×

NMB BANK
NIC ASIA

निर्वाचनमा चलचित्रकर्मी : प्रत्यक्षमा न्यून उपस्थिति, समानुपातिकमा के होला ?

मंसिर ११, २०७९

NTC
Premier Steels

यही मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको संख्या उच्च थियो ।

Muktinath Bank

यद्यपि, सफलता पाउनेको संख्या निकै कम छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा फिल्मकर्मी सांसद बन्ने सम्भावना बढेको छ । राष्ट्रिय सभा सदस्य रहिसकेकी गायिका कोमल वलीले नेकपा (एमाले)बाट दाङको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी थिइन् । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पराजित गरे । गायिका वलीले २९ हजार ९२ मत प्राप्त गर्दा निर्वाचित गिरीले ३६ हजार नौ सय ११ मत प्राप्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मोरङ क्षेत्र नं ३ मा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा १० हजार नौ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भए । सो क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा निर्वाचित भए । 


Advertisment
Nabil box
Kumari

काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले १७३ मत मात्र प्राप्त गरे । उनले आफूले प्राप्त गरेको मतको सम्मान गर्दै सक्रियता बढाउने बताए । ‘उम्मेदवारी दण्डहिनताका विरुद्ध थियो । सामाजिक व्यवस्थापनका लागि आवाज सधँै उठाइरहनेछु’, निर्देशक पण्डितले भने । 

Vianet communication

काठमाडौं क्षेत्र नं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले ५७७ मत मात्र प्राप्त गरे । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भए । काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश (२) मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) तर्फ उम्मेदवारी दिएका फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले ६७ मत प्राप्त गरे । 

‘यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिनुभएका फिल्मकर्मीले केही न केही सिक्नुभएको छ, चुनावी मैदानको सिकाइले आउँदो समयमा यसक्षेत्रमा विकास गर्न र एकताबद्ध हुन् मद्दत गर्नेछ’, वितरक श्रेष्ठले भने । सो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछाने निर्वाचित भए । 

यस्तै कमेडियन हिमेश पन्त, टेलिभिजन शंखृला ‘सक्किगो नि’मा ‘सिते बा’ को भूमिकाबाट परिचित मधुसुधन पाठक, कलाकार सम्राट सापकोटा, कलाकार राज तिमल्सेनाले निर्वाचनमा हार बेहोर्नुप¥यो । 

प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यतर्फ धादिङको क्षेत्र नं १ को (१) बाट उम्मेदवारी दिएका निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ र प्यूठान–१ को (२) बाट प्रदेश सभा सदस्यतर्फ उम्मेदवारी दिएका फिल्म निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) निर्वाचित भए । निर्माता श्रेष्ठले १७ हजार आठ सय ३२ र निर्माता राणा २२ हजार पाँच सय १९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । 

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृति संघबाट राजनीतिमा समेत सक्रिय रहेका ‘जोगिन्दर’ को उपनामले परिचित हास्यकलाकार शिवशंकर रिजाल आउँदो निर्वाचनमा कलाकर्मी चुनावी मैदानमा बढ्ने देखिन्छ । ‘कलाकारलाई प्रचारप्रसारका लागि मात्र नभई जनताको सेवा गर्न योग्य ठान्ने दलहरूले अझैँ संख्या बढाउनु जरुरी छ, हामी सेवा गर्न सक्षम छौँ’, हास्यकलाकार रिजालले भने । 

समानुपातिक सूचीमा चलचित्रकर्मी

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष झैँ समानुपातिकमा समेत फिल्मकर्मी छन् । सिरहाबाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालसँगै बलिउडमा समेत अभिनयका प्रसिद्ध अभिनेता तथा गायक एवं संगीतकार मुरलीधर (मुरली मिझार) उम्मेदवार छन् । मोरङबाट फिल्म निर्माता, निर्देशक, प्रदर्शक तथा वितरक उद्धव पौडेल राप्रपाबाटै प्रतिनिधि सभातर्फको समानुपातिक उम्मेदवार छन् । यही पार्टीबाट फिल्म निर्माता तथा प्रदर्शक प्रदीपकुमार उदय लुम्बिनी प्रदेश सभाको समानुपातिक उम्मेदवार हुन् । राप्रपाको लुम्बिनी अध्यक्षसमेत रहेका उदय केही वर्षयता फिल्मभन्दा पनि राजनीतिमा सक्रिय छन् । 

कालोपोथी निर्देशन गरेर चर्चा कमाएका फिल्म निर्देशक मीनबहादुर भाम नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार हुन् । उनको नाम मुगुबाट खसआर्य तर्फ राखिएको छ । फिल्म निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्लिम खुलातर्फको समानुपातिक उम्मेदवार छन् । नेपाल जनता दलको वरिष्ठ उपाध्यक्षसमेत रहेका फिल्म निर्माता रघु परियार समानुपातिकतर्फ उम्मेदवार हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x