×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

देशभरका चर्चित १७ ‘निर्वाचन क्षेत्र नम्बर–२’, जसले निकाल्यो अप्रत्याशित नतिजा

मंसिर ९, २०७९

NTC
Premier Steels

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धेरैजसो जिल्लामा २ नम्बर निर्वाचन क्षेत्र चर्चामा रह्यो । 

Muktinath Bank

कुनै निर्वाचन क्षेत्रमा हेवी–वेट उम्मेदवार हारेका, नयाँ उम्मेदवारले जितेका र नेक टु नेक प्रतिस्पर्धा भएका कारण देशभरका १७ वटा निर्वाचन क्षेत्र नम्बर–२ चर्चामा रहे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस पटकको चुनावमा सबैभन्दा धेरै चर्चामा रहेकोमध्ये चितवन–२ पनि हो । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनाव जितेका छन् । 


Advertisment
Nabil box
Kumari

५ महिनाअगाडि मात्रै गठन भएको रास्वपाले अप्रत्याशित मत ल्यायो । चितवन–२ मा लामिछानेसँग राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भए ।  

Vianet communication

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन–३ छोडेर चुनाव लड्न गोरखा–२ गए । प्रचण्डले रोजेको नयाँ निर्वाचन क्षेत्र गोरखा–२ पनि चुनावभर सर्वाधिक चर्चामा रह्यो । चितवनमा चुनाव हारिने डरले प्रचण्ड गोरखा सरेको टिप्पणी भयो । कतिपयलेले भने सहजै जीत निकाल्नको लागि गोरखा–२ रोजेको टिप्पणी पनि गरे । जेसुकै भए पनि प्रचण्डले गोरखा–२ बाट सहजै जीत निकाले । 

गोरखा–२ मा प्रचण्डले रास्वपाका उम्मेदवार कवीन्द्र बुर्लाकोटीलाई  १३ हजार ४७० मतान्तरले पराजित गरे ।

सत्ता गठबन्धनको उम्मेदवारी खारेजीमा परेपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले चुनाव लडेको निर्वाचन क्षेत्र रूपन्देही–२ पनि सर्वाधिक चर्चामा रह्यो । रूपन्देही–२ मा दुई जना बलिया उम्मेदवारको उम्मेदवारी रद्द भएको थियो । दुवै उम्मेदवार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । यसले पनि उक्त निर्वाचन क्षेत्रलाई चर्चामा ल्यायो । 

निर्वाचन अघिभन्दा मतगणनाको क्रममा रूपन्देही–२ बढी चर्चामा आयो । एमाले उपाध्यक्ष विष्णु पौडेललाई रास्वपाका उम्मेदवार गणेश पौडेलले टक्कर दिएपछि रूपन्देही–२ चर्चामा रह्यो । उक्त निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । 

त्यसैगरी, अर्को चर्तित निर्वाचन क्षेत्र हो काठमाडौं–२ । उक्त निर्वाचन क्षेत्रबाट रास्वपाकी उम्मेदवार सोविता गौतमले अप्रत्याशित जीत निकालेकी छिन् । 

काठमाडौं–२ मा पूव सभामुखसमेत रहेकी सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा रहेर पराजित भइन् । एमाले दोस्रो र राप्रपा तेस्रो स्थानमा रहे । 

काभ्रे–२ यस पटकको चुनावमा चर्चैर्चामा रह्यो । एमालेका नेता गोकुल बाँस्कोटा र कांग्रेसका नेता शिवप्रसाद हुँमागाई काभ्रेपलाञ्चोक–२ बाट उम्मेदवार थिए । हुँमागाईलाई बाँस्कोटाले फराकिलो मतान्तरले पराजित गरेका छन् । 

सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली खाने नेता गोकुल बाँस्कोटा उम्मेदवार रहेकै कारण काभ्रे–२ चुनावभरी चर्चामा रह्यो । 

एमालेका महासचिव शंकर पोखरेल पराजित भएको दाङ–२ पनि यस पटकको निर्वाचनमा सर्वाधिक चर्चामा रह्यो । पोखरेलसँग नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मा प्रतिस्पर्धा थिइन् । शर्माले पोखरेललाई १९३ मतको झिनो अन्तरले पराजित गरिन् । त्यसपछि दाङ–२ सर्वाधिक चर्चामा रह्यो । 

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पराजित भएको सप्तरी–२ अर्को चर्चित निर्वाचन क्षेत्र हो । विखण्डनको एजेण्डाबाट मधेशमा स्थापित भएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले यादवलाई चुनावमा पराजित गरेका छन् । 

