कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ ।
मधेस केन्द्रित राजनीति गर्दै आएका महिन्द्रराय यादव र राजेन्द्र महतोको हकमा पनि त्यस्तै भएको छ । प्रतिनिधिसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा तराई मधेसमा यी दुई नेता एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीका रुपमा खडा भएका थिए ।
सद्भावना पार्टीबाट राजनीति सुरु गरेका महतो र कम्युनिष्ट पार्टीबाट अगाडि बढेका यादव कुनै समय एउटै पार्टीमा आबद्ध थिए । घटनाक्रमले उनीहरुलाई एकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपर्ने अवस्था सिर्जना गरिदियो । त्यसमा यसपटक यादवले आफूलाई श्रेष्ठ सावित गरेर जित निकाले। तत्कालीन राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका छ सदस्यमध्ये उनीहरु दुवै थिए । प्रकारान्तरणले सो पार्टी विभक्त भयो । जनता समाजवादी पार्टीका रुपमा नेपाली राजनीतिमा अगाडि बढिरहँदा यादवले डा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई साथ दिए । महतो भने तराई मधेसका अर्का नेता महन्थ ठाकुरसँगै रहे ।
पछिल्लो पटक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा विवाद सुरु भएपछि महिन्द्रले डा भट्टराईसँगै रहने निर्णय गरे। यस पटकको निर्वाचनमा डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि नेकपा(माओवादी केन्द्र)को निर्वाचन चिह्न हसिया हथौंडालाई नै रोज्यो ।
सत्तागठबन्धमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी थियो । त्यस पार्टीका नेता थिए महतो । यता यादव पनि नेपाल समाजवादी पार्टीका तर्फबाट भएपनि वाम–लाकतान्त्रिक गठबन्धनमा आबद्ध भए । जनतामा मत माग्न जाँदा प्राप्त हुने नजितालाई स्वीकार गर्नुको विकल्प छैन । यस्तै भयो महतो र यादवका हकमा पनि ।
हसिया हथौडा चिह्नमा सर्लाही क्षेत्र नं २ बाट उम्मेदवार रहेका यादवले २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी हासिल गरे । नेता महतोले २१ हजार पाँच सय १८ प्राप्त गरे । यसअघि विसं २०७४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि यादव सर्लाही क्षेत्र नं २ बाटै विजयी भएका थिए।
यादव २०५१ को निर्वाचन र २०५६ मा नेकपा(एमाले)बाट सर्लाहीबाटै निर्वाचित भएका थिए । विसं २०६४ को संविधानसभा सदस्यमा यादव सर्लाहीबाट निर्वाचित भएका थिए। दोस्रो संविधानसभामा पनि उनी सर्लाही क्षेत्र नं ४ बाट विजयी भएका थिए ।
उनले विसं २०५४ मा राज्यमन्त्री, २०६४ सालमा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । कृषि र अर्थतन्त्रमा विशेष रुची रहेको यादव राजनीतिक आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र थुनामा परेका छन् । वसन्तपुर सर्लाही स्थायी ठेगाना रहेको उनले पिछडिएको समदाय र अल्पसङ्ख्यकको अधिकारका लागि लडिरहने नेताका रुपमा आफूलाई परिचित गराएका छन् । उनले राज्यका तर्फबाट संविधानसभा पदक प्राप्त गरेका छन् । रासस
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...