
प्रतिनिधि सभातर्फ सुनसरी १ मा नेकपा एमालेकी भगवती चौधरीले करिब ५ हजारको मतान्तर कायम गरेकी छन् । मत गणनाको शुरूवातदेखि नै अग्रता लिइरहेकी चौधरीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पछाडि पारेकी हुन् ।
जारी मत गणनाको पछिल्लो परिणामअनुसार चौधरीले ३१ हजार १४५ मत पाएकी छन् । गच्छदारले २६ हजार ५८८ मत पाएका छन् । चौधरीले ४ हजार ५५७ मतले अग्रता कायम गरेकी हुन् ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २० मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलदीप चौधरीले १ हजार ६४१ मत पाएका छन् ।