×

NMB BANK
NIC ASIA

यस्तो छ महन्थ ठाकुरको संसदीय यात्रा

मंसिर ९, २०७९

NTC
Premier Steels

तराई–मधेसलाई केन्द्रमा राखेर राजनीति गरिरहेका  शीर्ष नेताहरूमध्येका महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसमेत रहेका ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट विजयी भएका हुन् । 

Muktinath Bank

महोत्तरी पिपरा गाउँपालिका एकरहियामा विसं १९९९ जेठ १३ गते जन्मिएका ठाकुर संसदीय राजनीतिको अनुभवी राजनीतिज्ञका रुपमा परिचित छन् । अघिल्लो पटकको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यसमेत रहेका उनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०१६ मा नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय ठाकुर तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय हुँदै केन्द्रीय कार्यसमितिसम्म पुगे । तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीको स्थापना गरे। विसं २०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन गरेका उनी हाल लोसपाको अध्यक्ष छन् । 


Advertisment
Nabil box
Kumari

विसं २०४८ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका ठाकुर मध्यावधि निर्वाचनमा सर्लाहीबाट निर्वाचित भएका थिए । विसं २०६४ संविधानसभा सदस्य मनोनीत सदस्य भई ठाकुरले संविधान निर्माणमा भूमिका निर्वाह गरेका थिए। सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचनमा २०७४ मा महोत्तरी ३ बाट निर्वाचित  भएका थिए । उनले संसद्को अर्थसमितिको सदस्य भएर काम गरेका थिए ।

Vianet communication

प्रतिनिधिसभा उपसभामुखको विशेष जिम्मेवारी बहन गरेका ठाकुर अन्तरिमसरकार २०६३ मा वातावरण तथा विज्ञान प्रविधिमन्त्री बनेका थिए। राजनीतिअघि शिक्षण र वकालत पेसामा आबद्ध ठाकुर तराईका पुराना त्यागी र सादगी नेताका रुपमा परिचित छन्।

राजनीतिक आन्दोलनका क्रममा प्रहरी हिरासत, बन्दी तथा जेलजीवन निर्वासनका क्रममा पनि जेलजीवन बिताएका थिए आफूलाई निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरका रुपमा परिचित गराउन चाहने सांसद ठाकुर विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x