×

NMB BANK
NIC ASIA

ढुक्क भएर मतदान गर्न सरकारको आह्वान

मंसिर ४, २०७९

NTC
Premier Steels

सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । 

Muktinath Bank

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा कुनै शङ्का नगर्न आग्रह गरे । त्यसमा एक लाख १५ हजार म्यादी प्रहरी मात्रै रहेका छन् ।  


Advertisment
Nabil box
Kumari

मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन घेरामा सुरक्षाकर्मी खटिएका छन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ ।

Vianet communication

'निर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको छ, चारै सुरक्षा निकाय आफ्नो जिम्मेवारीअनुसार खटिएका छन्', सिंहले शनिवार साँझ भने, 'ढुक्क भएर मतदान गर्ने अवस्था छ, सबै मतदातालाई आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अनुकूल समयमा आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आह्वान गर्दछु ।'

शान्तिसुरक्षा चुनौती नगन्य रहेको जानकारी दिँदै उनले केही ठाउँमा नक्कली वस्तु राखेर तर्साउने गतिविधि देखिए पनि त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षाकर्मी सक्षम रहेको पनि बताए । सुरक्षाकर्मीसमेत उच्च मनोबलका साथ परिचालित रहेका उनले जानकारी दिए । 

कतिपय क्षेत्रका भौगोलिक परिस्थिति र प्रतिकूल मौसमको अवस्थाका बीच अदम्य साहसका साथ खटिएर निर्वाचनको सुरक्षामा कुनै कमी हुन नदिएकामा सुरक्षाकर्मीलाई उनले धन्यवाद व्यक्त गरे । उनले धाँधलीरहित निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताए । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले मुलुकका ७७ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिसुरक्षा सामान्य रहेको जानकारी गराए । 

आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान हुँदैछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मताधिकार प्रयोग गर्दैछन् । कूल १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ ।

यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र रहेको र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्दै छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x