मतगणनाको सुरूआतदेखि नै राउत अगाडि लागेपछि सप्तरी–२ थप चर्चामा आएको थियो । राउतले यादवलाई १८ हजार ६३ मतको फराकिलो मतान्तरले पराजित गरेपछि सप्तरी–२ ले चर्चा कमायो । 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेस इलाम जिल्ला अध्यक्ष डम्बरबहादुर खड्काबीचको प्रतिस्पर्धाले इलाम क्षेत्र नम्बर–२ चर्चामा रह्यो ।

इलाम–२ मा मतगणनाको क्रममा एकले अर्कोलाई पछि पार्ने क्रम चलिरह्यो । नेम्वाङले जित्ने वा हार्ने आंकलन पनि इलाम–२ सर्वाधिक चर्चामा रह्यो । 

रास्वपाका उम्मेदवारले शुरूआती मतपरिणमा कडा टक्कर दिएका कारण कास्की निर्वाचन क्षेत्र नम्बर–२ पनि चर्चामा रह्यो । स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नि विद्या भट्टराई उम्मेदवार रहेको यो क्षेत्र शुरूदेखि नै चर्चामा थियो । यद्यपी भट्टराइले ४ हजारभन्दा बढी मतान्तरले चुनाव जितेकी छन् ।

चुनावी चर्चा कमाएको अर्को क्षेत्र हो मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ । नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाको ३१ वर्ष लामो विरासतलाई पल्टाएर एमालेका युवा नेता महेशकुमार बर्तौलाले बाजी मारे पछि मकवानपुर–२ चर्चामा आएको हो । खतिवडाले यसअघि एमालेबाटै निरन्तर चुनाव जित्दै आएका थिए । 

एमालेका युवा नेता ठाकुर गैरेले चुनाव प्रतिस्पर्धा गरेको पाल्पा– २ पनि चुनावमा चर्चित रह्यो । आफ्नै अग्रज नेता सोमप्रसाद पाण्डेसँग गैरेले चुनााव प्रतिस्पर्धा गरेका थिए । यसअघि एमालेबाट पाण्डले पाल्पा–२ बाट चुनाव जित्दै आएका भए पनि पार्टी विभाजित भएपछि पाण्डे एकीकृत समाजवादीबाट उम्मेदवार भएका थिए । पाल्पा–२ बाट गैरेले चुनाव जितेका छन् । 

एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले चुनावी प्रतिस्पर्धा गरेको निर्वाचन क्षेत्र गुल्मी– २ पनि चुनावभर चर्चामा रह्यो । गोकर्ण र रामकुमारीबीच गुल्मी–२ मा नेक टू नेक प्रतिस्पर्धा रह्यो । अन्ततः विष्टले रामकुमारीलाई करिब २ हजारको मतान्तरले पराजित गरे । 

लोकतान्त्रिक समाजवादी (लोसपा)का नेता राजेन्द्र महतो र माओवादीको समर्थनमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्रराय यादवले चुनावी प्रतिस्पर्धा गरेको सर्लाही–२ पनि निर्वाचनभर चर्चामा रह्यो । 

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज पाण्डेलाई साढे १५ हजार मातन्तरले पछि पार्दै विजयी भएको नवलपरासी पश्चिम–२ पनि निर्वाचन परिणामका कारणले चर्चा रह्यो । 

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराल उम्मेदवार रहेको मोरङ क्षेत्र नम्बर–२ ले पनि चुनावी चर्चा कमाएको छ । चुनाव जित्दै आएका एमालेका ऋषिकेश पोखेरल र सुजातामा कसले बाजी मार्ने भन्ने विषयले उक्त निर्वाचन क्षेत्रलाई चर्चामा ल्यायो । 

नेकपा एमालेकी सचिव पद्माकुमारी अर्याल र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच प्रतिस्पर्धा भइरहेको स्याङजा–२ सर्वाधिक चर्चामा छ । उक्त निर्वाचन क्षेत्रमा उम्मेदवारले धाँधली भएकोले केही मतदान केन्द्रमा पुनः मतगणना गर्नुपर्ने माग एमालेले गरेपछि मतगणना नै शुरू हुन सकेको छैन् । मतगणना गर्न माग गर्दै कांग्रेस उपसभापति एवं उम्मेदवार गुरूङको नेतृत्वमा धर्ना र प्रदर्शन भइरहेको छ ।

उदयपुरको क्षेत्र नम्बर–२ ले पनि अप्रत्याशित नतिजा निकालेर चर्चामा रह्यो । सत्ता गठबन्धनको साथ पाएका नेकपा एकीकृत समाजावादीका उपमहासचिव एव प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई पराजित गरेर एमालेका युवा नेता अम्बरबहादुर रायमाझी निर्वाचित भए । 

एमालेको प्रदेश कमिटीको सचिवालय सदस्यको भूमिकामा रहेका रायमाझीले केन्द्रीयस्तरमा स्थापित नेता खतिवडालाई पराजित गरेपछि उदयपुर–२ चर्चामा रह्यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x