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ,’ सन्देशमा भनिएको छ, ‘जसको कुनै राष्ट्रिय उद्देश्य छैन यही गठबन्धन रहिरहे मुलुक बर्बाद हुन्छ, तपाईं र तपाईंका छोराछोरीको भविष्यसमेत बर्बाद हुन्छ, त्यसैले आज म यस सन्देशमार्फत् तपाईंसँग भोट माग्दैछु ।’

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x