×

NMB BANK
NIC ASIA

दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार आवश्यक : निजी क्षेत्र

मंसिर १६, २०७९

NTC
Premier Steels

दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार अहिलेको आवश्यक्ता भएको निजी क्षेत्रले बताएको छ । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रसँग सहकार्य गर्ने नेतृत्व सरकारमा आउँछ कि आउँदैन भन्ने चिन्ता भएको उनीहरूको भनाइ छ । 

Muktinath Bank

निजी क्षेत्रले मुलुकमा बलियो स्थिर सरकार नभएको कारण आर्थिक समृद्धिमा मुलुक पछाडि परेको दाबी गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले सबै नेपालीहरुको आर्थिक समृद्धि चाहेको भन्दै मुलुकमा समृद्धि ल्याउनसक्ने नेतृत्व सरकारमा आउनुपर्ने धारणा राखे । उनले अहिलेसम्म सबै राजनीतिक दलहरुले आर्थिक एजेण्डा बोके पनि लोकप्रियता कमाउनको लागि मात्रै भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष गोल्छाले अब बन्ने सरकारले राजनीतिक एजेण्डा भन्दा पनि आर्थिक एजेण्डा विशेष गरेर वर्तमान अर्थतन्त्र संकटमा सुधार गरी दिगो आर्थिक विकास गर्नसक्ने सरकार बन्नुपर्ने बताए । उनले संकट रहेको अर्थतन्त्रलाई सवल बनाउनसक्ने नेतृत्वमा सरकार बन्ने विश्वास निजी क्षेत्रको रहेको बताए । उनले मुलुकमा आर्थिक समृद्धि ल्याउनको लागि निजी क्षेत्रसँग सहकार्य गर्ने नेतृत्व सरकार बन्ने विश्वास लिएको बताए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजनतिक एजेण्डालाई भन्दा पनि आर्थिक एजेण्डा प्राथमिकता दिने नेतृत्व सरकारमा आउनुपर्ने बताए । उनले चुनावको परिणामले एउटा पार्टीको सरकार बन्नसक्ने अवस्था नदेखिएकाले मिलिजुली सरकार भए पनि आर्थिक स्थायित्व दिनसक्ने नेतृत्वको सरकार बन्नुपर्ने बताए । उनले राजनीतिक पार्टीका फरकफरक धारणा भए पनि आर्थिक एजेण्डामा सबै दलका नेताहरुको एउटै धारणा भएको सरकार आउनु आवश्यक रहेको बताए । 
त्यस्तै, उद्योगी तथा गोल्यान गु्रपका अध्यक्ष पवन गोल्यानले दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यक रहेको बताए । उनले अब बन्ने सरकार राजनीतिक भागबण्डा र राजनीतिलाई छाडेर देश बनाउने ऐजेण्डामा केन्द्रित बन्नुपर्ने बताए । 

Vianet communication

अध्यक्ष गोल्यानले पाँच वर्षमा देशको बाटो सुहाउँदो र आर्थिक विकासमा सहज हुने नीति बनाउनसक्ने नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले नेपालका राजनीतिक दलहरुले सोचमा परिर्वतन गर्न आवश्यक भएको बताए । उनले आफू र आफ्नो पार्टीको लागि नभएर देशको लागि सोच्ने नेतृत्वले मात्रै अर्थतन्त्रमा परिर्वतन ल्याउने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x