माघ १९, २०७९
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
काठमाडाैं | मंसिर ९, २०७९
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहँदा अहिले अनपेक्षित मतपरिणामहरू आइरहेका छन् ।
केही महिनाअगाडि गठित राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित मत पाउँदा ठूला दलहरूको अनुमान र हिसाबकिताब फेल खान पुगेको छ ।
रास्वपाका सभापति रवि लामिछाने आफैंले भारी मतान्तरसहित जीत दर्ता गरेका छन् ।
उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६५ मत मतको अन्तरले पराजित गरेका हुन् । यसक्रममा लामिछाने ४९ हजार २६१ मत ल्याए ।
कुनै क्षेत्रमा यति ठूलो मतान्तरसहित हारजीत हुँदा केही क्षेत्रमा झिनो मतान्तरले चुनावी नतिजा आएको छ ।
प्रतिनिधिसभा सदस्यका ९ उम्मेदवारले ५ सयभन्दा कम मतान्तरले निर्वाचन जितेका छन्, जसमध्ये नेकपा एमालेका ४ जना सांसद छन् ।
यो निर्वाचनमा अहिलेसम्म सबैभन्दा थोरै मतान्तरले विजयी हुने नेता हुन्, नेकपा एमालेका वसन्तकुमार नेम्वाङ । उनी ४७ मतको अन्तरले विजयी भएका हुन् ।
उनले पाँचथर निर्वाचन क्षेत्र नम्बर १ बाट ३२ हजार ११० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत ल्याएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ४७० मतान्तरले जितेका छन् । उनले ३२ हजार ९३८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार ४६८ मत ल्याएका छन् ।
यसैगरी, पर्सा क्षेत्र नम्बर ३ मा एमालेका राजकुमार गुप्ताले १ सय ५१ मतले जितेका छन् । उनले २४ हजार २६० मत ल्याउँदा उनको निकटतम् प्रस्पिर्धी कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले ४२ हजार ९०१ ल्याएका छन् ।
ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका योगेशकुमार भट्टराई १ सय ९० मतान्तरले जितेका छन् ।
उनले २१ हजार ९४३ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७५३ मत ल्याएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामकृष्ण यादवले नेकपा एमालेका उमाशंकर अरगरियालाई १५७ मतले हराएका छन् । यादवले २१ हजार ११२ मत ल्याउँदा अरगरियाले १९ हजार ९५५ मत ल्याएका हुन् ।
यसैगरी, मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३२९ मतले हराएका छन् ।
कांग्रेसका गुरुङले २ हजार ५७५ मत ल्याएका छन् भने एमालेका गुरुङले २ हजार २४७ मत ल्याएका छन् ।
दैलेख क्षेत्र नम्बर २ बाट १ सय ५२ मतले नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई हराएका छन् । शाहीले २० हजार १५७ मत ल्याउँदा पोखरेलले २० हजार ५ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग १ सय २५ मतले हारेका छन् । मिश्रले ७ हजार १८ मत ल्याउँदा कांग्रेसका सिंहले ७ हजार १४३ मत ल्याएका छन् ।
दाङ २ बाट माओवादी केन्द्रकी रेखा शर्माले नेकपा एमालेका शंकर पोख्रेललाई १९३ मतले हराएकी छन् । रेखाले २६ हजार ८८० मत ल्याउँदा पोखरेलले २६ हजार ६८७ मत ल्याएका छन् ।
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् । बिहीवार अपराह्न पार्टी स्थायी कमिटी बैठक सकेर केन्द्रीय कार्याल...
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्...
रेशम चौधरी संयोजकत्वको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रव...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...